
पर्सा जिल्ला अदालतसमक्ष सोमबार उपस्थित गराइएका कलवारलाई थुनछेकको बहसपछि न्यायाधीश भोला चौलागाइको आदेशमा पुर्पक्षका लागी थुनामा पठाइएको हो ।
वीरगन्जको श्रीपुर टोलमा एक महिलालाई आश्रय दिंदै उनीमार्फत् यौन व्यवसाय सञ्चालन गराएको गम्भीर अभियोगसहित कलवार र एक महिलासहित दुईजनाविरुद्ध प्रहरीले सरकारी वकीलमार्फत् अदालतमा मुद्दा दायर गरेको थियो । मानव बेचबिखन तथा जबरजस्ती करणी ऐन अन्तर्गत वेश्यागमन र जबरजस्ती करणी गरेको अभियोगमा कलवार र उमरावती देवी मिश्रविरुद्ध मुद्दा दायर गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरिक्षक बासुदेव खतिवडाले बताए ।