पोखरा, बैशाख १२ – टेण्डर प्रक्रियामा अवरोध गर्ने १५ जनालाई कास्की प्रहरीले पक्रेको छ । बैशाख ९ गते पश्चिमाञ्चल डिभिजन सडक कार्यालय पोखरामा टेण्डरको बिषयलाई लिएर गुण्डागर्दी गर्न खोज्नेहरु आज पक्राउ परेका हुन् ।
पक्राउ पर्नेहरुमा स्याङ्जाका २६ बर्षिय डेभिड गुरुङ, स्याङ्जाकै ३२ बर्षिय गोपाल खाँड, २६ बर्षिय डोल बहादुर मल्ल, ३६ बर्षिय प्रसाद गुरुङ, ३४ बर्षिय सुमन गुरुङ, ३३ बर्षिय बुद्ध गुरुङ, ३२ बर्षिय सफल भण्डारी, १९ बर्षिय कृतन गुरुङ, २६ बर्षिय विक्की गुरुङ, ३२ बर्षिय लक्ष्मण गुरुङ, २२ बर्षिय मन्दिप थापा रहेका छन् ।
कास्कीका ३१ बर्षिय विनोद गुरुङ, २६ बर्षिय मनोज गुरुङ र चितवनका ३० बर्षिय राज कुमार लामालाई प्रहरीले पक्रेको छ ।
यसैबीच, अबैध लागुऔषध कारोबारको आरोपमा अर्घाखाँचीका ३५ बर्षिय रमेश बराललाई पनि प्रहरीले पक्रेको छ । बरालको साथबाट ५ सय चक्कि नाइट्रोसन बरामद गरिएको छ ।
पक्राउ परेका बराललाई लागु औषध मुद्धा दायर गरी अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।