बीरगंजमा आउने कर्मचारी भ्रष्ट छन् भन्ने मनोरोगबाट पर्साका सन्चारकर्मी प्रभाबित :न्यायधिस चौलागाई

बीरगंज २६ जेठ ।
पर्साका जिल्ला न्यायधिश भोलानाथ चौलागाईले वीरगंजमा आउने सवै कर्मचारी भ्रष्ट छन भन्ने मनोरोग बाट पर्साका संचारकर्मीहरु प्रभावित भएको बताउनु भयो । नेपाल पोष्ट डेलि डटकम अनलाइन डिजिटल पत्रिकाको सोमबार विरगंजमा एक समारोहका विच शुभारम्भ गर्नु हुदै न्यायधिश चौलागाईले भ्रष्ट मात्रै होईन इमान्दार कर्मचारीहरु विरगंजमा छन् भन्ने तथ्यलाई संचारकर्मीहरुले विर्सिएको बताउनु भयो । उहांले तथ्यमा आधारित पत्रकारीता मार्फत पत्रकारले जनताको मन जित्नु पर्ने कुरामा जोड दिदै प्रविधि र संचारले चमत्कारी रुपमा फड्को मारिरहेको अवस्थामा डिजिटल प्रविधीको पत्रिकाको भविष्य उज्वल रहेको बताउनु भयो । न्यायधिश चौलागाईले पत्रकारीतामा युवाहरुको प्रवेशले समाजको सुदृढिकरणका साथै खोज पत्रकारीताको विकाश समेत हुने विश्वास व्यक्त गर्नु भयो । सो अवसरमा उहांले अदालतमा विचाराधीन अवस्थामा रहेका मुद्दामा मिडियाले हस्तक्षेप गर्न नहुने बताउदै अरुको मर्यादा गर्न जान्नेले मात्र मर्यादित पत्रकारीता गर्न सक्ने बताउनु भयो ।  कार्यक्रममा पर्साका प्रहरी उपरिक्षक धिरज प्रताप सिंहले मर्यादित पत्रकारिताबाटै समाजको समृद्धि हुने हुंदा यसतर्फ संचारकर्मीहरु आफै सचेत हुनु पर्ने कुरामा जोड दिनु भयो । नेपाल पोष्ट डेलि डटकम अनलाइन डिजिटल पत्रिकाका सम्पादक नवराज फुयांलको सभापतित्वमा सम्पन्न कार्यक्रममा पत्रकार महासंघका मध्यमाञ्चल संयोजक सितल महतो, पर्साका अध्यक्ष श्याम बन्जारा, पूर्व अध्यक्ष अशोक तिवारी, राष्ट्रिय मधेश समाजवादी पार्टीका केन्द्रिय सदस्य राजेशमान सिंह, सदभावनापार्टीका केन्द्रिय सदस्य नेजामुदिन समानी, मधेशी जनअधिकार फोरम नेपालका पर्सा अध्यक्ष प्रदिप यादव, डा मनोज गुप्ता लगायतका वक्ताहरुले आ–आफ्नो मन्तव्य व्यक्त गर्नु भएको थियो । कार्यक्रमको सहजिकरण मनोज पटेलले गर्नु भएको थियो ।

SHARE THIS

Author:

Facebook Comment