| (तश्विर साभार: फेसबुकबाट) |
- जनक मान डंगोल janakdangol@gmail.com
माननीय उप-प्रधान तथा गृहमन्त्रि श्री बामदेब
गौतमज्युले राजधानीको व्यस्त सडकमा ट्राफिक नियम तोडेको क्याप्सन तस्बिर केहि दिन विभिन्न
पत्र पत्रिकामा प्रकाशित भयो ! त्यहि बिषयलाई सामाजिक संजालहरुमा माननीय
मन्त्रीज्युको बिषयमा अधिकांसले नकारात्मक टिका टिप्पणी गरे !
त्यसै सिलसिलामा बारा पिपराडी घर भै हाल गृह मन्त्रालय अन्तर्गत जिल्ला प्रशासन
कार्यालय सिराहा मातहतको इलाका प्रशासन कार्यालय लहानका
प्रमुख प्रशासकीय अधिकृत राजुप्रसाद साहले गृहमन्त्रीको
जेब्राक्रसबारे सामाजिक संजाल फेसबुकमा कमेन्ट गर्दै उनले गौतमलाई गोली
ठोक्नुपर्ने लेखेका थिए
!
लोकतन्त्र हुन या प्रजातन्त्र यी सबै तन्त्रमा
सर्व साधारण जनता र पदमा बहाल रहेको कर्मचारीमा आकास जमिनको भिन्नता हुन्छ ! वाक
स्वतन्त्रता भन्दैमा मुखमा जे मन लाग्यो त्यो भन्न र बोल्न अनि लेख्नु त्यो पनि
सरकारी कर्मचारीले बिल्कुल जायज काम हैन !
माननीय गृह मन्त्रिज्युले गल्ति गर्नु भाको छ छैन
? यदि गल्ति गर्नु भएको छ भने त्यो गल्तिको संजाय कसरि दिने भन्ने कुरा त आउँदो
निर्वाचनमा दिनु पर्ने हैन र ? देसको शान्ति सुरक्षा हेर्ने देखि ऐन कानूनको
पालना गर्ने तथा गराउन लगाउने व्यक्ति बाटै कानूनको पालना गरिदैन भने त्यस्ता व्यक्तिलाई
जनताले दिने संजाय भनेको नै निर्वाचनमा पराजयको मुख देखाई दिनु हो !
प्रतिक्रिया ब्यक्त गर्ने महानुभाव निजामति त्यहि
माथि गृह मंतालय अन्तर्गतको कर्मचारी हुन ! जिल्ला प्रसासन र प्रहरी भनेको सरकारको
अभिन्न अंग हो र त्याहा बहाल हुने कर्मचारीले नियम कानून तोड्नेलाइ सम्झाउनु पर्नेमा
आफै नियम कानूनको धज्जी उडाउन मिल्छ ? आफै कानूनको धज्जी उडाउने अधिकार माथि
देखि तल सम्म कसैलाई पनि छैन !
कि देसमा ऐन कानून नै बनाउनु भएन हैन भने कानूनको पालना माथी देखि तल सम्मका
सबैले पालना गर्नु पर्छ र गराउनु पर्दछ ! जुन देसमा कानूनको पालना हुदैन त्यो देस
भड्खालोमा जान्छ यो हामीले दैनिकरुपमा टेलिभिजन देखि रेडियो तथा पत्र पत्रिकामा
देख्दै, सुन्दै र हेर्दै आएका देख्दै आएको छौ र नियम कानूनको पालना भएन भने हाम्रो
देस नेपाल पनि त्यहि दिशामा जान्छ भन्ने कुराचैँ कसैले पनि नभुलौ !