पत्रकारहरूको आनीबानी


बिम्मी शर्मा
अहिले नेपालमा पत्रकार सम्मेलनको बाढी आएको हरेक दिन जसो कुनै कुनै पार्टीका नेताले पत्रकारहरूलाई बोलाई पत्रकार सम्मेलन गरिरहेका छन् यी नेताहरु पत्रकार सम्मेलनको बहानामा आफ्नो मनको भडास सबै पोख्दछन् त्यस्तै पत्रकारहरु पनि प्रश्नको गोली दागेर उत्तर दिन बसेकालाई निरुत्तर पार्दछन् पत्रकारहरुमा यो मानसिकताले जरो गाडिसकेको कि पत्रकार सम्मेलनमा प्रश्न गररे मात्र ठूला पत्रकार भइने सबैको आँखामा पर्ने भइन्छ त्यसैले समाचार राम्रो लेख्न नआउनेहरु पनि प्रश्नमाथि प्रश्न गरी नेताहरुलाई हायलकायल पार्दछन् अझ कतिपय पत्रकार अलिकता पढेलेखेकाहरुसँग प्रश्न लेखाएर ल्याएर त्यसलाई सुगाझैं रटेर नेतामाथि मशिनगनझैं भट्भट् बसिन्र्छन्

      राष्ट्रको चौथो अङ्गको सम्मान पाएका पत्रकारहरु पनि कम छैनन्, पत्रकार सम्मेलनमा चियाको चुस्कीसँगै राम्रो नास्ताको पनि व्यवस्था भने मिठो मुस्कानकासाथ शिष्ट भाषमा विराजमान हुन्छन् नत्र भने सो सम्मेलनमा आउँदैआउँदैनन्, आइहाले पनि ओछ्यानबाट सिधा मुख पनि नधोएर त्यहीं पुग्छन् अझ जाडो महिना भने सिरक पनि ओढेर पुग्न बेर छैन पत्रकारका लागि बिहानको कार्यक्रम मन पर्दैन, यसले एक दिन अगाडि उनीहरू कुन रेस्टुरेन्टमा कोसँग भलाकुसारी गर्न बसेका थिए त्यहाँ भोडका, रम, जीन कति प्याग पेटको इनारमा खन्याएका थिए त्यसको सबै पोल खुल्दछ त्यसैले पत्रकारहरु सकेसम्म चाहन्छन् दिउँसो खाना खाने टाइममा पत्रकार सम्मेलन होस्, त्यसमा कुखुराको रोष्ट चपाउन पाइयोस् अझ साँझपख वा राति पत्रकार सम्मेलन भए झनै राम्रो तर साँझ वा रातिको पत्रकार सम्मेलनमा चिया वा कफी सर्म गरे यो चौथो अङ्गले आफ्नो सबै मर्यादा बिर्सेर ताण्डव नृत्य देखाउन लाग्दछन् सके त्यो चियाकफी सर्म गर्नेकै टाउकोमा खन्याउन बेर छैन
       साँझ वा रातिको पत्रकार सम्मेलनमा देशको चौथो अङ्ग जाँडले नुहाएपछि त्यो समाचार भोलि नभएर पर्सीपल्टको पत्रिकामा छापिन्छ, त्यो पनि नेताहरुको स्तुतीगान गर्दै प्रशासन, प्रहरी वा दलका नेता कसैले पनि पत्रकार सम्मेलन गरेर त्यसको समाचार वा परिणाम राम्रो आओस् भन्ने चाहन्छन् भने पत्रकारहरुकोसम्मान राम्ररी गर्नुपर्दछ अब पत्रकारकोसम्मान भनेको के हो यो सबैले बुझेकै छन् पत्रकार सम्मेलनमा यी पत्रकार महोदयहरु आफ्नो मिल्ने पात्रसँग झुन्ड बनाएर बसेका हुन्छन् कुनै गोप्य कुरालाई एक अर्कासँग बाँडीचुँडी पनि गरिराखेका हुन्छन् पत्रकारहरु कलमसँगै आँखाको इशारामा पनि पोख्त हुन्छन् इसाराबाट नै कतिवटा षडयन्त्र गरिसक्छन् भने कतिवटा भेद पनि त्यही आँखाको भावबाट व्यक्त हुन्छन् पत्रकार सम्मेलनमा बोलाइएका ती अतिथि वा नेताको भाषण भन्दा सुन्न केही टिप्न बसेका यी पत्रकार मनुवाहरुको हावभाव गतिविधि रोचक हुने गर्दछ
