वीरगंज÷द्वन्द्व संवेदनशीलतासम्बन्धी ज्ञान
दिने उद्देश्यले वीरगंजमा
आयोजना गरिएको तीन दिने
पत्रकारिता तालिम सहभागीहरूलाई प्रमाणपत्र
वितरण गरि समापन
गरियो ।
नेपाल पत्रकार महासंघ
केन्द्रिय सदस्य एवं मध्यमाञ्चल
संयोजक महेश दासले
सहभागि सञ्चारकर्मीहरूलाई प्रमाणपत्र प्रदान गर्नु
हुँदै वीरगंज लगायतका
क्षेत्रका सञ्चारकर्मीहरूकालागि वीरगंजमा छिट्टै नै
पत्रकारिता ट्रेनिङ ईन्स्टिच्युटको स्थापना
गर्न पहल गर्ने प्रतिवद्धता जनाउनुभयो
।
नेपाल पत्रकार महासंघ
पर्सा शाखाका अध्यक्ष
केसी लामिछानेको सभापतित्वमा
भएको सो समापन
समारोहमा मन्तव्यको क्रममा अध्यक्ष
लामिछानेले सहभागीहरूलाई तालिममा सिकेका कुराहरूलाई
व्यवहारमा लागुगर्न सुझाव दिनुभयो
।
नेपाल पत्रकार महासंघ
केन्द्रिय कार्यालय र पर्सा
शाखाको आयोजना, ईक्वल एक्सेस
नेपाल र ईन्टरनेशनल
अलर्टको संयुक्त सहकार्य तथा
द युरोपियन युनियनको
आर्थिक सहयोगमा आयोजित उक्त
पत्रकारिता तालिममा पर्सा र
बाराका २२ जना
सञ्चारकर्मीहरूलाई प्रशिक्षण दिइएको थियो
।
छापा तथा
विद्युतीय सञ्चारमाध्यमका प्रतिनिधिहरू सहभागी रहेको सो
द्वन्द्व संवेदनशील पत्रकारिता तालिममा
द्वन्द्व र हिंसाको
परिभाषा, हिंसाका प्रकार, कारण,
विश्लेषण र समाधानको
बाटोबारे सहभागीहरूलाई प्रशिक्षण दिइएको थियो
।
प्रशिक्षणको क्रममा सहभागीहरूलाई
द्वन्द्व वा हिंसा
फैलनु÷हुनु अघि
पत्रकारको भूमिका, पीडितसँग व्यवहार,
स्रोतको सुरक्षा, द्वन्द्व मत्थर
भएपछि पत्रकारहरूले पालना
गर्नुपर्ने काम र
कर्तव्यको तरिकाबारे प्रशिक्ष दिइएको
प्रशिक्षणमा सहभागी मध्येका एक
लक्ष्मी खरेलले बताईन ।
त्यस्तै तालिममा द्वन्द्व वा
जुलुशको रिपोर्टिङ्ग गर्दा समाचार
संकलन गर्न जानु
अघि, समाचार संकलनको
समयमा र संकलनपछि
कुनै समस्या उत्पन्न
भयो भने के
कस्ता उपायहरू अपनाउने
भन्ने विषयमा जानकारी
गराइएको थियो ।
त्यस्तै तालिममा सहभागीहरूलाई
पत्रकारहरूले गर्न हुने
र नहुने लगायतका
विभिन्न विषयमा जानकारी गराइएको
थियो ।
नेपाल पत्रकार महासंघ केन्द्रिय
कार्यालयबाट टिका विष्ट
र पर्साका दिपेन्द्र
प्रसाद कानुले प्रशिक्षण दिनुभएको
थियो भने केन्द्रिय
कार्यालयबाटै सपना परियारको
समेत सहभागीता रहेको
थियो । प्रशिक्षकहरूले
सहभागीहरूलाई तीन दिनसम्म
अभिनय, मनोरञ्जन, छलफल सामुहिक
छलफल र लेखनजस्ता
विधिहरू प्रयोगगरी सहभागीहरूलाई प्रशिक्षण
दिनुभएको कुरा सहभागीहरूले
बताए ।
कार्यक्रममा नेपाल पत्रकार
महासंघ पर्सा शाखाका उपाध्यक्ष
ध्रुव साहले प्रशिक्षक
तथा सहभागीहरूलाई धन्यवाद
ज्ञापन गर्नुभएको थियो ।
कार्यक्रममा फोमन पर्साका
अध्यक्ष महेशचन्द्र गौतम, प्रेस
चौतारीका पर्सा जिल्ला अध्यक्ष
श्याम बञ्जारा, मधेशी
पत्रकार समाजका सन्तोष पटेललगायतले
आ–आफ्नो मन्तव्य प्रस्तुत
गर्नुभएको थियो ।
(२०६९ फागुन २४ गते प्रकाशित)