राष्ट्रघातीहरुलाई चुनावमा हराउन सबै देशभक्त नेपालीहरु एक हौ


–अशोक मान श्रेष्ठ
(अविचल)
      नेपाल अस्तित्व समाप्त पार्नको लागि दलहरुले जुन प्रकारको राजनीतिक गर्दै आइरहेका छन । त्यसले आउदो दिनमा नेपालीहरुको अस्तित्व समाप्त पार्न कुनै पनि कसर बाँकी राख्ने छैन । एमाओवादी काग्रेस, एमालेको कारणले गर्दा नै राष्ट्रियता खतरामा पुग्न गएको छ । तिन ठुला दलहरुको कारणले गर्दा नेपालीहरु आफनो देशमा शरणार्थी भएर बस्नु परेको छ भने हजारौ नेपालीहरु विस्थापित भएका छन । नेपाली जनताहरुलाई दलहरुले जुन प्रकारले भ्रममा राखेर राजनीतिक गर्न सफल हुदै आइरहेका छन । त्यसको जवाव पनि अब दिन बेला आएको छ । दोस्रो संविधानसभाको निर्वाचनमा एमाओवादी,काग्रेस र एमालेले बहुमत ल्याएर सरकार बनाउने सोचमा लागेका छन । उनीहरुलाई यहि बेला हामीहरुल्े राम्रो थप्पड दिन सक्यो भने आउदो दिनमा कुनै पनि दलहरुले राष्ट्रियता खतरामा राख्ने कार्य गर्न सक्दैन । लोकतन्त्र प्राप्ती पछि दलहरुले संसदबाट जन्मको आधारमा नागरिकता विधेयक पास गरेर ४० लाख विदेशीहरुलाई नेपाली नागरिकताको प्रमाणपत्र दिएका छन । जसको कारणले गर्दा विदेशीहरु अहिले आफुलाई नेपाली भन्दै आफनो अधिकार खोज्न थालेका छन । दलहरुले राष्ट्रघाती नागरिकता विधेयक पास गरेर नेपालीहरुलाई आफनो देशमा नै गुलाम बनाउन चाहेका छन । नेपालमा विदेशीहरुको संख्या बढाएर नेपालीहरुलाई अल्पसंख्यामा पार्नै जुन राजनीतिक गरेका छन । त्यसबाट अब नेपालीहरु सर्तक भएर राष्ट्रघाती नागरिकता विधेयक पास गर्नैहरुलाई चुनावमा हराउन सकेमात्रै राष्ट्रियता जोगाउन सकिन्छ । एमाओवादी, काग्रेस, एमाले र मधेसवादी दलहरुले नयाँ संविधानसभाको निर्वाचन गराउनको लागि  २५ बुँदे सहमति गरेका छन । जन्मको आधारमा लिएको १० लाख विदेशीहरुलाई बंशजको आधारमा नेपाली नागरिकता दिलाउन सफल भएका छन । नेपालमा संघीयता लागु गनै लगायतका सहमति गरेर राष्ट्रियता नै समाप्त पार्न खोजेका छन । उनीहरु अहिले जनताको विचमा पुगेर
विभिन्न आश्वासन दिन सफल भएका छन । दलहरुले नेपाल र नेपाली जनताको लागि आज सम्म कुनै पनि राम्रो काम गरेर देखाउन नसकेको अवस्थामा दलहरुको राष्ट्रघाती नितीको विरोध अब सजग हुन सकेन भने नेपालको राष्ट्रियता जोगाउन कसैले पनि सक्दैन ।
      सात दलहरुले भारतको नयाँ दिल्लीमा १२ बुँदे सहमति गरेर लोकतन्त्रको लागि लडेका हुन । उनीहरुको लोकतन्त्र भारतले ल्याइदिएका हुन । एमाओवादी,काग्रेस ,एमाले लगायतका दलहरु कुन मुलुकबाट संचालित भइरहेका छन भन्ने कुरा सबैले बुझनु परेको छ । उनीहरु जनताको माझमा लाज पचाएर मत माग्न थालेका छन । नयाँ संविधान बनाउनको लागि भनेर । राष्ट्रघाती संघी सहमति गर्नै दलहरुले पुन चुनावमा झुक्काएर मत मागेर अर्काै ठुलो राष्ट्रघाती कार्य गर्न खोज्दै आइरहेका छन । दोस्रो संविधानसभाको चुनावमा जनताहरुले हराउन सकेन भने नेपालको सार्वभौमसत्ता सुरक्षा हुन सक्र्दैन । नेपालको नेताहरु विदेशीहरुको इशारामा फनफनी घुम्ने भएकाले नेपाल र नेपालीहरुलाई गुलाम बनाउन चाहेका छन । दलहरुको कारणले गर्दा विदेशीहरुले नेपालमा आफनो प्रभुत्व र हस्तक्षेप बढाउदै लगिरहेका छन । नेपाललाई सुडान ,इन्डोनेसिया बनाउनको लागि नै दलहरुलाई सुझाव दिएर राजनीतिक गर्न लगाएका छन । दलहरुले