क्राइमचेक
प्रतिनिधि/
वीरगंज/“सत्य सेवा सुरक्षणम” यो नेपाल प्रहरीको मूल मन्त्र हो र
नेपाल प्रहरी मात्र हैन संसार भरिकै सबै प्रहरीहरुको मूल मन्त्र पनि “सत्य सेवा सुरक्षणम” नै हो ।
सूचना देखि लिएर व्यक्तिगत खबर आदान–प्रदान् होस या मनोरञ्जन लगायत विभिन्न
क्षेत्रमा विश्वमा हाल सामाजिक संजाल फेसबुक तथा ट्वीटरले प्रयोगकर्तालाई धेरै नै
सजिलो बनाइ दिएको छ ।
यसै सन्दर्भमा नागरिकलाइ सत्य तथ्य
सूचना उपलब्ध गराउनको लागि भनेर नेपाल प्रहरीले पनि सामाजिक संजाल फेसबुकको सहारा
लिएको छ । नेपाल प्रहरीको केन्द्रीय निकाय प्रहरी प्रधान कार्यालयदेखि तल्लो निकाय
इलाका प्रहरी कार्यालयका केहि इकाईसम्म पनि सामाजिक संजाल फेसबुकमा जोडिएको छ ।
नेपाल प्रहरीको साइट देखि सामाजिक
संजाल फेसबुकको परिचयमा संगठनको ठेगाना सहितको परिचय उल्लेख गरिएको हुन्छ । तर
सोहि सन्दर्भमा मध्यमाञ्चल विकास क्षेत्र अन्तर्गतको नारायणी अंचल प्रहरी
कार्यालयद्वारा खोलिएको सामाजिक संजाल फेसबुकको खातामा विभागीय परिचय दिनु पर्नेमा
व्यक्तिगत परिचय राखिएको छ । हेर्नुस्
# Worked at Nepal-Police
# Studied at Tribhuvan-University/
# Current City Los-Angeles-California
# From
Birgunj
# Gender Male
उक्त फेसबुकको टाइम लाइनमा व्यक्तिगत
गफ, राजनैतिक प्रचार र केहि प्रहरीसंग
सम्बन्धित समाचार समेत देखियो । नोभेम्बर ४ मा तीर्थ कटुवाल झापालीले पोस्ट गरेको
अभद्र अश्लील तस्बीर,
अक्टुबर
२८ मा सन्तोष पासवानले पोस्ट गरेको एमाले प्रचारको सामाग्री लगायत धार्मिक प्रचार, व्यक्तिगत तस्बीर आदि ।
यदि उक्त फेसबुक खाता नारायणी अञ्चल
प्रहरी कार्यालयको आधिकारिक खाता हो भने फेसबुकको टाइमलाइनमा विभागको झण्डा र तस्बिर
हुनुपर्नेमा प्रहरी वरिष्ठ उपरीक्षक दर्जाको व्यक्तिको तस्वीर कसरी राखियो ? यदि प्रहरी निकायको आधिकारिक फेसबुक
खाता हो भने धार्मिक प्रचार, राजनैतिक
प्रचार, व्यक्तिको तस्बीरहरू किन सम्प्रेशन
गरियो र गरिदैछ ? विभागको आधिकारिक फेसबुक खातामा Worked at Nepal Police, Studied at Tribhuvan University, Lives in
Los Angeles, California, From Birgunj,
Gender Male
यस्तो विवरण किन राखियो ?
कुनै पनि व्यक्तिले सरकारी छाप, दस्तखत वा सो सम्बन्धीको कार्य गरे तथा
गराएमा त्यस्तो कार्य गर्ने तथा गराउनेलाई मुलुकी ऐनको जालसाजी तथा किर्तेको महल
अनुसार कानुनी
नारायणी अंचल प्रहरी कार्यालयका वरिष्ठ
प्रहरी उपरीक्षक सर्वेन्द्र खनालले यस पत्रिकाका सम्पादक सन्तोष मिश्रलाई एकचोटी
भनेका थिए, “म अरु प्रहरी अधिकृत जस्तै प्रचारमुखि
होइन, फेसबुक र सामाजिक सञ्लामा छाइरहनुको
सट्टा काम गरेर दखाउने मेरो बानी छ ।” आफू
प्रचारमुखि नभएको बताउने तर संगठन र कार्यालयको नाममा खोलिएको सामाजिक संजालको
खातामा आफ्नो कभर फोटो राख्ने उनको भनाई र गराई नारायणी अंचलका बासिन्दाले
राम्रैसँग बुझिसकेका छन् । उनी नारायणी अंचल प्रहरी प्रमुख भएदेखि अंचलमा भएका
विभिन्न आपराधिक घटनाले उनको कार्यदक्षताको प्रदर्शन गरिसकेको छ ।
नारायणी अंचलमा केही समय यता अपहरण, हत्या, बालात्कार, चोरी डकैती, लुटपाट, महिलाहिंससा लगायतका घटनाहरूले व्यापक रुपमा निरन्तरता पाउँदै आएको
जग जाहेर भएकै विषय हो ।
(प्रकाशित मिति २०७० कार्तिक २८ गते
बिहीबार)
