(अविचल सम्पादकीय)
दोस्रो संविधानसभाको चुनाव गराउन चार दल
र सरकारले आफनो शक्तिमात्रै लगाएका छैन । भारत लगायत अन्य शक्तिशाली मुलुकहरुले
चुनाव गराउनको लागि अरबौ रुपैयाको सहयोग गरेका छन ।अफगानीस्तानमा सन १९७५ मा रुसी
सेनाहरुले आक्रमण गरेपछि अफगानीस्तानबाट रुसी सेना फिर्ता हुनु पर्छ भनेर विद्रोह
पनि भयो । रुखका सेनाहरु अफगानीस्तानबाट फिर्ता भयो । अफगानीस्तानमा विदेशी
मुलुकहरुले निर्वाचनपनि सम्पन्न गराएर छाडयो । तर अहिले सम्म अफगानीस्तानमा शान्ति
स्थापना हुन सकेका छैन । अफगानीस्तानमा दिनहु जसो बम विस्फोट,गोली हाना हानको
घटनाहरुले विश्वका जनताहरुलाई आश्र्चयमा पारेका छन । विदेशीले गराएको निर्वाचन सफल
भइसकेपछि पनि अफगानीस्तान द्वन्द्वमा किन फसिरहेका छन । त्यसतर्फ चार दलका नेताले
आफनो बुद्धि विवेक पुर्याउन सकेन भने नेपाल पनि अफगानीस्तान बन्न त लागेको होइन ?भारतले अहिले
नेपाललाई आकाशमा उडने हेलिकप्टर दिएको छ
।यो हेलिकप्टर कुनै विदेशी राष्ट्रले नेपालको सार्वभौमसत्तामाथि आक्रमण
गरेका छैन । जसको कारणले गर्दा भारतले नेपालको सार्वभौमसत्तालाई जोगाउनको लागि
सरकारलाई तिन वटा हेलिकप्टर दिन थालेका हुन । भारतले जसरी भएपनि नेपालमा
संविधानसभाको चुनाव होस भन्ने चाहना राखेर हेलिकप्टर दिन थालेका छन ।
नेकपा–माओवादीले
बहिष्कारको निती लिएर अहिले देशभरि नं आतंक सृजना गर्न सफल भएको छ
। सरकारले मंसिर
चार गते बहिष्कारवादीहरुलाई नियन्त्रण गरेर चुनाव गराउन सफल भएता पनि मंसिर चार
गते पछि बहिष्कारवादीले आफनो माग राखेर हिंसात्मक आन्दोलन गर्न सक्दैन भनेर कसले
ठोकुवाका साथ भन्न सक्छ । चार दल र सरकारले सोचनु पर्छ ।यस्तै प्रकारको घटना
अफगानीस्तानमा भएको थियो । बहिष्कारवादीहरुलाई चुनाव बाहिर राखेर चुनाव गराएमा
यसले कस्तो परिणाम दिन सक्छ भनेर । सरकारले आफनो दायित्व पुरा गर्नको लागि चुनाव
गराउन चाहेका छन । यो सबैको लागि सराहनीय विषय हो । तर बहिष्कारवादीहरुले अहिले बम
विस्फोटको घटनाहरु गरेर सर्वसाधारण जनताहरुलाई आतंकीत पार्दै आइरहेका छन ।
उनीहरुले सवारी साधनमाथि आफनो मुख्य निशाना बनाउन थालेका छन । यस्तो अवस्थामा
चुनाव सम्पन्न भएता पनि यसको दुष्य परिणाम कति भयानक हुन सक्छ भनेर सोचनु पर्नै
सबै दलहरुको मुख्य दायित्व पनि रहेको छ । शान्ति स्थापना गर्ने र नयाँ संविधान
बनाएर नेपाल र नेपाली जनताहरुलाई विश्वका विकसीत मुलुकको नागरिक बनाउने बताउदै
आइरहेको छ ।
अफगानीस्तानमा पनि चुनावबाट सरकारको गठन
भएको थियो । तर अफगानीस्तानमा अहिले के भइरहेको छ ।, त्यसतर्फ आफनो
बुद्धि पुर्याउन नसक्नु चुनावी दौडमा होमिएका दलहरुले ठुलो गल्ती गर्न थालेका छन
। बहिष्कारवादीले राखेको मागलाई सहमतिमा ल्याएर चुनाव गराउन सफल भएमा नेपालमा
शान्ति स्थापना हुन सक्छ ।कसैको दवावमा आएर चुनाव गराउन सफल भएमा यसले कहिले पनि
समस्याको समाधान निकाल्न सक्दैन । अफगानीस्तान जस्तै नेपालमा अहिले सुरक्षा
निकायहरुले ठुलो मात्रामा गस्ती गर्दै आइरहेका छन । त्यहि पनि बहिष्कारवादीले बम
विस्फोट लगायतका घटनाहरु गराउन सफल भएका छन । बहिष्कारवादीलाई हेलिकप्टरमा सवार
भएर नियन्त्रण गर्न खोजेता पनि यसले बहिष्कारवादीलाई कुनै पनि असर पार्न सक्दैन ।
आफनो राजनीतिक मागलाई पुरा गराउनको लागि नै देशव्यापी हिंसा मचाउन सफल भएका छन ।
मंसिर चार गते अगाडी झनै बहिष्कारवादीले कति वितण्डता मचाउने होला । यसको अनुमान
गर्न निकै गाहे छ । सरकारको दमनले कुनै पनि समस्याको समाधान निस्कन सक्दैन भनेर
सोचन सकेमात्रै नेपाल अफगानीस्तान हुनबाट जोगिन सक्छ ।
(२०७०
कार्तिक २६ गते प्रकाशित यस आलेखमा प्राविधिक कारणबस केही व्याकरणीय त्रुटि हुन
गएकोमा सच्याएर पढिदिनुभएकोमा हार्दिक धन्यवाद)