       कतिपय पत्रकार सम्मेलनमा पत्रकारहरु मोबाइलको हेडफोन दुवै कानमा लगाएर गोरुझैं टाउको हल्लाएर बसिराखेका हुन्छन् कतिपयलाई भने पट्यार लागेर हाईहाई आउन थाल्दछ यसैबीच टेबुलको तलबाट सुर्ती खैनीको आदानप्रदान चल्न थाल्छ मुखमा सुर्ती वा खैनीको सानो बुजो लगाएपछि उनीहरुमा केही गरौं भन्ने जोश चल्छ जसले गर्दा कुरो कन्तोको प्रश्न गरेर उपस्थित भएकाहरुको सामु आफ्नो हरिविजोग गर्दछन् यस्ता कतिपय पत्रकार सम्मेलनमा कुनै कुनै पत्रकार बन्धुहरुलाई नाक, कान कोट्याउने कपाल कन्याउने सनक चढ्दछ छेउमा बसेको मान्छेको ख्याल नै नगरी उक्त पत्रकार ती कृयाहरुलाई यसरी दोहो¥याउँछन् कि त्यहाँ बसे वमन नै हुन बेर, हैन भने अर्को कुर्सीमा गएर बस्नुपर्ने स्थिति आउँछ अनि कहिलेकाहीं सानो चिटमा कसैको बारेमा केही लेखेर पालैपालो सबैलाई पढ्न दिइन्छ यसबाट पत्रकार सम्मेलनमा अर्को तरङ्ग उत्पन्न हुन्छ प्रश्न गर्न लागेकै समयमा नास्ताको प्लेट हाजिर भने पहिला नास्तामाथि हात साफ गरिन्छ त्यतिन्जेल त्यो प्रश्न पनि नास्तासँगै पेटको कुनै कुनामा थन्किन पुग्दछ
        पत्रकार सम्मेलनको सबैभन्दा ठूलो विशेषता होसमयमा सुरु नहुनु १० बजेको पत्रकार सम्मेलन ११ बजे सुरु भए पनि अहो भाग्य मान्नुपर्छ आयोजक प्रमुख अतिथि सबै कुर्सीमा विराजमान छन् तर पत्रकार महोदयको अत्तोपत्तो छैन पत्रकार समयमा नआएपछि आयोजकले के भन्नु प्रमुख अतिथिले के सुनाउनु अनि उनीहरुको समाचार कसले पढ्ने कसले सुन्ने, परेन आपत ? बिचराहरु नुन खाएको कुखुराझैं झोत्र्mयाएर बसेका हुन्छन् यतिकैमा अबेर भए पनि अनुहारमा कुनै ग्लानीबोध नल्याएर पान चपाउँदै काँधमा क्यामरा झुन्ड्याएर मुसुक्क हाँस्दै पत्रकार महोदयभगवान झैं प्रकट हुन्छन् त्यसपछि सबैसँग हात मिलाएर भलाकुसारी गरेपछि उनी आफ्नो सिटमा विराजमान हुन्छन् अब आयोजक प्रमुख अतिथि दुवैको ओठको लुप्त भएको हाँसो फर्किन थाल्छ कुनै कुनै पत्रकार सम्मेलनमा पत्रकार आइपुगे पनि प्रमुख अतिथि नै गायब हुने गर्दछन् त्यसबेला देशको चौथो अङ्गलाई आफ्नो समय बिनासित्ति खेर फालिदिएकोमा रिस उठ्दछ आयोजकमाथि बमको गोला प्रहार गर्न थाल्दछन् पत्रकारहरु आपूm यति उती महत्वपूर्ण भएको प्रलाप गर्दै प्रमुख अतिथिलाई सराप्न थाल्दछन्
       पत्रकार सम्मेलन सा¥है रमाइलो हुने गर्दछ जानुपर्ने कर भएकाहरु गइहाल्छन् कहिलेकाहीं नजानुपर्नेहरु पनि सो पत्रकार सम्मेलनमा गएर भरपूर मनोरन्जन गर्न सक्दछन्   त्यो पनि फोकटमा, अझ चिया नास्ता पनि खान पाइने हलमा गएर तीन घण्टाको फिलिम हेर्नमा जति मजा आउँदैन त्यति पत्रकार सम्मेलनमा आउँछ यसरी एक पैसा खर्च नगरेर मनोरन्जन लिन पाउने ठाउँहरु नेपालमा सर्वत्र हुँदाहुँदै पनि मान्छेहरु त्यो नक्कली अभिनयलाई सिनेमाको पर्दामा हेर्न किन मरिहत्ते गर्छन् कुन्नी ! जबकि पत्रकार सम्मेलनमा सबै जीवन्त सक्कली हुने गर्दछन् मलाई अचम्म लागेको कि अहिलेसम्म पत्रकार सम्मेलनलाई विषयवस्तु बनाएर किन कुनै टिभि सिरियल वा फिल्म बनाइएन ? किन यस विष्यमा कुनै साहित्यिक रचना लेखिएन ? कहिलेकाहिं देशको चौथो अङ्गले कुर्सी तोडफोड गर्न माइक भाँच्नुका साथै यति जीवन्त दमदार अभिनय गर्दछ कि उसलाई राष्ट्रिय पुरस्कार दिनुपर्छ, भलै उसलाई समाचारको पनि लेख्न नआओस् त्यसैले हाम्रा पत्रकार बन्धुहरु राम्रो खाजा चिया (चियाको साटो अरु कुनै झोल कुरा पनि हुन सक्छ ) व्यवस्था भएको पत्रकार सम्मेलन सधैं होस भन्ने चाहन्छन् उनीहरुको यो इच्छा हाम्रा योग्य नेताहरुले पूरा गरिदिउनतथास्तु
(२०६९ फागुन २४ गते प्रकाशित)

SHARE THIS

Author:

Facebook Comment