–अविचल
बीरगंज /नेकपा–माओवादीलाई चार दलले दमन गरेर भएपनि नयाँ
चुनाव गराउन आफनो बल प्रयोग गर्दै आइरहेका छन् । चार दलका शीर्ष नेताहरुले नेपाली
सेना परिचालन गरेर भएपनि मंसिर ४ गते चुनाव गराउने आफनो हठ त्याग्न नसकेकाले नै
नेकपा–माओवादीले चार दलको
निर्णयको विरोध जस्तो सुकै पनि हिंसात्मक आन्दोलन गर्ने भएका छन् । सरकारले
तोकिएको मितीमा चुनाव गराउने आफनो अडान कायम राखेकोले नै माओवादीले देशभरि नै आफनो
हिंसात्मक गतिविधी निकै बढाएर लग्न सफल भएका ेछ । उनीहरुले एमाले ,काग्रेस र
एमाओवादीको कार्यक्रममा समेत ग्रेनेट बम प्रहार गरेका छन । काग्रेस,एमाले र एमाओवादीको
गाडीमा आगो लगाउन सफल भएका छन । सरकारले सेना परिचालन गरेर भएपनि पनि
बहिष्कारवादीहरुलाई रोकथाम गर्ने बताएता पनि अहिले सम्म बहिष्कारवादीहरुले आफनो
शक्ति देखाउन सफल भएकाले सरकारले जतिसुकै प्रयास गरेता पनि बहिष्कारवादीहरुको हिंसालाई
नियन्त्रण गर्न सक्छ भनेर विश्वास गर्नै कुनै पनि आधार नै रहेको छैन । नेकपा
माओवादी लगायत ३३ दलले आफनो माग पुरा न भएसम्म
नयाँ चुनावको कुनै औचित्य नै रहेको
छैन भनेर बताउदै आइरहेको अवस्थामा चार दल र सरकारले नयाँ चुनाव गराउन सफल भएता पनि
यसले कुनै पनि समस्याको समाधान समाधान निकाल्न सक्दैन ।
सरकारले सुरक्षा निकायहरुलाई परिचालन
गरेर मंसिर चार गते चुनाव गराउन सफल भएता पनि बहिष्कारवादीहरुले चुनाव सम्पन्न
भएपछि पनि आफनो विरोधको कार्यक्रम संचालन गर्दै आइरहने छन । चार दलले नेकपा
माओवादीले चुनावलाई कुनै पनि असर पार्न सक्दैन भनेर जुन प्रकारको सोच बनाएर चुनाव
गराउन थालेका छन । चार दल ले अहिल्े बहिष्कारवादीको शक्तिलाई मुल्याङकन गर्नु
सक्नु पर्छ । नेकपा माओवादीले अहिले आफनो हिंसालाई तिव्रगतिमा लिएर गएको छ ।
उनीहरुले आमसभा र सभासदको गाडीमा बम प्रहार गर्न पछि परेका छैन । सरकारले हिंसालाई
रोक्न सकेन भने चुनाव गराएर पनि कहिले पनि शान्ति स्थापना गर्न सक्दैन ।
बहिष्कारवादीहरुले मंसिर चार गते सम्म कति बम विस्फोट गराउने हो । यसको अनुमान
कसैले पनि गर्न सकेका छैन । चार दलले नेकपा माओवादीलाई चुनाव विरोधी दलको रुपमा
लिएता पनि उनीहरुको शक्तिको आकडा लगाउन सकेका छैन । देशको कुनै पनि जिल्लामा बम
विस्फोट र आगजनी न भएको ठाउँ छैन । यस्तो परिस्थितीमा चुनाव गराएर चार दलले कुनै
पनि समस्याको समाधान निकाल्न सक्दैन । दोस्रो संविधानसभाको चुनाव नयाँ संविधान
बनाउनको लागि हुन गइरहेको छ । चार दलले नेकपा –माओवादी सहित ३३
दलहरुलाई संविधानसभाबाट टाटा राखेर नयाँ संविधान बनाएर नेपाली जनताहरुलाई दिन
