गृहमन्त्रीलाई कालो झण्डाले स्वागत


क्राइमचेक प्रतिनिधि÷

वीरगंज÷गृहमन्त्री विजयकुमार गझदारलाई वीरगंजका स्थानीयवासिन्दाले कालोझण्डा देखाएर स्वागत गरेका छन्
                मधेशी जनअधिकार फोरम लोकतान्त्रिकको जिल्ला स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्न वीरगंज आएका गच्छदारलाई स्थानीयबासिन्दाले  भारतसँग जोडिने राजमार्ग
फराकिलो बनाउने भन्दै वीरगंजको मेनरोडमा पर्ने त्रिभुवन राजपथ अन्तर्गत सडकको मध्यबिन्दूबाट दायाँ बायाँबाट ३१ मिटरसम्मको क्षेत्रमा रहेका घर टहरा भत्काउने घोषणा सार्वजनिक गरेपछि नगरवासीले मेनरोडका घरमा सात सयभन्दा बढी कालो झण्डा राखेर विरोध जनाएका हुन्
                फोरम लोकतान्त्रिकका केन्द्रिय अध्यक्ष समेत रहेका गृहमन्त्री गच्छदारलाई मेनरोडका बासिन्दा तथा व्यापारीहरुले आफ्नो घर पसलमा कालो झण्डा राखेर विरोध गर्दै स्वागत गरेका हुन्
                वीरगंज बचाऊ संघर्ष समितिका अनुसार सरकारको निर्णय जनविरोधी भएकाले उक्त निर्णय फिर्ता नलिएसम्म घरघर पसलहरुमा राखिएको कालो झण्डा नहटाउने निर्णय गरिएको हो
(२०६९ फागुन २४ गते प्रकाशित)

SHARE THIS

Author:

Facebook Comment