विदेशीको बुईं बोकी डलरको खेती गरी
डकार्ने हाँडी घोप्टेहरूले राजसंस्था र देशभक्त नागरिकहरूलाई तह लगाइएको हो । आफैंले बनाएको सविधान आफैंले समाप्त गरेको
विश्वको राजनीतिक इतिहासमा पाईंदैन ।
जनआन्दोलनको बलले स्थापित नेपाल अधिराज्यको संविधान २०४७ ध्वस्त गर्ने शिखण्डी
डलरवादी दलका नेता एवं अनुयायी अर्थात कथित पापड नामक संस्थाको केही भ्रष्ट नालायक
राष्ट्रघाती व्यक्तिहरूको हालीमुहाली अर्थात लखनौं लूट गर्ने मुलुकका गद्दार
राष्ट्रघातीहरूको लहलहैमा प्रेमको गांठो बलियो बनाउने विगतका नेकपा माओवादीको
सहयात्रा संविधानसभाबाट मुलुकलाई संविधान दिन असफल भएपछि एकीकृत माओवादी बनेको दल
दुई चिरामा विभक्त भएको हो,
किन ?
यतिखेर दोश्रो संविधानसभाको चुनाव
जतिजति नजिकिंदै छ, उती उती प्रमूख चार दललाई भ्याई–नभ्याई छ । चुनावी माहोल जनतालाई नभएर
चार दलका नेताहरूलाई छाएको छ । एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्ड चुनावी
सभामा भाग लिन हेलिकप्टर प्रयोग गरेर पनि भ्याइरहेका छैनन् भने नेपाली काँग्रेसका अर्का नेता शेरबहादुर
देउवा पनि काँग्रेसभन्दा के कम ? यतिखेर
देउवा पनि हेलकप्टर चढेर नेपाली काँग्रेसको सभा–सम्मेलनमा सहभागी भएर नेपाली काँग्रेसलाई दुई तिहाई बहुमत मागिरहेका
छन् । जिन्दगीभर मागेर खाने पेटु शिखण्डी नेताका जालोले मुलक चुनावी माहोलले ायो
भनि स्याल हुईंयाको बखान केही टेलिभिजन र राष्ट्रिय दैनिक पत्रिकामा देख्न र पढ्न
पाईन्छ । यही स्यालहुईंयाँ र हल्लै हल्ला र विदेशीको बुईं बोकी मुलुक र जनतालाई
लखनौं लूट गर्न पल्केका राष्ट्रघाती प्रवृत्ति नै वर्तमान राजनीतिक संकटको उपज हो
।
लखनौं लूट गर्न पल्केका प्रमूख दलले
राजसंस्थापछि नेकपा–माओवादीको अस्तित्त्व समाप्त पार्ने
अन्तिम क्षणमा छन् । राष्ट्रभक्त र देशभक्ती के हो ?भन्ने यथार्थबोध भएर नै यतिखेर नेकपा–माओवादीले लूट मच्चाउने राष्ट्रघाती शिखण्डी दलसँग पौठेजोरी अर्थात्
संघर्ष गर्नुले नै सम्पन्न हुन गईरहेको संविधानसभाको दोश्रो चुनाव ओझेलमा पर्न
थालेको छ ।
सबै दलको सहमतिमा संविधानसभाको चुनावहुनु अनिवार्य विषय हो । यसरी अनिवार्य
विषयलाई थांतिराखी सम्पन्न हुन गईरहेको दोश्रो संविधानसभाको चुनाव आफैंमा कुनै
अर्थ रहँदैन । यसर्थ बल मिचाईं अर्थात् जबरजस्ती गर्नु भनेको समस्या थोपर्नु र
जटिलतातर्फ उन्मूख हुनु हो । र यसको ज्वलन्त उदाहरण अफगानिस्तान हो । सचेतभया ।
(प्रकाशित मिति २०७० कार्तिक २८ गते बिहीबार)