शिक्षक फोरमको ४१ सदस्यीय केन्द्रिय कार्य समिति चयन


बीरगंज: १७ जेठ
मधेशी शिक्षक फोरम नेपालको दोश्रो राष्ट्रिय महाधिवेशनबाट चुल्हाई राय यादवको अध्यक्षतामा ४१ सदस्यीय केन्द्रिय कार्य समिति सर्वसहमत चयन गरेको छ ।
उल्लेखनीय एवं भब्यताका साथ बीरगजमा १५ र १६ गते भएको महाधिवेशनबाट सर्वसहमतीले शिक्षक फोरमको अध्यक्षमा चुल्हाई राय यादव, वरिष्ठ उपाध्यक्षमा प्रमिला यादव, उपाध्यक्षहरुमा गिता पाण्डे, रविन्द्र गिरि, रामसहाय यादव, महासचिवमा नारायण यादव, सचिवद्धय सत्यनारायण साह, अरविन्द कुमार यादव, कोषाध्यक्ष अन्जु सुडी, केन्द्रिय सदस्यहरुमा सिता राम यादव, चिरन्जीवी पाठक, कमानन्द यादव, श्यामानन्द यादव, कामेश्वर यादव, रामप्रित यादव, उपेन्द्र राय, लालबाबु जयसवाल, अम्बु सिंह, भिक्खु प्र. यादव, दिनानाथ यादव, धिरेन्द्र कुमार, केशव राम यादव, सुषमा पटेल, ईन्दु शर्मा, महेश्वर साह लगायतका रहेका छन् ।
केन्द्रिय प्रतिनिधिहरुमा फोरम नेपालका केन्द्रिय सदस्य रामबाबु यादव र महिला फोरमका उषा यादवको उपस्थितिमा सर्व सहमतबाट केन्द्रिय कमिटि चयन गरिएको थियो। महाधिवेशनको उद्घाटन फोरम नेपालका राष्ट्रिय अध्यक्ष एवं पुर्व मन्त्री उपेन्द्र यादवले गरेका थिए ।


SHARE THIS

Author:

Facebook Comment