एक किलो अवैध सुनसहित एक पक्राउ

बारा, २० माघ : बाराको सिमराबाट प्रहरीले एक किलो अवैध सुन सहित एक जनालाइ पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्साको बैरीयाविर्ता गाविस वडा नम्बर १ जगतपुरका ३५ वर्षिय जितेन्द्र साह सोनार छन् । इलाका प्रहरी कार्यालय सिमराबाट प्रहरी निरिक्षक जयराम कुँइकेलको नेतृत्वमा खटिएको प्रहरीको टोलीले आइतबार काठमाण्डौबाट वीरगन्जतर्फ आउँदै गरेको  ना १ ज ३४७० नम्बरको टाटासुमोमा सवार सोनारलाई सीमराबाट अवैध सुन सहित पक्रेको हो । सोनारले जुत्ताभित्र सुन लुकाएर राखेका बाराका प्रहरी उपरिक्षक ईश्वरबाबु कार्कीले बताए । 

SHARE THIS

Author:

Facebook Comment