जुन झुठको खेती गरिरहेका छन । त्यसलाई समयमा नै बुझन सकिएन भने नेपालीहरुको टाउकोमा ठुलो चट्टान खस्ने सम्भावना रहेको छ । आफनै खुट्टामा आफैले बन्चरो हान्ने भुल अब कुनै पनि नेपालीहरुले गर्न हुदैन । समयमा नै सबै जनाहरु सचेत भएन भने दलहरुले नेपाललाई भुटान र सिक्किम बनाउन समेत बेर गर्ने छैन । नेपालीहरुलाई धोखामा राखेर लोकतन्त्र र गणतन्त्रको नाममा राजनीतिक गर्न सफल हुदै आइरहेको छ । उनीहरुले नेपालीहरुलाई सोधेर विदेशीहरुले लिएको जन्मको आधारको नागरिकता वंशजको आधारमा नागरिकता दिलाएका हुन । दलहरुले कति सम्म राष्ट्रघाती सहमति संघी गर्न सक्छ भन्ने कुरा विगत ५ वर्षको अवधिमा आम नेपाली जनताहरुले देखि सकेकाले चुनावमा हराउन सकेमात्रै नेपाली जनताहरुको विजय हुन सक्छ । नेपाली जनताहरुको लागि त्याग बलिदान दिएको भन्दै आइरहेका नेताहरुले नेपालीहरुलाई गुलाम बनाउनको लागि उनीहरुले यति वर्ष सम्म त्यागको राजनीतिक गरेका हुन भन्ने बुझनु परेको छ ।
      दोस्रो संविधानसभाको चुनाव अब आम नेपाली जनताहरुको घरदैलोमा पुग्न थालेका छन । चुनावमा राष्ट्रघाती नेताहरु मत माग्न आइरहेका छन । उनीहरुले आफनो राष्ट्रघाती अनुहारलाई लुकाएर जनतासंग मत मागेका छन । राष्ट्रघाती अनुहारलाई अब नेपाली जनताहरुले राम्रोसित चिन्नु परेको छ । राष्ट्रघीतीलाई हराउन सकेन भने तिन ठुला दलले नेपालको राष्ट्रिय अखण्डता नै समाप्त पारि छाडने छन । यसपालिको चुनावमा राष्ट्रघातीलाई हराउन सकेमा मात्रै नेपालीहरुको कल्याण हुनेछ । विदेशी मुलुकको दलाली गर्दै आएका दलका नेताले नेपालको लागि कहिले पनि राम्रो काम गर्न सक्दैन भन्ने कुरा सोचेर मात्रै उनीहरुलाई मत दिनु पर्छ । अन्तिरम संविधानमा राष्ट्रघाती नेताहरुले संविधान बनाउदा पुन विदेशीलाई नेपाली नागरिकता दिने भनेर लेखेका छन । नयाँ संविधान राष्ट्रघाती नेताले बनाउन सफल भयो भने अझै कति लाख विदेशीलाई नेपाली नागरिकता दिन सफल हुने हो  । यसको अनुमान गर्न सक्ने अवस्था रहेको छैन । राष्ट्रघाती नेताहरुले गरेको अपराधको सजाय दिने बेला यहि भएकोले सबै देशभक्त नेपालीहरुले एकजुट भएर राष्ट्रघाती नेतालाई चुनावमा मत नदिई हराउन सफल भएमा नेपालीहरु आफनो देशमा दास भएर बस्न सक्दैन । विदेशीको दास भएर बाँचन चाहन हुन्छ भने राष्ट्रघातीलाई जिताउ ,स्वाभिमानी नेपाली भएर बाँचन चाहन हुन्छ, भने राष्ट्रभक्त नेताहरुलाई मत दिएर विजय गराउ । यो चुनाव राष्ट्रघाती र राष्ट्रभक्तको विचमा हुन गइरहेको छ ।राष्ट्रघातीहरुले नेपाल जस्तो सानो मुलुकलाई संघीयतामा लिएर जान खोजेका छन । उनीहरुले संघीय राज्य बनाएर नेपाललाई टुक्रा टुक्रा पार्न खोजेका छन । विदेशीको इशारामा संघीय राज्य बनाउन खोजेका दलहरुलाई मत दियो भने नेपालीहरुले आफनो भुमिमा कसरी बाँचन सक्छ भनेर सोचनु पर्नै बेला आएको छ । राष्ट्रघाती नेताहरुले नेपालको अस्तित्व समाप्त पार्नको लागि विदेशी शक्तिहरुको अगाडी अहिले सम्म आत्मसमर्पण गर्दै आइरहेका छन । आफनो राजनीतिक स्वार्थको लागि जस्तो सुकै पनि राष्ट्रघाती संधि सम्झौता गर्न पछि परेको छैन ।
(२०७० कार्तिक २६ गते प्रकाशित यस आलेखमा प्राविधिक कारणबस केही व्याकरणीय त्रुटि हुन गएकोमा सच्याएर पढिदिनुभएकोमा हार्दिक धन्यवाद) 

SHARE THIS

Author:

Facebook Comment