क्राइमचेक प्रतिनिधि÷
वीरगंज÷एसएलसी अर्थात् प्रवेशिका
परिक्षालाई मर्यादित बनाउन अभिभावक,
विद्यार्थी र शिक्षकको
समान सहयोगको आवश्यकता
भएकोमा सरोकारवालाले जोड दिएक
छन् ।
रेडियो वीरगंजले होटल
सम्झनामा बुधबार आयोजना गरेको
अन्तरकृयामा कार्यक्रममा जिल्ला शिक्षा
अधिकारी हरिप्रसाद वस्तीले आचारसंहिताको
पालना गर्दै विद्यार्थीले
परिक्षा
दिए कुनै
समस्या नहुने बताए ।
शिक्षा पत्रकार अनन्तलाल
दासले नियमितरुपमा अध्ययन
गर्ने विद्यार्थीहरुले प्रवेशिका
परिक्षा बिग्रिने चिन्ता लिनु
आवश्यक नभएको बताए ।
उनले भने,एसएलसीलाई
सानै देखि हामीले
हाउगुजी बनाइ दिएका
छौं,वास्तविकता त्यस्तो
होइन,नियमित पढ्ने
सहजै पास हुन्छन्
।
कार्यक्रममा
बोल्दै पर्साका प्रहरी उपरिक्षक
पिताम्बर अधिकारीले विद्यार्थीको मनोबल
घटाउन परिक्षा कक्षाभित्र
सुरक्षाकर्मी नजाने भन्दै परिक्षा
केन्द्रमा हुने अमर्यादित
कृयाकलाप रोक्नका लागी मात्र
प्रहरी परिचालन गरिने बताउनुभयो
। (२०६९ फागुन २४ गते प्रकाशित)