भ्रस्ट तथा अवसरबादीलाइ चुनाउमा मत नदिउँ !

जनकमान डंगोल/
आइमे मुन्छी अती सुन्दर भो भने पैला फकाउछन ! मानेन भने धम्क्याउछन ! त्यति गर्दा पनि भएन भने साम,दाम,दण्ड र भेदको निती अप्नाउछन ! तर याहा चर्चा गर्न खोजेको आइमे मान्छेको नभएर आफ्नै बल बुतामा बिश्वको दोश्रो सक्तिसाली देस चाइनाको हो !
चाइना आज अमेरिकी र युरोपको टाउको दुखाइ भाको छ ! अमेरिका र युरोप भनेको स्वादे जिब्रो अल्छिको भकारी मुन्छीहरको बस्ने देस हो तर चाइना भनेको कमिला हुन ! दुख गर्नमा माहिर र कोहि सित भिख माग्न जान्दैनन ! आफ्नै बल बुतामा अहिले विश्वको २ नम्बर सक्ति साली भए ! एक म्यानमा दुइ तरबार अर्थात एउटा जंगलमा दुइटा शिंह बस्न सक्दैन यो नीति कथान भएर वास्तविकता पनि हो ! भोलि या पर्सि चाइना विश्वको १ नम्बर देस बन्छ यसमा कुनै संका छैन !
तर,
चाइनाको बढ्दो शक्तिले थरथर हुँदै अहिले यतिखेर पश्चिमा खास गरि अमेरिका चाइनालाइ ठिक पार्न कम्मर कसेर लागि परेका छन ! जापानमा त उसको नौसेनाको अड्डा नै छ भने दक्षिण कोरिया अमेरिकाको आज्ञापालक देस हुन ! नेपालको दक्षिणी छिमेकी लाइ 'पाकिस्तान'को हाउगुजी देखाएर आफ्नो मोहनी जालमा फसाएका छन ! जब सम्म नेपाललाई आफ्नो नियन्त्रमा लिन सकिन्न तब सम्म पस्चिमाले चाइनालाई जित्न सक्दैनन ! त्यसैले उनीहरुको लागी नेपाल अहिले यतिखेर पश्चिमाको लागी बेस क्याम्प हुन जरुरि छ ! यहि सबै बुझेर नेपालको पुरानो राजतन्त्र सखाप बनाए ! पद र पैसाको लागि मरिहत्ते गर्नेहरुलाई आफ्नो बसमा पारेर मौका कुरेर बसेका छन !
यहि पारा भो भने नेपाल ढिलो या चाडो पश्चिमाको पूर्ण नियन्त्रणमा नजाला भन्न सकिदैन ! किनभने नेपालको कांग्रेस तथा कम्युनिस्ट पार्टीहरु जनताको हितमा काम गर्छन कि बिदेसिको हितमा काम गर्छन त्यो त हामीले २४ बर्षमा राम्रै संग देख्न र भोग्न पाई सकेका छौ ! संबिधान सभाको पुन: दोश्रो पटक निर्वाचन हुदैछ ! सबै कुरा देख्दा देख्दै,जान्दाजान्दै र भोग्दा भोग्दै पनि अब फेरी यिनै देस र जनताको माहा सत्रु रुपी पार्टीका उम्मेदवारहरुलाई भोट दिएर सत्तामा पुर्याउनु भनेको आत्महत्या गर्नु सरह हो !
सबै पार्टीमा रास्ट्रीयता, धर्म र संस्कृति अनि देस र जनताको लागी केहि गर्च्छ्म भन्ने आँट बोकेको राम्रा उम्मेदवार छन ! त्यसैले त्यस्ता लाइ चिनेर मतदान गर्नु भो भने तपाइ हाम्रो मत पनि खेर जादैन र भ्रस्ट तथा देस र जनतामारा नेताले शिर पनि ठाडो गर्न सक्दैनन ! सबैलाई चेतना होस !
'जय रास्ट्रबाद'

SHARE THIS

Author:

Facebook Comment