आदिवासी जनजातिको गढी गाउँ परिषद पुर्नगठन

– अशोकसुजन श्रेष्ठ ।
हेटौँडा/मकवानपुरको गढी गाबिसमा रहेको नेपाल आदिवासी जनजाति महासंघ, गाउँ समन्वय परिषद शनिबार(जेठ १७ गते) पुर्नगठन गरिएको छ । जिल्ला बिकास समितिको कार्यालयको आर्थिक सहयोगमा नेपाल आदिवासी जनजाति महासंघ, जिल्ला समन्वय परिषद मकवानपुरको आयोजनामा पुर्नगठन गरिएको हो ।
आदिवासी जनजातिको भेलाले नवराज पुलामी मगरको अध्यक्षतामा १३ सदस्सीय नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा नमराज पाख्रिन
, सचिबमा प्रितम भोम्जन, कोषाध्यक्षमा सानुकान्छा वाईबा, सहसचिवमा सन्देश तुम्सीङ्ग र सदस्यहरुमा होईसेल न्यासुर, बिष्णु थिङ्ग, सोमलाल स्याङ्तान, सिँहबहादुर लुङ्वा, बिक्रम थोकर, सानु तितुङ्गरहेका छन् । बाँकी सदस्यपछि थप गर्ने बताईएको छ ।

 कार्यक्रम नेपाल आदिवासी जनजाति महासंघ, मकवानपुरका अध्यक्ष तीर्थबहादुर थापा मगरको प्रमुख आतिथ्य तथा गाउँ समन्वय परिषद गढीका अध्यक्ष रमेशकुमार थिङ्गको अध्यक्षतामा भएको थियो । कार्यक्रममा नेपाल मगर संघका केन्द्रिय सदस्य बिश्व आले मगर, चण्डिका उच्चमाबि व्यबस्थापन समितिका अध्यक्ष बखानसिँ पाख्रिन, गढी गाबिस अनुगमन समितिका सदस्य बिजय थोकर, गढी गाबिसका निबर्तमान अध्यक्ष प्रितमराम रुम्बालगाएतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
जिल्ला बिकास समितिको कार्यालयको सहयोगमा नेपाल आदिवासी जनजाति महासंघ, मकवानपुरले हालै गाउँ समन्वय परिषद बसामाडी, छतिवन र कुलेखानीमा पुर्नगठन तथा सुकौरामा गठन गरेको थियो । चालु आर्थिक बर्ष २०७०/७१ मा १० गाबिसमा गाउँ समन्वय परिषद गठन÷पुर्नगठन गर्ने लक्ष्य लिएको आदिवासी जनजाति महासंघ, मकवानपुरको यसअघि जिल्लाका हेटौँडामा नगर समन्वय परिषद र २८ गाबिसमा गाउँ समन्वय परिषद रहेको थियो ।

SHARE THIS

Author:

Facebook Comment