काठमाडौं, वैशाख १२ । नेकपा–माओवादीमा संविधानसभा चुनावमा भाग लिने कि नलिने भन्ने विषयमा चर्को विवाद देखिएको छ । राजधानीमा जारी नेकपा–माओवादीको केन्द्रीय समिति बैठकमा केही सदस्यहरुले चुनावमा जानुपर्ने पक्षमा बोलेपछि चर्को विवाद भएको हो । बहुमत केन्द्रीय सदस्यले चुनावमा जानु नहुने पक्षमा मत जाहेर गरेका स्रोतले जनाएको छ ।
राजधानीको सिनामंगलस्थित एक पार्टी प्यालेसमा जारी बैठकमा अध्यक्ष मोहन वैद्यले पेश गरेको राजनीतिक दस्तावेजमाथिको छलफलका क्रममा सदस्यहरुबीच मतान्तर देखिएको हो ।
माओवादीका अधिकांश केन्द्रीय सदस्यहरुले अहिलेकै अवस्थामा तत्काल एकीकृत माओवादीसँग एकता हुन नसक्ने पनि बताएका छन् ।
–माओवादीले अध्यक्ष वैद्यको राजनीतिक प्रस्तावमाथि १९ वटा समूह बनाई छलफल भएको जनाएको छ ।