क्राइमचेक प्रतिनिधि÷
वीरगंज÷
जबरजस्ती बजार बन्द
गराँदै हिडेका माओवादीका कार्यकर्तालाई
प्रहरीले रोक्न खोज्दा प्रहरीमाथि
आक्रमणको प्रयास गरेपछि बाराको
जितपुरमा प्रहरी र माओवादी
कार्यकर्ताबीच झडप भएको
समाचार प्राप्त हुन आएको
छ ।
बुधवार बिहान जितपुर
क्षेत्रमा खुलेका बजार जबरजस्ती
बन्द गराउँदै हिंडेका
नेकपा–माओवादीका कार्यकर्तासँग भएको
झडपमा केही कायकर्ता
समेत घाइते भएको
समाचारमा जनाइएको छ ।
आक्रोशित कार्यकर्ताले राजमार्गमा
करिब एक दर्जन
गाडीमा तोडफोड गरेका थिए
।
गृहमन्त्री विजयकुमार गच्छदारको
भ्रमण कार्यक्रममा अवरोध
गर्नका लागी नेकपा–माओवादीका कार्यकर्ताले वीरगंजदेखि
सीमरासम्म त्रिभूवन राजपथमा तनाव
सिर्जना गर्न खोजेको
सुरक्षा अधिकारीको विश्लेषण छ
।
सिमरा क्षेत्रका बजार, पसल
सबै बन्द थिए
भने कलकारखाना समेत
संचालनमा आउन सकेनन्
। उद्योग बन्द
गराउदै हिडेका बन्दकर्ताले हुलास
स्टील बन्द गराउने
क्रममा तोडफोड गरेको बताइएको
छ । बन्दको अवज्ञा गरेको
भन्दै बन्दकर्ता सिमरामा
ट्रयाक्टर र टाटा
सुमो क्षति पु¥याएका छन् ।
हड्तालका क्रममा कुनै अप्रिय
घटना हुन नदिनका
लागी स्थानीय प्रशासनले
विशेष सतर्कता अपनाएको
थियो ।
(२०६९ फागुन २४ गते प्रकाशित)