आदिवासी जनजातिका लागि प्रतिवेदन लेखन तालिम

अशोकसुजन श्रेष्ठ ।
हेटौँडा/आदिवासी जनजातिका लागि एक दिने प्रतिवेदन लेखन क्षमता अभिवृद्धि तालिम शनिबार(जेठ १७ गते) हेटौंडामा सम्पन्न भएको छ । कार्यक्रम नेपाल आदिबासी जनजाति महासंघ नगर समन्वय परिषद हेटौंडाले हेटौँडा नगरपालिकाको सहयोगमा आयोजना गरेको हो । तालिममा विभिन्न ९ जातीय संस्था तथा भातृ संगठनका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । तालिमको उद्घाटन कार्यक्रममा नेपाल आदिबासी जनजाति महासंघ जिल्ला समन्वय परिषद मकवानपुरका अध्यक्ष तीर्थबहादुर थापा मगरको प्रमुख आतिथ्य तथा नगर समन्वय परिषद हेटौंडाका अध्यक्ष जंगबहादुर गुरुङ्गको अध्यक्षतामा भएको थियो । तालिममा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ(फोनिज)का मध्यमाञ्चल संयोजक तथा गैरसरकारी संस्था महासंघ मकवानपुर शाखाका सदस्य कुमार नेगीले सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा हेटौंडा नगरपालिका सामाजिक बिकास महाशाखाका हिमप्रसाद पौडेल, नेवाः देय् दबुका जिल्ला उपाध्यक्ष अनिल खड्गे, नेपाल मगर संघका जिल्ला सचिब होमबहादुर राना मगर, फोनिजका जिल्ला सचिब अशोकसुजन श्रेष्ठलगायतले बोल्नु भएको थियो ।

SHARE THIS

Author:

Facebook Comment