बारा, बैशाख १२ - बाराको अमलेखगञ्ज गाविसमा विहीवार दिउँसो ट्रयाक्टरबाट लडेर एक युवकको ज्यान गएको छ ।
अमलेखगञ्जबाट बाराको रतनपुरीतर्फ जाँदै गरेको ना ३ त ३६४४ नम्वरको ट्रयाक्टरबाट लडेर रतनपुरी गाविस वडा नम्वर ७ का चेतबहादुर पाठकको ज्यान गएको प्रहरीले जनाएको छ ।
अमलेखगञ्ज गाविसको वडा नम्वर ९ मा पाठक ट्रयाक्टरबाट लडेको र त्यही ट्रयाक्टरको चक्काले कुल्चिदा उहाँको ज्यान गएको ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरीक्षक जयराम कुइँकेलले बताउनुभयो ।मृतक पाठकले ट्रयाक्टरमा लिफ्ट लिएका थिए ।
ट्रयाक्टर र ट्रयाक्टरको चालकलाई ईलाका प्रहरी कार्यालय सिमराले नियन्त्रणमा लिएको छ ।