ईतिहास साक्षी छ,
हाम्रो देशमा भएका विभिन्न
ठूल–ठूला क्रान्तिहरू
पत्रकारहरूको लेखकै कारणबाट भएको
छ । चाहे
त्यो २००७ सालको
क्रान्ति होस, २०१७
सालको होस या
२०४६ वा २०६२÷०६३
वा त्यसलगत्तैको मधेश आन्दोलन
नै किन नहोस
कुनै पनि क्रान्तिलाई
सफलतामा परिणत गर्न त्यस
मुलुकका पत्रकारहरूको ठूलो भूमिका
हुन्छ भन्ने कुरामा
कुनै दुईमत हुन
सक्दैन । पत्रकारले
आफ्नो कलममार्फत देशमा
पु¥याएको योगदानलाई
कुनै वीर सेना
अर्थात योद्धाभन्दा कम मान्न
सकिंदैन । पत्रकार
एवं लेखकहरूको लेखाईकै
कारणले समाजमा व्याप्त कुरीतिहरूजस्तै
बालविवाह, छुवाछुत, लैंगिक विभेद,
महिला अशिक्षाजस्ता सामाजिक
कुरीतिहरूको सामना गर्न पत्रकारहरूले
पु¥याएको योगदानलाई
कहिल्यै पनि बिर्सिन
सकिंदैन ।
त्यस्तै देशका मदन
भण्डारी, विपी. कोइराला, गणेशमान
सिंहजस्ता ठूला–ठूला
राजनेताहरूले पनि पत्रकारहरूले
प्रवाह गर्ने सन्देशको माध्यमबाट
आफ्नो कार्यदिशा तय
गर्ने गर्थे ।
कतिपय समयमा ती
राजनेताहरूले आफूले गरेको गल्ती
सञ्चारमाध्यममा आएपछि सुधार गर्ने
प्रयास गरेका थिए ।
पुराना पुस्ताका राजनीतिज्ञहरू सञ्चारमाध्यममा
आफूविरुद्ध आएका नकारात्मक
सन्देशलाई खुशीकासाथ स्वीकार गरी
आफूभित्रका कमि कमजोरीहरूलाई
सुधार गरी देश
विकास अनुकुलका योजनाहरू
बनाउँथे । त्यसकारण
मेरो बुझाइमा त्यसबेलासम्म
पत्रकारिताकोलागि स्वर्णीम युग रह्यो
।
त्यसको केही वर्ष
पछि देशले माओवादी
नामक तत्कालिन आतंककारीको
द्वन्द्व अर्थात हिंसाको सामना
गर्नुप¥यो ।
त्यसक्रममा कतिपय पत्रकारहरू असुरक्षित
भई ज्यान समेत
गुमाउन पुगे भने
कतिपयले शारीरिक मानसिक सामाजिक
लगायतका थुप्रै यातनाहरूको सामना
गर्नुप¥यो ।
यसैक्रममा देशमा २०५८ सालमा
तत्कालिन राजा वीरेन्द्रको
वंशनाशको दुःखद अवस्था व्यहोर्नु
परेको अवस्था र
माओवादीद्वन्द्व चलिरहेकै समयमा राजा
वीरेन्द्रपछि शाहवंशीय परम्पराअनुसार राजगद्दीमा
विराजमान हुन पुगेका
राजा ज्ञानेन्द्र शाहले
विस्तारै हरेक क्षेत्रमाथि
आफ्नो अधिनायकवाद र
निरंकूशता लाद्ने प्रयास गरिरहँदा
त्यसको चरम सीमा
पार गर्ने स्थितिमा
नेपालका मिडियामाथि विभिन्न किसिमले
अंकुश लगाउन थालियो
भने देशमा निरंकुशता
भावी हुँदै गएर
साशन सत्ता समेत
राजा ज्ञानेन्द्रले आफ्नो
हातमा लिएर अत्ति
नै गर्न थालेको
अवस्थामा तत्कालिन समयमा पत्रकारहरूले
जनतालाई उनको हक
अधिकारको बारेमा जानकारी गराउन
थालेपछि त्यसबाट राजसंस्थाको विपक्षमा
ठूलै दुष्परिणाम निस्क्यो
र सबै त्यसबाट
नराम्ररी प्रभावित हुन पुगे
। देश थुप्रै
किसिमका समस्याको घेराबन्दीमा प¥यो ।
