बचतकर्ताको करोडौं लिएर फरार सहकारीकर्मी पक्राउ

वीरगन्ज – चार सय भन्दा बढी वचतकर्ताको रकम लिई विगत एक महिनादेखि फरार रहेका जन कल्याण ऋण तथा सहकारी संस्था लिमिटेड वीरगन्जका संचालक श्याम भनिने रामप्रसाद साहलाई पर्सा प्रहरीले पक्राउ गरेको छ ।

वीरगन्ज उपमहानगपालिको वडा नम्बर–१९ नगवा निवासी साहलाई प्रहरीले गएराती ११ बजे वीरगन्जको सिमाक्षेत्रबाट नियन्त्रणमा लिई आज सार्वजनिक गरेको हो ।

वचतकर्ताको करोडौ रुपैया लिई विगत एक महिनादेखि फरार रहदै आएका साह रातीमा अध्याँरोको फाइदा उठाई भारत तर्फ भाग्न लागेको सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटेको प्रहरी टोलीले उनलाई वीरगन्जको शंकराचार्यद्वार नजिकैबाट पक्राउ गरेको एस.पी राजबाबु श्रेष्ठले बताए । उनले सहकारि संस्थाको ठगी प्रकरणमा संलग्न रहेका अन्य व्यक्तिलाई समेत अनुसन्धान गरी चाँडै नियन्त्रणमा लिने तयारी भएको जानकारी दिए ।

चार सय भन्दा बढी सदस्य संख्या रहेको जन कल्याण सहकारीमा निक्षेप गरेकाको तीन करोड भन्दा बढी रुपैयाँ ठगी भएको अनुशंधानबाट खुलेको एसपी श्रेष्ठले बताए । उनले सहाले वचत गरेको रकम गठी गरेको भन्दै जिल्ला प्रहरी कार्यालय पर्सामा सय जना भन्दा बढी सहकारी सदस्यहरुले ठगी मुद्दा दर्ता गराएको जानकारी दिए । पक्राउ परेको साहलाई आवश्सयक अनुसन्धानकालागि जिल्ला प्रहरी कार्यालय पर्साका राखिएको छ ।

रकम लिई फरार भएका सहकारी संचालक साह पक्राउ परेको खबर थाहपाएपछि आप्mनो रकम पाउने आसाका साथ सयौं सहकारी सदस्यहरु जिल्ला प्रहरी कार्यालय पर्साका पुगेका छन् ।

डिभिजन सहकारी कार्यालय पर्साले नियमित जिल्लामा रहेका सहकारी संस्थाहरुको काम कार्यवाहीको अनुगमन नगरेका कारण सहकारीमा निक्षेप गर्ने सर्वसाधारणको वचत जोखिममा परेको सहकारी सदस्यहरुले आरोप लगाएका छन् ।

SHARE THIS

Author:

Facebook Comment