भ्रष्टाचारलाई पाता पल्टाएर कारवाही गर्न चिनले सघाउने


– अविचल ।
नेपालमा सत्ता परिवर्तन भएपछि राजनीतिक दलका नेता र कार्यकर्ताहरुले जुन प्रकारले राज्यको ढुकुटी लुटन सफल भएका छन । उनीहरुलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक पछि अर्काे गरि भ्रष्टाचारको आरोपमा कारवाई गर्न सफल हुदै आइरहेका छन । राजनीतिक दलहरुले आफैले मात्रै भ्रष्टाचार अनियमितता गरेर न पुगी उनीहरुले सरकारी कार्यालयमा कार्यरत भ्रष्ट कर्मचारीहरुलाई समेत भ्रष्टाचार गर्न प्रोत्साहन दिर्दै आइरहेका छन । दलका नेताहरुको कारणले गर्दा नै कुनै पनि सरकारी कार्यालयमा भ्रष्ट कर्मचारीहरुले टेबुलमाथिबाट घुस खान कहिले पनि पछि परेका छैन । सत्तामा जाने मन्त्री सभासदहरुले आफैले भ्रष्टाचार गर्न तल्लीन भएकाले आफुहरुले कार्यालयमा भ्रष्टाचार गरेमा कुन चाहि अपराध गरे भन्दै आइरहेका थिए । सत्ता परिवर्तन भएपछि कुन कार्यालयमा भ्रष्टाचार भइरहेको छैन भनेर नेपाली जनताहरुले खोजनु पर्नै अवस्थाको सृजना भएको छ । नापी कार्यालय, भंसार कार्यालय, मालपोत कार्यालय,
स्थानीय निकाय, विधुत कार्यालय, लगायत कार्यालयमा दिनलाई रात रातलाई दिन सम्झेर भ्रष्ट कर्मचारीहरुले करोडौ रुपैयाको अनियमितता गरेर अकुंत सम्पति आर्जन गर्न सफल भएका छन । उनीहरुलाई कारवाही गर्न कुनै पनि निकायले न सक्दा अख्यिार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीले भ्रष्टाचार विरुद्ध आफनो अभियान नै तिव्र पार्नू भएको छ ।, उहाँले विभिन्न गोष्ठीमा आफुले केही वर्षमा नै भ्रष्टाचारीहरुलाई कारवाई गरि छाडने र भ्रष्टाचार नै आफुुले समाप्त गर्छु भन्ने आफनो प्रतिबद्धता जाहेर समेत गरेका छन । सर्वसाधारण नागरिकहरुले जुन प्रकारको भ्रष्टाचारीहरुबाट दुख कष्ट भोग्नु परिरहेका छन ।त्यसबाट सबैलाई मुक्त गर्न र भ्रष्टहरुलाई पाता पल्टाएर उनीहरुले गरेको अपराधलाई कारवाही गर्न अग्रसर भएर लागि परिरहनु भएकोले नै आयुक्त कार्कीलाई मित्र राष्ट्र चीनले भ्रमणमा बोलाएर भ्रष्टाचार नियन्त्रणमा चिनले सघाउने बताएका छन ।
                         प्रमुख आयुक्त कर्की टोली हालै चीन भ्रमणका क्रममा नेपाल र चीनविच भ्रष्टाचार नियन्त्रणमा सहयोग आदानप्रदान,सूचना संयन्त्रको प्रयोग र द्विपक्षीय साझेदारीका लागि स्थायी संयन्त्र निर्माण गर्नै सहमति भएको छ । चिनले अख्तियारको क्षमता अभिवृद्धि प्रविधी, विकास ,प्रामाणिक अनुसन्धानमा सहयोग, अनुसन्धान प्रयोगशाला स्थापना तथा मानवस्रोत विकासमा पूर्ण सहयोग गर्नै प्रतिबद्धता व्यक्त गरेको छ । भ्रष्टाचार नियन्त्रणमा  दुई पक्षबीच सबै तहमा सूचना आदानप्रदान गर्नै र नेपाली पक्षलाई अनुसन्धान र व्यवस्थापनबारे निरन्तर तालिम उपलब्ध गराउने विषयमा समेत चीन सहमत भएको छ । अख्तियारको  टोली चीनको निगरानी मन्त्रालयका मन्त्री हवाङ सुसियानको निमन्त्रणमा चीन गएका थिए । उनले आयोगबाट भइरहेका अनुसन्धानात्मक कामकारवाहीको चिनीयाँ पक्षले नजिकबाट नियालिरहेको बताएका थिए । चीनले नेपालमा बढर्दै गइरहेको भ्रष्टाचार अनियमिततालाई रोकथाम गर्नको लागि नै अख्तियारलाई सहयोग गर्न लागेका हुन । चीनले नेपालमा भ्रष्टाचारीहरुलाई कारवाही र नियन्त्रण गर्न सकोस भनेर यस्तो प्रकारको सहयोग गर्न लागेको यो पहिलो पल्ट हो । आज सम्म अरु मुलुकहरुले नेपालमा भ्रष्टाचारीहरुलाई कारवाही र नियन्त्रण गर्नको लागि यस्तो प्रकारको सहयोग गर्न आफनो देशमा बोलाएका छैन ।