त्यसलगत्तै २०६२/०६३,
मधेश आन्दोलन लगायतका
थुप्रै द्वन्द्वात्मक हिंसा भए जसलाई
पत्रकारहरूले पत्रकारिताको माध्यमबाट नयाँ दिशा
दिए । मधेश
आन्दोलनपछि देशमा थुप्र्रै पार्टी
जन्मे र तिनीहरू
पत्रकारको सहयोगमा राज्यसत्ताको नेतृत्व
तहमा नै पुग्न
सफल भएर सत्तामा
कब्जा जमाउन समेत
सफल भए ।
त्यति मात्र नभई
छापा र विद्युतीय
सञ्चारमाध्यमबाट देशका नागरिहरूसँग परिचित
हुन पुगे ।
पत्रकारहरूले
जहिले पनि आफ्नो
ज्यान जोखिममा पारेर
भ्रष्टचारमुक्त, विकासयुक्त, शान्त र
समृद्ध नेपाल बनाउने कार्यमा
लाग्दै आएका छन्
तर हामी सबैलाई
थाहा भएकै कुरा
हो कि हरेक
सिक्काको दुईवटा पाटो हुन्छ
। भनिन्छ आवश्यकता
अविष्कारको जननी अर्थात
आमा हुन्छ ।
देशमा भएको प्रगतिसँगै चौथो
अंग अर्थात पत्रकारितामा
आएको तीव्र विकासक्रमसँगै
पीत्त पत्रकारिताबाट आफूलाई बचाउन
सकेन । आजको
परिवेशमा राजनीतिज्ञ होउन वा
मिडियाकर्मी वा कुनै
समाज नै किन
नहोस, तीव्रताकासाथ बदलिंदो
घटनाक्रमहरूमा आफूलाई सही तरिकाले
रुपान्तरित नगरेकै कारणले थुप्रै
दुर्घटनाहरूको सामना मात्र गर्नुपरेको
छैन कि त्यो
भन्दा पनि अर्कोमाथि
आरोप–प्रत्यारोप लगाउन पनि
कुनै कसरी बाँकी
राखिरहेका छैनन् ।
हिजोसम्म देश र
समाजको निर्माणमा अहम भूमिका
खेल्ने पत्रकारहरू अहिले आएर
आफैं वित्तीय क्षेत्र
(coprative sector) को रुपमा
विकसित हुनु, विभिन्न व्यवसायमा
संलग्न हुनु, छुटाछुट्टै दलका
नेताहरूको अनूकुल भएर उनीहरूको
ढाल अर्थात रक्षा
कव बनेर तिनीहरूको
प्रवक्ता अर्थात (Spokesman) बन्न पुगेका
छन् ।
यतिखेर जुवा–तास,
नून–तेल देखि
लिएर विभिन्न माफिया,
ठेकेदार र राजनेताहरूले
स्वयं आफ्नै मिडियाहाउस
खोलेका छन् ।
आजको परिवेशमा पत्रकारिता
जुन कठिन परिस्थितिबाट
गुज्रिरहेको छ पहिला
यस्तो कहिल्यै पनि
भएको थिएन ।
एउटा विद्वानले भनेका
थिए, “पत्रकारहरू स्वयं
नै प्रेसको मालिक
हुनुपर्छ, जसले जुनसुकै
परिस्थिति र मूल्यमा
भएपनि जनतासामु वास्तविक
यथार्थता आउन् तर
आज पत्रकारिता क्षेत्रमा
केही नक्कली अनुहारले
पनि घुसपैठ गरेका
छन् । जसलाई
पत्रकारिताको क, ख,
ग पनि थाहा
छैन खाली कालो
धन बचाउन वा
धन उब्जाउनकोलागि केही
पन्नाका पत्रपत्रिका एवं विद्युतीय
सञ्चारमाध्यम स्थापना गरेर आफूलाई
गन्यमान्य र स्वघोषित
वरिष्ठ पत्रकार भन्न लगाउने
गर्छन् ।
यसलाई यो देशको
दुर्भाग्य नै भन्नुपर्छ
कि जुन देशमा
एउटा सानो गाडी
चलाउन लाइसेन्स अर्थात्
चालक अनुमतिपत्रको आवश्यकता
हुन्छ तर त्यही
मुलकलाई सहि दिशा
दिने समाचारमाध्यमका पत्रकारहरूलाई
पत्रकारितासम्बन्धी शिक्षा किन नचाहिने
?
