प्रंधानन्यायाधीश प्रधानमन्त्री बने तानाशाही व्यवस्था शुरु हुन्छ


क्राइमचेक प्रतिनिधि÷
काठमाण्डौ÷नेपाली काग्रेसका नेता डाशेखर कोइरालाले  प्रधानन्यायधिस खिलराज रेग्मी प्रधानमन्त्री बनेको दिनदेखि मुलुकमा तानाशाही शासन सुरु हुने दावी गर्नुभएको  
                रिपोटर्स क्लव नेपालले राजधानी काठमाण्डौमा आयोजना गरेको एउटा कार्यत्रलममा बोल्नुहँदै कोइरालाले प्रधानन्यायधिश प्रधानमन्त्री बने कार्यपालिकान्यायपालिका  व्यवस्थापकीय अधिकार एउटै ब्यक्तिमा नीहित हुने भएकोले निरकुंशता असम्भावी हुने ठोकुवा गरे 
उनले भने–“बाबुराम भट्टराई नामको तानाशाह हटाउने नाममा अर्को तानाशाह नजन्माऔ 
बाबुराम भट्टराईलाई हटाउने  निर्वाचन गराउने नाममा मुलुकमा 
लोकतान्त्रिक
मुल्य मान्यतालाई बलि नचढाउन आग्रह गर्दै कोइरालाले बहालबाला प्रधानन्यायधिसबाहेकको जुन सुकै विकल्प स्विकार्न समेत आफू तयार रहेको बताए  उनले आग्रह गर्दै भने(चुनाव  बाबुराम हटाउने नाममा लोकतन्त्र  स्वतन्त्र न्यायपालिकालाई ध्वस्त नपारौ  बहालबाला प्रधानन्यायधिस बाहेक जो भए पनि  फुलमाला लिएर स्वागत गर्न जान्छु 
                एमाओवादीकै आग्रहमा पार्टी सभापति सुशिल कोइरालाको नाम घोषणा गरेकोले पहिला किन उहाँ हुन नसक्ने भनी जवाफ आउनु पर्ने माग गर्दै प्रधानन्यायधिश बाहेक साना दलपूर्व सभामुख उपयूक्त विकल्प हुन सक्ने प्रस्ताव कोइरालाले गरे 
कोइरालाले सर्वोच्च अदालतमा विचाराधिन रहेको विषयलाई फैसला आउनु भन्दा अघि नै अर्थात फागुण २४ गते अघि नै सरकार बनाउने तयारीले शिर्ष नेताहरुले लोकतन्त्र नै नबुझेको स्पष्ट भएको भन्दै विचारधिन मुद्दा हुँदा हुँदै प्रधानमन्त्री स्विकार्ने  अदालतबाटै विज्ञप्ति निकाल्ने प्रधानन्यायधिसलाई अदालतको अवहेलना सम्बन्धी मुद्दा लाग्ने बताए 
                उनले भनेमाओवादी जे भन्दै  प्रधानन्यायधिश त्यही बोल्दैन  माओवादीले संविधानसभामै न्यायपालिकालाई संसद मातहत राख्नु पर्छ भनेको थियो  अहिले पनि त्यही षडयन्त्रमा अघि बढिरहेको  
शिर्ष नेताहरुले आफूहरुले धेरै विकल्प दिदा दिदै पनि दलहरुको बाट विकल्प नखोजी च्याप्टर क्लोज भनेको गुनासो गर्दै कुन ताकतले गर्दा प्रधानन्यायधिस हुदैन भन्न नसकेको भनि प्रश्न उनले गरे 
                उनले प्रधानन्यायधिसको नेतृत्वको विषयमा देशै विभाजित भएको अवस्थामा फेरी पनि प्रधानमन्त्री बनाई आफूले सधै विरोध गर्ने स्पष्ट पार्दै प्रधानन्यायधिस नेतृत्वको चुनावी सरकारले जेठमा  के मंसिरमा समेत निर्वाचन गर्न नसक्ने ठोकुवा गरे  
                राष्ट्रिय जनशक्ति पार्टीका सह अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले निर्वाचन राजनीतिक विषय भएकोले समाधान पनि राजनीतिक दलले मात्रै दिन सकने भन्दै प्रधानन्यायधिसले समस्याको समाधान गर्नै नसक्ने ठोकुवा गरे 
                अहिलेको गतिरोधको निकास निर्वाचन नै भए पनि प्रमुख दलहरुको सत्तालोभका कारण निर्वाचन हुन नसकेको आरोप लगाउँदै प्रधानन्यायधिसले प्रधानमन्त्री हुनु पूर्व राजिनामाको घोषणा गरे मुलुकले निकास पाउने विश्वास ब्यक्त गरे 
