आधुनिक सप्तरंगी बिरालो


जनकमान डंगोल
बिरालो भन्नाले सानो मासंहारी जनावर भनेर चिनिन्छ ! जसले आफ्नो ज्यु ज्यान अनुसार कै सिकार गरेर आफ्नो ज्यु ज्यान पालेको हुन्छ ! बिरालो हेर्दा बाघ जस्तै देखिन्छ ! फरक यत्ति हो बाघ ठुलो अजंगको प्राणि हुन्छ भने बिरालो सानो प्राणि ! बिरालो पनि विभिन्न रंगको हुन्छ ! पहेलो, कालो, सेतो, छिर्केमिर्के आदि आदि इत्यादि ! हिजोका बिरालोले आफै सिकार गरेर आफ्नो ज्यु ज्यान पाल्थ्यो ! मानिस प्रति आश्रित थिएन तर आजकलको बिरालो
त्यसको ठ्याक्कै उल्टो छ ! घरमा मुसाले दुख देको हुन्छ तर आजकलको बिरालोले त्यो देखेर पनि वास्ता गर्दैन ! मुसा आएर गालामा हनुमान किक दिंदा पनि चुपचाप बस्छ तर वास्ता गर्दैन !
२०४६ साल पछी नेपाल मण्डलमा पनि यस्तै प्रकृत्ति देखिएको छ ! २०४६ साल अगाडी पनि नेपालमा पहेलो रंग धारी बिरालो थियो ! सिकार आफै खोज्थ्यो खान्थ्यो ! जनतारुपी मानवले सिकार खोजेर दिनु पर्दैनथ्यो ! यो विज्ञानको युग रे, यो आधुनिक जमानारे, यो कम्प्युटरको युग रे ! जमानाले गर्दा होला आधुनिक बिरालो पनि विभिन्न रंगको मा बाडिएको छ !निला बिरालो, राता बिरालो, सुन्तला रंग, हरियो रंग, छिर्के रंग मिर्के रंग आदि आदि इत्यादी रंगका बिराला हरु ! यी सप्तरंगी आधुनिक भोका बिरालो मुसा हैन चिकेन को साप्रा संग हुस्की बियरले मुख कुल्ला गर्छ ! हिजोका पहेला बिराला ख्याउटे सुकेनास टाइपका थिय ! तानासाही, एकदलीय रे भनेर मित्ज्यु हरुले सुको दिदैनथे ! देसा बस्ने मुन्छीले देको सितको थोपो बिलाउथ्यो तर अहिलेको आधुनिक भनिने सप्तरंगी बिरालो लाइ गौमाता देखि गोरु माता सम्मको अनुकम्पा प्राप्त छ ! असिना बर्षेको जस्तै गरि युरो, डलर, पाउण्ड र घटीमा त्यो जाबो एक रूप्पे साठी पैसो सम्मको धन बर्षा प्राप्त छ ! राता र निला बिरालो ले पाए सम्म युरो डलर र पाउण्ड खोज्छ भने हरिया बिरालोले एकरूप्पे साठी पैसो सम्ममा भए पनि चित्त बुझाका छन ! नाइके बिरालोले के के जातिमा ल्याउचे ठोकाउछन ! हिजो कोदाको ढेडो र बाक्लो कोदा तथा गहुको रोटि गुन्द्रुक तथा नुन खोर्सानी संग ज्युनार गर्ने बिना जुत्ता चप्पल पाउ कस्ट गर्ने सप्तरंगी बिरालोज्यु हरु आज सुटेड बुटेड का साथ बिजनेस क्लासको बायुपंखी घोडामा सवार भएर दोश्रो, तेश्रो मुलुका जान पाउँदा अमरावती नै गाको भान हुँदो रैछ ! आँखा चिम्लेर एस एस भन्दै सररर संग ल्याउचे ठोक्दीने ! के मा ल्याउचे ठोक्यो थाहा नाइँ ! जय मसि प्रभु ..प्रभुले सब ठिक पार्नु हुन्छ भन्दै इमान जमान बन्धकी राखेर सुटकेस बोकेर आउनुको मज्जै आर्को ! गाइ पनि कहिँ माता हुन्छ ? गोरु पनि कहिँ पिता हुन्छ ? भनेर सोधेको बेला ब्ल्याक र रेड लेबल्ररुपी जांडको तालमा ‘नो नो’ भन्यो ! जानेको नै ‘एस’ र ‘नो’ ! ‘गाइ काट्नु पर्छ गोरु काट्नु पर्छ” त्यसमा अत्याधिक भिटामिन हुन्छ भन्ने प्रभुको हुकुम फरमान ! इमान र जमान त सुट्केसा साटेका भेडा रुपी सप्तरंगी बिरालाहरुले देसा फर्केसी हुकुम तामेली गर्छन ! अत्याधिक धर्म परिवर्तन तथा गौ अनि गोरु बध त्यसैको परिणाम हो ! २४ बर्ष हुन लाग्यो नेपाल मण्डलीमा आधुनिक बिरालोको जगजगी भा ! बरा बिचरा जनता नामको भेडाहरु अत्याधुनिक बिराला ले म्याउ गर्दा स्वरमा स्वर मिलाउदै भ्या को सट्टा म्याउ गर्छन तर किन र के को लागि हाम्ले म्याउ गर्येउ त्यो थाहा नाइँ ! देश रुपी घरा नक्कली मुसा पसेर अन्नपात देखि पानि सम्म चट पारि सक्यो तर म्याउ को तालमा भ्या भ्या भन्दा अरु गर्न सकेनन जानेनन ! धमिरा ले खाको झैँ भै सक्यो खोर कुनै पनि बेला स्वाहा हुन सक्छ ! यदि बेलैमा होसको दवाई नखाने हो भने लेण्डुपे धमिराले खाको भेडाको खोर जस्तै हुन्छ तर अब यी नक्कली सप्तरंगी बिरालो लाइ चुटेर तह लाउने कसले ? आजको यक्ष प्रस्न यहि नै हो ! जाग नेपाली जाग भ्या हैन म्याउ हैन हातमा हात काँध मा काँध मिलाएर नलाग्ने हो भने ‘सयौ थुंगा फूलका हामि नेपालि’ ले ‘सारे जहासे अच्छा’ गाउने दिन नउआला भन्न के बेर ? आउनुहोस हामि सबै मिलेर बिरालो लाइ चुटेर तह लगाउ !

(२०६९ फागुन २४ गते प्रकाशित)

SHARE THIS

Author:

Facebook Comment