क्राइमचेक प्रतिनिधि÷
वीरगंज÷वीरगंजस्थित नारायणी उपक्षेत्रीय
अस्पतालका विकास समिती कर्मचारी
यूनियनले तालाबन्दी
गरेका छन् ।
अनावश्यकरुपमा कर्मचारी भर्ना गरेको
भन्दै
विरोधमा कर्मचारी
यूनियनका अध्यक्ष डा. मनोज
गुप्ताको नेतृत्वमा रहेका कर्मचारीले
सो अस्पतालका मेडिकल
सुपरिटेण्डेण्ट अखिलेश कुमार सिंह
र विकास समितिका
अध्यक्षको कार्यकक्षमा तालाबन्दी गरेका
हुन् ।
अस्पताल विकास समितीले
अनियमित तरिकाले तीन दर्जन्भन्दा
बढी कर्मचारीको भर्ना
गरेपछि यूनियन आन्दोलित भएर
तालाबन्दी गरिएको जनाइएको छ
।
(२०६९ फागुन २४ गते प्रकाशित)