बीरगंज २६ जेठ ।
वीरगंज उपमहानगरपालिकाको क्षेत्र विस्तारका लागि स्थानिय विकास मन्त्रालयले पत्र पठाएपछि सोमबार उपमहानगरपालिकाको कार्यालयमा सर्वदलिय वैठक सम्पन्न भएको छ । नेपाली कांग्रेस, नेकपा एमाले, एकिकृत माओवादी लगायतका राजनीतिक दलका प्रतिनिधिहरुको सहभागितामा सम्पन्न सर्वदलिय बैठकले क्षेत्र विस्तारका लागि वीरगंज संग जोडिएका गाविस तथा विरगज पथलैया औद्योगिक कोरिडोरलाई समेटनु पर्ने कुरामा जोड दिएको थियो । यसअघि गत जेठ २० गते जिल्ला विकास समिति पर्सामा सम्पन्न सर्वदलिय सर्वपक्षिय वैठकले मुलुकको प्रमुख आर्थिक तथा व्यापारीक केन्द्र वीरगंजमा भौतिक पूर्वाधारको प्रचुर सम्भावना रहेको हुंदा यसलाई महानगरपालिका बनाउन सरकारला
ई सिफारिस गरिएको थियो । सो सर्वदलिय वैठकले वीरगन्ज संग जोडीएको सिर्सिया, अलौ, पर्सौनी विर्ता, रामगढवा, भवानीपुर, हरपतगंज, र सुगौली विर्ता लगायत वीरगंज पथलैया औद्योगिक कोरिडोरलाई समेत समेटेर वीरगन्ज उपमहानगर पालिकालाई महानगर बनाउन सिफारिस गरेको थियो । वीरगंजमा निर्माण भई रहेका अर्बौका भौतिक संरचनाहरु एकिकृत भंसार जांच चौकी, सुख्खाबन्दरगाह लगायतका ठुलोपरियोजना एवं हालै मात्रै एडिभीद्वारा निर्माण गर्न लागिएको वीरगंजको एकिकृत विकास परियोजनाले यस नगरको वृहत्तर विकास हुने भएका छ । भौतिक पूर्वाधारको प्रचुर सम्भावना बोकेको विरगंजलाई उपमहानगरपालिकामा मात्रै सिमित गर्न नहुने निष्कर्ष सहित महानगरपालिका बनाउन विगतमा सरकारलाई सिफरिस गरिएको थियो । तर यता स्थानिय विकास मन्त्रालयले भने सिफारिसलाई थाती राखेर क्षेत्र विस्तारका लागि अर्को पत्र पठाएपछि अहिले उपमहानगरपालिकामै रहने गरी वीरगंजको क्षेत्र विस्तार गर्न लागिएको कार्यकारी अधिकृत तारा बहादुर कार्कीले बताउनु भयो ।