शासनको यो दिशामा
सोच एवं कडा
नियम कानुनको खाँचो
छ । त्यसको
निर्माण गर्नैपर्छ जसले हामी
जसले हामी सक्कली
र नक्कलीको पहिचान
गर्न सकौं र
वास्तविक पत्रकारहरूको स्तरीयतामा सुधार आइरहोस्
। आज वास्तविक
पत्रकारलाई आफ्नो अस्तित्व जोगाउन
पनि निकै कठिन
भइरहेको अवस्था छ । यतिखेर पत्रकारहरूको पहिलो
र प्रत्यक्ष लडाई
भनेको नै आफ्नै
मिडियाहाउसका मालिकसँग वास्तविक कुरालाई
उजागर अर्थात प्रकाश
पार्ने विषयमा नै भएको
पाइन्छ । किनभने
प्रेसका मालिक पत्रकार नभएर
साहु अर्थात व्यवसायी
हो त्यसैले ऊ
आफ्नो व्यवसायिक फाइदालाई
मात्र हेर्छ जसले
गर्दा नाङ्गो अर्थात्
वास्तविक यथार्थता कम र
देखावटी एवं मनगढन्ते
सत्य मात्र बाहिर
आउने गरेको पाइन्छ
।
समाज र
राष्ट्रलाई बढावा दिने अभिभारा
बोकेका संचारमाध्यम नै रेटिङ
बढाउनकालागि जथाभावी अर्थात् “बेला
न कुबेलाको” खबरमा
नै आफ्नो पूरा
समय खर्चिरहेका हुन्छन्
। आज विद्युतीय
सञ्चारमाध्यममा पनि बाटो
विराएको मौसममा जस्तै पत्रकारिताको
मूल र मर्मबाट
अन्यत्र अलपत्र परिरहेको अवस्था
छ । जसको
परिणामस्वरुप तिनीहरूको साखमा पनि
तीव्र रुपले गिरावट
आइरहेको छ ।
जस्को पछिल्लो उदाहरण
कुनै एक व्यक्तिले
सामाजिक सञ्जाल फेसबुकमा एउटा
स्टाटस अपलोड ग¥यो
“नेपालका पूर्व युवराज पारस
शाहको उपचारको क्रममा
मृत्यु । मृतात्माको
चीर शान्तिको कामना
।”
अब त्यही स्टाटस
हेरेकै भरमा नेपालका
केही अनलाईन मिडिया
लगायत केही रेडियो
समेतले कुनै छानबिन
र वास्तविकत पत्ता
नै नलगाई पूर्व
युवराज पारस शाहको
मृत्यु भएको खबर
प्रवाह ग¥यो
। त्यसले तुरुन्तै
केही चर्चा त
कमायो तर जब
वास्तविकता यथार्थ बाहिर आयो
कि होइन पूर्व
युवराज अहिलेपनि अस्पतालको श्ययामा
चिन्ताजनक अवस्थामा उपचार गराइरहेका
छन् र उनको
मृत्यु भइसकेको छैन त्यसपछि
त्यो मिडियाको साख
झ¥यो र
उसले पाठकहरू जित्न
सकेको विश्वसनीयता गुमायो
।
ठूल–ठूला
राजनीतिज्ञहरू पत्रकारलाई सम्मानको नजरले
हेर्थे, महावलशाली र शक्तिशाली
भएर पनि पत्रकारको
सामना गर्न डराउँथे,
तर आज यिनीहरूनै
आफ्नो छापा एवं
विद्युतीय सञ्चारमाध्यम खोलेर बसेका छन्
। त्यसैले आज
मिडियाहरू “बिकाउ”नामक
कलंकको टिका लगाएर
बस्नुपर्ने अवस्था सिर्जना भएको
छ ।
आजका पत्रकारहरू
पत्रकारिता देश र
समाजकोलागि होइन कि
आफ्ना मालिककोलागि गरिरहेका
हुन्छन्, जसका दुष्परिणाम
देशले भोग्नुपरिरहेको छ
। एउटा कुनै
समय थियो जब
पत्रिकामा छापिएको चार लाइनले
मुलुकको दिशा र
स्थिति तय अर्थात
निश्चित मात्र गर्दैनथे कि
त्यसमाथि कार्यान्वयन पनि हुन्थ्यो
। तर आज
पूरै पृष्ठ छाप्दा
पनि कसैलाई केही
फरक पर्दैन ।
उल्टै यसलाई “सित्तैमा
आएको प्रचारको संज्ञा
दिन्छन् । आज
केही व्यक्तिहरू सञ्चारमाध्यममा
छाइहरनकालागि र चर्चामा
आउनकालागि “जे पनि
गर्ने”
भन्ने मान्यता र
सिद्धानतमा आफूले आफैंलाई तल
खसालिरहेका छन् ।
यो अत्यन्तै दुःखद
एवं लज्जास्पद विषय
हो कि आजको
पत्रकारिताले मुलुकलाई भन्दा बढी
दिशा दिइरहेको छ
। यो न
पत्रकारिताकोलागि शुभ संकेत
हो न त देशको प्रगतिकोलागि नै
। अस्तु ।
( यो लेख यस
पत्रिकाको वेभसाइट www.crimechecknews.com मा
पनि हेर्न सक्नुहुनेछ
।) (२०६९ फागुन २४ गते प्रकाशित)