नेपालमा यतिखेर कृषि विकासको लहर चलेको छ । पैसाको बहार आएको छ । कृषि विकासका लागि नेपाल सरकार, बिभिन्न गैर सरकारी संघ/संस्था बिदेशी दातृ राष्ट्रबाट ऋण, अनुदान उपलब्ध भएको छ । कृषकहरु पनि कृषि उत्पादन तर्फ आकर्षित छन । कृषि प्रधान देश नेपालमा यति खेर कृषि क्रान्तिको सुरुवात भएको छ र कृषि व्यवसायमा लाग्ने कृषकहरुको जीवनस्तर पनि उक्सदै गइरहेको छ । बेमौसमी तरकारी, नगदे बाली, फलफूल, जडिबुटी, पशुपालन आदिमा कृषक परिवारको व्यापक सहभागिता देखिएको छ । सहकारी आन्दोलन पनि नेपालमा चलेको छ । सहकारी आन्दोलनले महिलाहरुलाई कृषिमा लाग्न र कृषिबाट आयबृद्धि गर्न प्रतिबद्ध बनाएको छ । व्यवसायिक कृषि कतथा व्यापार आयोजना लगायत थुप्रै आयोजनाहरुले कृषिको विकासमा हात बढाइरहेका छन् । प्रतिफल पनि
राम्रो देखिएको छ । कृषि विकासको क्षेत्रमा थुप्रै लगानी भएका छन तर लगानी अनुसारको प्रतिफल भने वास्तवमा प्राप्त भएको छैन । सरकारी निकायहरुले बार्षिक बजेट रकमलाई फिल्ड वर्कमा होइन पेपरवर्कमा मात्रै सीमित राख्दै आएका छन् । खडा भएका सबै निकाय इमान्दारीता र प्रतिबद्धताका साथ फिल्ड योजनामा खटने हो भने नेपालले कृषिको उत्पादनबाट ऐतिहासिक सफलता पाउने प्रबल छ । नेपालको धरातल नै कृषिका लागि उपयुक्त छ । नेपालको कृषि उत्पादन विश्व भरका बजारमा पुर्याउन सकिन्छ । नेपालको चिया, कफी, अदुवा, अलैंचीले विश्व बजारमा स्थान लिएको छ । नेपालमा कृषिजन्य उद्योगहरुको स्थापना हुँदै गएको छ । नेपालले कृषिलाई आर्थिक मेरुदण्ड बनाउन सक्दछ । कृषि जन्य पदार्थ निर्यात गरेर बिदेशी डलर कमाउन सक्दछ ।
कृषिको विकासका जति अवसर छ त्यो भन्दा बढी चुनौती छ । कृषिमा लगानी गरेर मात्र उत्पादन बढाउन र मुनाफा कमाउन सकिदैन । कृषिलाई जलवायु परिवर्तनले असर पारी सकेको छ । खेतीपातीमा रोग र किटाणुको प्रकोप बढ्दै गएको छ । अर्गानिक कृषि उपजको मांग बढेको छ तर नेपालमा रासायनिक मलको अतिप्रयोगले गर्दा अर्गानिक कृषि उत्पादनको अवसर हामीले गुमाउँदै गएका छौं । माटोको अवस्था बिग्रदै जानु, खेतीपातीमा रोगको प्रकोप बढ्दै जानु, बिषादी प्रयोग गर्नु पर्ने बाध्यता आउनुले कृषकहरुमा निरासा पनि आएको छ । साना किसानहरुको जीवनस्तर कृषि बाटै अभिवृद्धि गर्न बिभिन्न देशबाट अनुदान सहयोग प्राप्त भएको छ तर बाञ्छित रुपमा त्यसको सदुपयोग हुन सकेको छैन । बिदेशी अनुदान रकमको दुरुपयोग रोकेर किसानहरुको कर्मठ हातहरुबाट अनुदान रकमको सदुपयोग गराउने हो भने नेपाल विश्वकै कृषि विकासको उदारणीय देश बन्ने छन् । ठोस कृषि नीति र फिल्डवर्क चाहिन्छ ।