गाई छापमा मत दिई राष्ट्र बचाउ–उपाध्यक्ष पराजुली


बीरगंज /दोस्रो संविधानसभाको चुनाव पछि संविधानीक राजतन्त्र र हिन्दु राष्ट्र कायम गर्नको लागि आफनो चुनावी अभियानमा लागेका छन । नेपाली जनताहरुलाई गणतन्त्रवादीहरुले धोखामा पारेर राजसंस्था र हिन्दु धर्म समाप्त पारेकाले नै राप्रपा नेपालले आफनो विजय प्राप्ती गरेपछि राजसंस्था र हिन्दु धर्म कायम गरि छाडने आफनो अडानका साथ लागि परिरहेका छन । दलहरुले जुन प्रकारको राजनीतिक गर्न सफल भएका छन । त्यसले नेपाल र नेपालीहरुको अस्तित्व समाप्त हुने भएकाले आम जनताहरुलाई आफनो बुद्धि विवेक प्रयोग गरि गाई छापमा मत दिन राप्रपा नेपालका उपाध्यक्ष एवं पर्सा क्षेत्र नं २ का प्रत्यक्ष उम्मदेवार राज पराजुलीले बताउनु भयो । होटल सम्झनामा अन्तरक्रिया कार्यक्रममा बोल्दै पहिलो संविधानसभाको विजेता र ठुला दलहरुले आफनो अभष्टि पुरा गर्न जनता विरोधी निर्णय गरेर मुलुकलाई बर्बाद बनाउन खोजेकाले संविधान बन्न नसकेको हुँदा फेरि पनि उनीहरुको भुलभुलैयामा लागेर जाने हो भने देश रहन कठीन पर्नै हुँदा हिन्दु धर्म फिर्ता ल्याउन र देश बचाउन पशुपतिनाथले हामीलाई सुध्रिने मौका स्वरुप दोस्रो संविधानसभाको मौका दिएको छ । उहाँले मुलुक निरंकुश गणतन्त्र र संवैधानिक राजसंस्था सहित हिन्दु धर्म साक्षेप सहितको प्रजातन्त्रको संघर्ष भएकोले राप्रपा नेपालको गाई
छापमा मतदान गरि राष्ट्रलाई बचाउन र हिन्दु धर्म फर्काउन अनुरोध गरे ।
गणतन्त्रवादी दलहरुको विचमा राप्रपा नेपालले विगत ७ वर्ष देखि राजसंस्था र हिन्दु धर्मको पक्षमा लडदै आइरहेका छन । गण्(ातन्त्रवादीहरुको आक्रमणमा परेर पनि आफनो राजनीतिक अडानबाट अलिकति पनि विचलीत न भई राजसंस्था र  हिन्दु राष्ट्र कायम गराउन आम नेपाली जनताहरुलाई माझ पुगाउन सफल भएका छन ।राप्रपा नेपालले आफनो चुनावी एजेन्डा नै संवैधानिक राजतन्त्र र हिन्दु राष्ट्रको  मुद्दा रहेको छ । दोस्रो संविधानसभाको चुनावमा राप्रपा नेपालले न चिताएको मत प्राप्त गर्नै लक्षण देखा परेको छ । आफुलाई गणतन्त्रवादी भनाउदा दलहरुलाई जनताहरुले राम्रो जवाव दिनेको लागि मंसिर चार गतेको  प्रतिक्षामा बसेका छन । मंसिर ५ गते मतमेटिकामा गाईको मत जुन प्रकारले देखा पर्नैछन । त्यसबेला दलहरुलाई आफुले गरेको गल्तीको पश्चात नै हुनेछ । अब राप्रपा नेपाललाई सबै भन्दा बढी मत ल्याउनको लागि कुनै पनि गणतन्त्रवादीले रोकन सक्दैन । राप्रपा नेपालले जुन निडर संकल्प र दृढ विचार लिएर जनताको माझ पुग्न सफल भएका थिए । त्यसबाट उनीहरुले ठुलो उपलब्धी प्राप्त गर्नेछन । नेपाली जनताहरुले अहिले पनि राजतन्त्र नै चाहेका छन । राजतन्त्र विना मुलुकको सुरक्षा हुन सक्दैन । राजतन्त्रले नेपालको राष्ट्रियतालाई जोगाई राखेकाले नै राजासहितको प्रजातन्त्रको नारा दिएर पुर्व देखि पश्चिम सम्म आफनो चुनावी प्रचार प्रसारमा लागेकाले नै जनताहरु राप्रपा नेपाललाई मत दिनको लागि निकै आतुर भएर बसेका छन ।
राप्रपा नेपाललाई मत किन दिने भन्ने प्रश्न कसैलेृ पनि गर्न सक्दैन । नेपालको राष्ट्रियतालाई २४० वर्ष सम्म सुरक्षा गर्दै आइरहेकाले नै राजतन्त्र भएन भने गणतन्त्रवादीहरुले नयाँ संविधानमा अझै लाखौ लाख विदेशीहरुलाई नेपाली नागरिकताको प्रमाण पत्र दिएर नेपाललाई सिक्किमीकरण गर्न पछि पर्दैन । नेपाल सिक्किम न होस । नेपालीहरुमाथि कुनै पनि विदेशीले शासन चलाउन नसकोस भनेर नै राप्रपा नेपाललाई सरकारको नेतृत्व दिनु पर्नै आम जनताहरुको चाहना हुनु पर्छ । दोस्रो संविधानसभाको चुनावमा जनताहरुले आफनो सानो गल्ती गरेमा राष्ट्र र राष्ट्रियता जोगाउन सक्दैन । यसको ठुलो क्षति नेपालीहरुले नै भोग्नु पर्छ । गाई छापलाई मत दिएर आफनो मतको सहि उपयोग गर्न सकेमा मात्रै नेपालीले आफनो राष्ट्रियता बचाउन सक्छ । राप्रपा नेपाललाई संविधानसभामा सबै भन्दा ठुलो दलको रुपमा उभाउनको लागि पनि गाई छापमा मत दिएर विजय बनाउनु पर्नै बेला भएकोले जनताको मतको सहि मुल्याङकन पनि हुने भएकोले अब कसैले पनि मतको दुरुपयोग गर्नु हुन्न । आफनो अन्तरआत्मालाई एक पल्ट साची राखेर गणतन्त्रवादी दलको् चुनावी चिन्हलाई हेरेर आफैले विश्लेशण गर्नु पर्नै बेला भएको छ । जनताको चाहनालाई पुरा गर्नै एकमात्रै पार्टी राप्रपा नेपाल रहेकोले गाई छापलाई मत दिएर राजसंस्था र हिन्दु राष्ट्र स्थापना गर्न लाम भएर मत दिन पछि न परौ ।चुनावमा मत नदिएर गल्ती गर्‍यो भने राजतन्त्र र हिन्दु राष्ट्र कायम  हुन सक्दैन ।

(२०७० कार्तिक २६ गते प्रकाशित यस समाचारमा प्राविधिक कारणबस केही व्याकरणीय त्रुटि हुन गएकोमा सच्याएर पढिदिनुभएकोमा हार्दिक धन्यवाद) 


SHARE THIS

Author:

Facebook Comment