सक्छु भनेर सोचन पुग्छन भने । यो चार दलको लागि ठुलो घातक नै हुन सक्छ । उनीहरुले
चुनाव पछि पनि आफनो कार्यक्रम गरिरहने छन । यसलाई नियन्त्रण गर्न चुनावमा विजय भएर
गएका दलहरुले कहिले पनि रोकन सक्दैन ।
चार दलले नेकपा माओवादीलाई टाडा राखेर जुन प्रकारको
राजनीतिक गल्ती गर्न पुगेका छन । यसले नेपालमा झनै द्वन्द्व निम्त्याउन खोजेका छन
।चुनाव भएपछि पनि नेकपा माओवादीले यसरी नै बम विस्फोट र आगजनीको घटनाहरु गर्न
थालेमा यसको जिम्मेवारी कसले लिने होला ?नेकपा माओवादीले जनयुद्धमा दलको आमसभामा यस्तो
प्रकारको आक्रमण कहिले पनि गरेका थिएन । न त उनीहरुले उम्मेदवारहरुको गाडीमा बम
प्रहार गरेर आगजनीको घटनाहरु र्नै गरेका थिए ।तर अहिले आएर बहिष्कारवादीहरुले
एमालेका अध्यक्ष झलनाथ खनालको इलाम साँझजुङ ४ स्थित पुख्यौली घरमा राती आगजनी
गरेको छ । एमाओवादीको उम्मेदवारहरुमाथि पेट्रोल बम प्रहार गरेका छन । काग्रेसका
पुर्व मन्त्री अर्जुन नर सिंहको पेजेरो गाडीमा पेट्रोल बम प्रहार गरि ध्वस्त
पारेका छन । एमाओवादीको उम्मदेवारलाई अपहरणगरि आफनो उम्मेदवारी फिर्ता लिने सर्तमा
मुक्त गरेका छन ।सरकारले नेकपा माओवादी कार्यकर्तालाई नियन्त्रण गर्न प्रयास गरेता
पनि सफल हुने अवस्था रहेको छैन । चार दल र सरकारले नेकपा माअोवादीलाई चुनाव बाहिर
राखेर मंसिर चार गते चुनाव गराउने निती लिएको नै कतै मुलुकलाई द्वन्द्वमा नै लग्न खोजेका
हुन कि भन्ने घटनाक्रमले देखाउन थालेका छन । जब सम्म नेकपा माओवादीले राखेको
मागलाई चार दलले पुरा गर्न सक्दैन । तब सम्म चुनाव सम्पन्न भइसकेपछि पनि हिंसा
चाहि कम हुनेछैन । नेकपा माओवादीले गाडीमा यति ठुलो आक्रमण गरि आगजनी गर्न सक्छ
भनेर चार दल र सरकारले पनि सोच्न सकेका थिएन । बहिष्कारवादीले दिनहु जसो दलका नेता
र कार्यकर्ताहरुमाथि आक्रमण गर्न सफल हुदै आइरहेका छन । नेकपा माओवादीका
कार्यकर्ताहरुलाई प्रहरीले पक्राउ गर्न सफल भएता पनि उनीहरुले हिंसात्मक आक्रमण
गर्न पछि परेका छैन । यस्तो अवस्थामा सरकारले चुनाव गराउन सफल भएता पनि समस्याको
समाधान निस्कन सक्दैन । नेकपा माओवादीलाई वार्तामा बोलाएर उनीहरुले. राखेको मागलाई
सम्बोधन गर्न सकेमात्रै समस्याको समाधान निस्कन सक्छ । नत्र भने चुनाव सम्पन्न
भइसकेपछि हिंसात्मक आन्दोलन चाहि समाप्त हुने छैन । बहिष्कारवादीहरुको हिंसात्मक
आन्दोलनले आउदो दिन अझै बढी हिसात्मक हुने संकेत गरिरहेका छन । २०७० कार्तिक २६
गते प्रकाशित यस आलेखमा प्राविधिक कारणबस केही व्याकरणीय त्रुटि हुन गएकोमा
सच्याएर पढिदिनुभएकोमा हार्दिक धन्यवाद)