१२ बर्षपछि भुरुभुमिबाट बिश्राम

चाहे ५० डिग्री माथिको तापक्रम होस् वा अत्यन्त मुटु छुने चिसो हावा बगेको दिन होस्, धादिङका कृष्ण तामाङले यस्ता मौसमसँग कहिले सम्झौता गर्न जानेन् । हरेक दिन बिहानदेखि साँझसम्ममा खेतीपातीको काममा लाग्दा लाग्दै १२ बर्ष बितेपछि बल्ल भुरुभुमिबाट बिश्राम लिएका छन् ।
बैदेशिक रोजगारको लागि कतार आएदेखि 'परिवन्द' परेर स्वदेश फिर्न नसकेका ५५ बषिर्य तामाङ आज बिहान बुधबार बिहान स्वदेश पुग्दैछन् । 'यो १२ बर्षे जेल जिबनजस्तो भयो', उनले भने,'एउटा पर्खालभित्रको जिन्दगी बिताए । बल्ल यसबाट बाहिर आउने आँट आयो ।'
२ जेट २०५८ मा कतार छिरेका तामाङ दलालको चंगुलमा परेर गैरकानुनी हैसियतमा पुगेका कार्यरत थिए । कतारको सबै कानुनी प्रक्रिया पुरा गरेर उनी नेपाली दुताबासको सहयोगमा स्वदेश फिर्न सफल भएका हुन् । 'यो भरुभुमिमा बाँदरको मुटु लिएर बसे', उनले भने,'बाध्यतामा परेपछि हरेक ठाँउमा सम्झौता गर्नुपर्दोरहेछ ।' 
तनुवा भिसामा आफ्नै चिनजानका मित्रमार्फत आएका थिए । 'कम्पनी नाम मात्रैको रहेछ । मुदिर परेछ भिसाको  ब्यापारी ।', उनले भने,'उसले सप्लाईमा हालिदियो । बिरालोले बच्चा सारेको जस्तो कहिले कता कहिले उता । केहीको भर दिएन ।'
भिसालाई १९ सय रियाल र टिकटमा १७ हजार तिरेर यता आएका तामाङले सात महिनासम्म तलब पाएनन् । दैनिक खाना जुटाउन समेत धौधौ पर्‍यो । उद्धारको लागि २००२ मा नेपाली दुताबास पुगे । दुताबासले टिकट लिएर आउन भन्यो । 'खाने पैसा छैन, टिकट कताबाट जुटाउने', उनले भने,'इरानीसँग भेट भयो । उसको दाईको मजरा रहेछ । त्यतिखेर ७ सय तलब र एकसय खाना दिनेपछि उत्साह हुदै जंगलतिर छिरियो ।'
कहिले जमेलिया त कहिले समालको भरुभुमिको बीचको मजरामा काम गर्न थाले । अहिले साहनियाँमा आइपुगेका छन् । 'सागसब्जी लगाउने, उखाल्ने देखि गधा जोतेन कि पानी हालेन कि अर्वान ठेलेन', उनले भने,'यो कामले कुनै दिन खाली हुन दिएन ।'
बिहान ६ बजदेखि रात ६ बजेसम्म खटिनुपर्नेले दोहा शहर नजिक भएर पनि निकै टाढा बनाइदियो । उनले छाडेको दोहा शहरमा निकै बदलाभ आइसकेको छ । 'अहिले दोहा निकै परिवर्तन भएछ', उनले भने,'हाम्रो जिबनमा भने खास परिबर्तन आएन ।' प्रबासमा यति लामो बस्दा अरुलाई सुनाउने बिशेष खबर उनीसँग छैन् । 'मैले छोडेर आएको घरको मर्मतसम्भार गरे । औषधी उपचार र बच्चाहरुको शिक्षामा केही खर्च जुटाउन सफल भएँ', उनले भने,'त्यो भन्दा बढ्ता भएन ।'
कतार आउनुअघि कान्छो छोरो दुईमा पढ्दै थियो । कान्छी छोरी ४ मा । अहिले कान्छो आएमा र कान्छी बिएमा पढ्दैछन् । ठुली छोराछोरीको बिबाह भइसकेको छ । 'पढाईमा कुनै कमी आउन दिइनँ' भन्छन्,'यत्तिमा म खुसी छु ।' उनी कुवाको भ्यागुतोबाट बाहिर निस्कन पाएकोमा खुसी छन् । यो खाडीमा आएर उनले जानेको मलजल र पाखुरो भएपछि जस्तो ठाँउमा पनि उत्पादन हुन्छ । 'म जुन ठाँउमा पहिला पुग्थे । त्यहाँ माटोमात्रै हुन्थ्यो । त्यही मलजल गरियो । हराभरा उत्पादन हुन्थ्यो', भन्छन्,'मैले ढ्ंगामाटोसँग खेल्न जाने । अब गाँउ गएरपनि यहीसँग खेल्छु ।' ६ महिना खानपुग्ने जग्गा छ । दुईफिट गर्‍हा छ भने १० फिट कन्ला छ । यसमा गएर जानेको सीप लगाउने उनको योजना छ ।  यता आएको दुईसातामा 'बिरेन्द्र सरकार' मारिएको खबर पाएका थिए । अब उनी स्वदेश फिर्दा राजनैतिक रुपमा धेरै परिवर्तन आएको पाए पनि आर्थिक रुपमा मुलुकको अबस्था कमजोर पाउने पिरालोले चिन्तित छन् ।
कतारमा उनले बनाएको एउटा योजना बने अधुरै रह्यो । सधै भन्थे,'यामनाथ भाई र मसँगै घर फर्किने हो । पहिला मेरो घरम यमनाथ जान्छन् । त्यसपछि म उसलाई पुर्‍याउन रुपन्द्रेही पुग्छु ।'
रुपन्द्रेहीका यामनाथ चापागाई पनि स्वदेश नफिेको १० बर्ष भयो । एकअर्काको प्रगाढ मित्रता र भरोसामा यो खाडीमा दशक काटेका तामाङ हिडेपछि यामनाथले भने,'मपनि अब आउने नोभेम्बरमा फर्किने हो

SHARE THIS

Author:

Facebook Comment