तोडफोडको सन्त्रास


                वीरगंजको घण्टाघरदेखि छपकैयाचोकसम्म झण्डै ५० वर्ष अघि बनेका पक्की घर बिल्डअप एरियाको अवधारणा अन्तर्गत नभत्काउनुपर्नेमा भौतिक योजना निर्माण तथा यातायात व्यवस्थामन्त्री ह्दयेश त्रिपाठीको भनाई सडक डिभिजन कार्यालय हेटौडाको ३५ दिने सार्वजनिक सूचनाको आधारमा भत्कन सक्ने  प्रवल संभावनाका कारण सो क्षेत्रका घरधनि, पसलेहरू त्रसित बनेका छन् घरधनी व्यवसायीहरूको हित संरक्षण कसले गर्छ भनेर विकल्पकालागि एकत्रित हुँदैछन् सशक्त जनदबाव नभएमा घण्टाघरदेखि छपकैया चोकसम्मको दुबै सडक किनाराको घरपसल भत्कनेछन् राज्यको नियम कानुन उलंघन गर्न मिल्दैन राज्यको ऐन, नियम कानुन व्यवहारिक, वैज्ञानिक भएन नियम कानुन लागु गर्दा सर्वसम्मत विवेकपूर्ण भएन भने त्यस्ता नियम कानुनले अवश्य पनि जनताको भलाई, सडकको विस्तारमा भन्दा ध्वशं आतंककोलागि सहायक 
सिद्ध हुनेछ
                एशियाली विकास बैंकको आर्थिक सहयोगमा हेटौडावीरगंज फोरलेन सडक विस्तार गर्न लागेको २०३१को सडक ऐन अनुसार साविकमा काय रहेको  मूख्य सडक किनारतर्फ २५÷२५ मिटर फराकिलो गर्न निर्मित घरहरू भत्काइने भनिएको सोही ऐन अन्तर्गत काठमाण्डौ उपत्यकामा सडक विस्तारका नाममा पक्कीघरहरू सबै भत्काइएको देखेर वीरगंजका सडक छेउका सबै घर भत्काइने डर एवं संत्रासले वीरगंजमा आतंक नै मच्चाएको सर्वत्र यही चर्चा एकअर्कासँग भेटको क्रममा घर भत्किने भत्काइने कुरा हुँदैछ घर भत्कने नभत्कने बारेमा कुनै पनि व्यक्तिले यकीन जवाफ दिनसक्ने अवस्था छैन सार्वजनिक सूचना जारीलाई हेर्नेहो भने दुबै सडक किनारको घर भत्कने संकेत मिलेको सरकारले कानुन जनतको भलाइकैलागि बनाउने हो सडक विस्तारपनि जनताकै लागि हुने हो विवेक विकल्पलाई ध्यन दिने कि कानुन बनेपछि संझौता हुन सक्दैन, कार्यान्वयन भएर छाड्छ अन्यत्र भत्किएछ भने वीरगंजमा मात्र के कति कारणले नभत्काउने भनेर स्थानीय प्रशासन सरकारले प्रश्न गर्न सक्दछ वीरगंजको सवालमा सडक विस्तार गर्नकालागि प्रशस्त विकल्प पुरानै सडक विस्तार गरेर पूरै वीरगंज नगर कुरुप बनाउन आवश्यक छैन वीरगंज उद्योग वाणिज्य संघ, उद्योगपति, व्यापारी, व्यवसायीको हकहितकोलागि लड्ने संस्था हो सरकारी नीति कार्यक्रम ठीक, व्यवहारीक, वैज्ञानिक नभए त्यसको विरोधमा सशक्त ढंगले उत्रनुपर्दछ वीरगंजको सडक विस्तार सार्वजनिक सरोकारको विषय हो विकल्प विवेकलाई महत्व दिने कि मर्का पर्नेहरू कराइएरहन्छन्, सरकारले कानून कार्यान्वयन गराउन रोक्न सक्दैन भनेर अघि बढ्छ भने त्यसको सकारात्मक नकारात्मक प्रभावलाई स्थानीय प्रशासन सरकारले व्योहोर्नैपर्छ विल्डअप एरियाको घर नभत्काउने अवधारणा नितान्त व्यवहारिक तर कानुनसम्मत छैन विवेकसम्मत बनाउने घर भत्काइँदा, सडक विस्तार गर्दा जनताको सहयोगको ख्याल गरिनुपर्छ जनतालाई आतंकित, त्रसित भयभीत पार्ने काम जनताको क्षति, नोक्सानी पु¥याउने काम अवश्य सरकारको होइन सरकारले जनताको मन जित्ने जनताको भलाई गर्ने कामलाई विशेष महत्व दिनुपर्छ घण्टाघरदेखि छपकैयासम्मको सडक विस्तार गर्दा सैयौं घर पसल भत्काउनु पर्नेहुन्छ भत्काइने सबै घरको नक्सा वीरगंज उपमनपाबाट पास भएका छन् नक्सापास भएका घरजग्गाको क्षतिपूर्ति सरकारले दिनुपर्ने, सडक विस्तारबाट जनताहरू पनि खुशी नहुने, सहर पनि सुन्दर नदेखिने भएपछि सरकारले विकल्प रोज्नैपर्दछ ऐन, नियमलाई संशोधन गर्नैपर्छ (२०६९ फागुन २४ गते प्रकाशित)

SHARE THIS

Author:

Facebook Comment