भारत अमेरिका बेलायल फ्रान्सले चाहि आफनो राजनीतिक सहयोग मात्रै गरीरहेका छन । उनीहरुले नेपालमा बढदै गइरहेको चरमउत्सर्गमा पुगेको भ्रष्टाचारलाई नियन्त्रण गर्नु पर्छ भनेर कहिले पनि सहयोग पुर्‍याएको छैन ।तर मित्र राष्ट्र चिनले भ्रष्टाचारको कारण नेपाल तहसनहस हुन लागेकोले नेपाललाई भ्रष्टाचारीको पन्जाबाट कसरी मुक्त गरिन सकिन्छ भनेर अहिले सहयोग गर्न इच्छुक भएको छ । नेपालमा सत्ता प्राप्तीको होडबाजीमा लागेका दलका नेताहरुले अहिले सम्म अरबौ रुपैया भ्रष्टाचार गर्न सफल भएका छन भन्ने घटना पूर्व मन्त्री र सरकारी कार्यालयमा कार्यरत कर्मचारीहरुलाई पक्राउ गरि कानुनी कारवाही गर्न सफल भएका छन ।
                        भ्रष्टाचारीहरुलाई अख्तियारले धमाधम कारवाही गर्दै आइरहेता पनि अहिले पनि यातायात व्यवस्था कार्यालय, नापी कार्यालय, मालपोत कार्यालय, जिल्ला वन कार्यालय लगायतका कार्यालयहरुमा भ्रष्ट कर्मचारीहरुले खुल्याम भ्रष्टाचार गर्न तल्लीन भएर सरकारको महिना खाएर सरकारको नै राजस्व चोरी गर्न सफल हुदै आइरहेका छन । उनीहरुलाई अलिकति पनि अख्तियारले कारवाही गर्न सक्छ भन्ने भय नै छैन । भ्रष्ट कर्मचारीहरुले अहिले पनि कार्यालयमा दिनहु जसो लाखौ रुपैयाको राजस्व चोरी गर्न सफल भएका छन । उनीहरुको भ्रष्ट चरित्रको कारणले गर्दा सर्वसाधारण नागरिकहरुले निकै सास्ती भोग्नु परेको छ । मालपोत कार्यालय नापी कार्यालयमा जग्गा धनीहरुले कर्मचारीहरुले मागेको जति रकम दिएमा मात्रै काम गरीदिने चलन नै रहेको छ । मालपोत कार्यालय र नापी कार्यालयमा सर्वसाधारण नागरिकहरुले आफनो जग्गाको रजिष्टेशन पास गर्न पुग्छन भने नापी कार्यालयमा जग्गाको किटा काटन गर्न पुग्छन ।दुवै कार्यालयका कार्यरत कर्मचारीहरुले जग्गा धनीसंग रकम नलिएर कुनै पनि काम नै नगर्नै गुनासो सम्बन्धित निकायको अगाडी गरेका थिए । तर पनि सम्बन्धित निकायका प्रमुखले नेताले भाषण गरे जस्तै भ्रष्टाचारीलाई कारवाही गर्नै झुठो आश्वासन मात्रै दिएर बसेका छन । सम्बन्धित निकायले नै भ्रष्ट कर्मचारीहरुसंग महिनाको लाखौ रुपैया लिने गरेकाले भ्रष्टहरुलाई कारवाही गर्न सकेका छैन ।भ्रष्टलाई कारवाही अख्तियारका प्रमुख कार्कीले गर्न सक्ने भएकाले उनको सम्मान पनि चीनका मन्त्री हवाङले आफनै देशमा गर्न पुगे । आयुक्त कार्कीको यो सम्मानले नेपालको नै प्रतिष्ठा बढेर गएको छ । कार्कीले आफनो पद सम्हाल्ने वितीकै भ्रष्टाचारीहरुलाई पक्राउ गरि कारवाही गर्न सफल भएकाले नै उनको उचाई बढेर गएको छ ।
(२०७० कार्तिक २६ गते प्रकाशित यस आलेखमा प्राविधिक कारणबस केही व्याकरणीय त्रुटि हुन गएकोमा सच्याएर पढिदिनुभएकोमा हार्दिक धन्यवाद) 

SHARE THIS

Author:

Facebook Comment