                चार दलका शीर्ष नेताहरु चार राजा बन्न खोजेकोले मुलुकमा समस्या उत्पन्न भएको दावी गर्दै लोहनीले शक्ति सन्तुलनको विधायीकी खुट्टा भाचिएर असन्तुलित भएको बेला प्रधानन्यायधिसलाई प्रधानमन्त्री बनाउने कुरा गरेर अर्को खुट्टा समेत भाच्ने षडयन्त्र भएको आरोप लगाए 
                बाध्यताको नाममा लोकतान्त्रिक मुल्य मान्यतालाई ध्वस्त पार्ने काम मान्य हुन नसक्ने स्पष्ट पार्दै उनले ठूला दलले आफू असफल भएको घोषणा गरेर अरु दललाई जिम्मेवारी दिन आब्हान गरे  लोहनीले पनि दलहरु विकल्पको रुपमा स्विकार नभए नागरिक समाजपूर्व न्यायधिस जुनसुकै विकल्पमा समेत जान सकिने स्पष्ट पारे 
                राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले एमाओवादीले निर्वाचनको खेती गरेर हेगमा जान नपरोस भन्ने दाउ कसेको  मधेसी मोर्चाले पनि सोही नाममा लाखौ लाख भारतीयलाई बंशजको आधारमा नागरिकता दिलाउने षडयन्त्र गरेको आरोप लगाए 
सर्वोच्च अदालत राष्«िय अन्तर्राष्«िय शक्ति केन्द्रहरुको आखाँको कसिंगर बन्दै आएकोले अदालतलाई विगार्न प्रधानन्यायधिसको नेतृत्वको प्रस्ताव ल्याएको दावी गर्दै उनले लोकतन्त्रको लागि लडेका राजनीतिक दलका नेताहरुलाई बाईपास गरेर मुलुकले निकास पाउनै नसक्ने ठोकुवा गरे 
                समस्या राजनीतिक भएकोले राजनीतिक दलले नै निकास दिन सक्ने भन्दै दलले सम्हाल्न नसकेको देशलाई प्रधानन्यायधिसले कुनै पनि हालतमा निकास दिनै नसक्ने दावी गरे  केसीले प्रधानन्यायधीश प्रधानमन्त्री बन्नै नसक्नेबने पनि निर्वाचन हुनै नसक्ने  निर्वाचन भए पनि संविधान बनाउनै नसक्ने ठोकुवा गरे  माओवादीले संविधानसभा विघठन भएको चार महिनासम्म संविधानसभा ब्यूताउने खेती गरेकोत्यसपछि दलहरुले आन्दोलनको तयारी गरिरहेको बेला प्रधानन्यायधिसको नेतृत्वको पासा फालेको उल्लेख गर्दै यो आन्दोलनलाई ध्वस्त बनाउन ल्याएको प्रस्ताव भएको दावी गरे 
                नेपाल कम्यूनिष्ट पार्टी क्रान्तिकारीका नेता मणि थापाले मुलुकलाई सामाजिक फासिबादमा लैजान बाबुराम  प्रचण्डले योजनाबद्ध रुपमा प्रधानन्यायधिसको नेतृत्वको प्रस्ताव ल्याएको दावी गर्दैै मुलुकको प्रजातान्त्रिक संरचनालाई ध्वस्त पारेर नेपाललाई विदेशीको खेल मैदान बनाई तिब्बत हान्ने योजनाको प्रारभ्म भएको बताए 
प्रधानन्यायधिसको सरकार बहिस्कार गर्ने  त्यसो सरकराले गर्ने निर्वाचनमा समेत सहभागि नहुने घोषणा गर्दै अब हुने तेस्रो जनआन्दोलनबाट बन्ने सरकारले मात्रै निर्वाचन गराउन सक्ने चेतावनी दिए  उनले जनआन्दोलन तेस्रो गर्ने  त्यसलाई दवाउन खोजिए हतियार उठाएर दोस्रो जनयूद्ध गर्ने चेतावनी दिदै आन्दोलन बाहेक अब अर्को निकास नभएको दावी गरे 
उनले विदेशीका एजेण्ट बनेका बाबुराम भट्टराई  प्रचण्डलाई जेल पुर्याउने आन्दोलनको आवश्यकतामा जोड दिदै उनीहरुले लामो समयदेखि विदेशीको एजेण्टको रुपमा नेपालका काम गर्दै आएको आरोप लगाए  उनले जनयूद्ध सुरु भए विराटनगरमा रहेको भारतीय सेनाको अखडालाई ध्वस्त बनाएर सुरुवात गर्ने समेत चेतावनी दिए 

SHARE THIS

Author:

Facebook Comment