वीरगन्ज,१८ जेठ ।
नेपाल पत्रकार महासंघ पर्सा शाखाले शाखाका साधारण सदस्य तथा रेडयो नेपालका अंचल प्रतिनिधि तथा रेडियो वीरगन्जका समाचार प्रमुख धुब्र अधिकारीमाथि दुब्र्यवहार गर्ने प्रहरी सहायक निरीक्षक संजय झालाई कारवाहीको माग गर्दै ज्ञापन पत्र बुझाएको छ ।
पर्साका प्रमुख जिल्ला अधिकारी कैलाश कुमार बजिमयलाई आज ज्ञापन पत्र बुझाउदै पत्रकार महासंघ पर्सा शाखाले प्रसनि झामाथि कारवाहीको माग गरेको हो । शनिबार सम्पन्न भएको शाखाको आकस्मिक बैठकले गरेको निर्णय अनुसार आफूहरुले ज्ञापन पत्र बुझाएको पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष श्याम बंजराले बताउनुभयो ।
४८ घण्टाको समय दिादा समेत प्रसनि झालाई कारवाहीका लागि स्थानीय प्रहरीले कुनै चासो नदिनुले झनै शंका उत्पन्न गराएको उक्त अवसरमा अध्यक्ष बंजराले बताउनुभयो । प्रसनि झाले सिंगो पत्रकारिता क्षेत्रकै अपमान गरेका कारण आफूहरु आन्दोलनमा उत्रन बाध्य भएको ज्ञापन पत्र बुझाउने क्रममा नेपाल पत्रकार महासंघ पर्सा शाखाका उपाध्यक्ष धुब्र साहले बताउनुभयो । ज्ञापन पत्रको पनि सुनुवाइ नभएको खण्डमा आफूहरु चरणबद्ध आन्दोलनमा उत्रन बाध्य हुने कुरा समेत प्रजिअलाई ज्ञापन पत्र मार्फत जानकारी गराइएको नेपाल पत्रकार महासंघ पर्सा शाखाका सचिव कृष्णउदास खनालले बताउनुभयो ।
नेपाल पत्रकार महासंघका मध्यमाञ्चल संयोजक एवम् केन्द्रीय सदस्य शीतल महतोले प्रहरीको मुस्कान सहितको सेवा ब्यवहारिक रुपमा नै लागू गर्न आग्रह गर्नुभयो । ज्ञापन पत्र लिदै पर्साका प्रमुख जिल्ला अधिकारी कैलाश कुमार बजिमयले प्रहरीले पत्रकारमाथि कुनैपिन कारणले दुब्र्यवहार गर्नु दु:खद भएको टिप्पणी गर्दै प्रहरी र पत्रकार सबैले आ आफ्नो दायित्व निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो । उहााले झाको कारवाहीका लागि आफूले पहल गर्ने प्रतिबद्धता जनाउनुभयो । शुक्रबारबाट राति काम सकेर घर फर्किने क्रममा प्रसनि झाले अधिकारीमाथि दुब्र्यवहार गरेका थिए ।