काठमाडौं, वैशाख १२ - पूर्व मन्त्री गोरेबहादुर खपाङ्गी मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते हुनु भएको छ ।
उहाँलाई विहीवार दिउँसो काठमाडौंको राष्ट्रियसभा गृह नजिकै वा ५१ प ७३७३ नम्बरको मोटरसाइकलले ठक्कर दिएको ट्राफिक प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते खपाङ्गीको वीर अस्पतालको आकस्मिक कक्षमा उपचार भइरहेको छ । उहाँको टाउकोमा चोट लागेको छ र अवस्था खतरामुक्त रहेको अस्पतालले जनाएको छ ।
उहाँ शाही शासनकालमा राष्ट्रिय जनमुक्ति पार्टीका तर्फबाट महिला, बाल-बालिका तथा समाज कल्याण मन्त्री नियुक्त हुनु भएको थियो ।