बेहोस बनाएर भारत लैजाँदै गरिएकी युवतीको उद्धार


बुटवल, बैशाख १२ - बेहोस बनाएर भारततर्फ लैजान लागेकी एक युवतीलाई रुपन्देहीको बेलहीयाबाट उद्धार गरिएको छ ।

घरबाट बजार जान हिंडेकी तनहुँको अरणेदय गाविसकी १७ वर्षीया किशोरीलाई अपरिचित व्यक्तिहरुले बेहोस बनाएर भारततर्फ लैजाने क्रममा नेपाल–भारत सिमानामा पर्ने बेलहियाबाट उद्धार गरिएको हो ।

तीन जना युवाले बुधवार बेलुकी नेपाल कटाउन लाग्दा चेलिबेटी तथा मानव बेचविखन बिरुद्ध कार्यरत संस्था केआई नेपालको बेलहियास्थित चेकपोष्टका कर्मचारीले रोकेका थिए ।

ती युवतीलाई विहीवार आमा र काकाको जिम्मा लगाइएको केआई नेपालले जानकारी दिएको छ ।
श्रोत: उज्यालो

SHARE THIS

Author:

Facebook Comment