वीरगंज, २६ जेठ । पर्सा प्रहरीले बलात्कार गरेको अभियोगमा दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
जेठ २५ गते आईतवार साँझ पर्साको अलौ बस्ने एक पाँच वर्षीया बालिकालाई बलात्कार गरेर फरार भएका सोही ठाउं बस्ने को समत साह कानुलाई पर्सा प्रहरीले हिजै राति पक्राउ गरेको छ । त्यस्तै गत जेठ ९ गते राति पर्साको भिस्वा बस्ने एक ४५ वर्षीया महिलालाई ४ जना मिलेर गरेको सामुहिक बलात्कार गर्ने मध्येका एक फरार अभियुक्तलाई पर्सा प्रहरी पक्राउ गरेको छ ।
जबरदस्ति करणी गरेको १५ दिनपछि प्रहरीमा जाहेरी दिएपछि पर्सा प्रहरीले ३२ वर्षीय दिपेन्द्र भनिने दिनेश साह कानुलाई पक्राउ गरेको छ । पर्साको भिष्वा ८ मै लुकेर बसेको बेला प्रहरीले कानुलाई हिजो नै पक्राउ गरेर अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ । अन्य ३ जना फरार बलात्कारका अभियुक्तको खोज तलास भईरहेको पनि जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।