वीरगंज कलेजद्वारा एकदिने तालिम सम्पन्न

बीरगंज ।
आज शनिबार होटल भिष्वामा बीरगंज कलेजमा अध्ययनरत प्लस टू तथा बी.बी.एस. का विद्यार्थीहरुका लागि उक्त कलेजले व्यक्तिगत विकास तथा प्रभावकारिताले बोल्ने शिप  (Personal Dynamics & Effective Public Speaking (EPS) विषयमाथि एक दिने तालिम सम्पन्न भएको छ ।

उक्त कार्यक्रम बीरगंज कलेजका डाइरेक्टर दिपेन्द्र कुमार चौधरीको सभापतित्व तथा कलेजका प्रिन्सिपल बिनोद गुप्ताको आतिथ्य तथा ठा.रा.ब. क्याम्पसका सहायक क्यामपस प्रमुख प्रमोद गुप्ताको मुख्य अतिथिमा सम्पन्न भयो ।

सो एक दिने तालिमको प्रशिक्षक बिनोद गुप्ता तथा दिपेन्द्र प्रसाद कानूले संचालन गरेका थिए भने कार्यक्रम संचालन दर्शन केसीले गरेको थिए । डा. आलोक दत्त , प्रेम प्रसाद यादव तथा सुरेश प्रसाद चौधरीले स्वागत मन्तव्य दिएका थिए ।


उक्त कार्यक्रम विद्यार्थीहरुको व्यक्तिगत विकासका साथै समाजमा प्रस्तुत हुने गुणमा सुधार गर्न सहयोग पुरयाउने उदेश्यका साथ कलेजको वार्षिक क्यालेन्डरको कार्यक्रम अनुसार सम्पन्न गरिएको डाइरेक्टर दिपेन्द्र चौधरीको भनाइ रहेको छ ।


SHARE THIS

Author:

Facebook Comment