गृहमन्त्रीको घमण्डी रवैया एस.एस.पि खरेललाई होच्चाउने कार्य

–अशोकमान श्रेष्ठ
   
 नेपाली जनताहरुको ज्यू ज्यानको सुरक्षा गर्न  र अपराधी गतिविधीहरुलाई निस्तेज पार्न लागि परिरहनुृ भएको एस.एस.पी. रमेश खरेललाई अनावश्यक रुपमा उपप्रधान एवं गृह मन्त्री बामदेव गौतमले होच्याउने कार्य गर्न पुगेका छन । गृहमन्त्री भ्एपछि जस्तो सुकै पनि प्रहरी अधिकृतलाई आफनो दास बनाएर राख्न सकिन्छ भन्ने मनसाय बनाएर राखेका गौतमले खरेललाई पनि यसप्रकारको कार्य गर्न खोजेका हुन । खरेलले जहिले पनि जनताको सुरक्षाको लागि आफु कसैको अगाडी न झुक्ने र कुनै शक्तिको अगाडी आत्मसमर्पण गरि प्रहरी सेवामा कार्यरत न हुने अडान राख्दै आइरहेको अवस्थामा गौतमले खरेलको मनोबल कमजोर पार्न कार्य किन गर्न पुग्यो ? आफु गृह मन्त्री भएपछि देशभरि नै गुन्डाहरुलाई तह लगाउने अभिव्यक्ति दिदै आइरहेका गौतमको असली अनुहार अपराधी र गुन्डाहरुलाई नै संरक्षण गर्नु रहेको हो भन्ने कुरा उनको क्रियाकलापले देखाउन पुगेको छ । एक होनहार इमान्दार कर्तव्यनिष्ट प्रहरी अधिकृतलाई गौतमले कुन शक्तिको आडमा धम्काउन खोजेका हुन् ? उनले के त्यस्तो गल्ती खरेलमा देखे जसको कारण सार्वजनिक रुपमा खरेलेको विरोध गर्न उनी पुगे । अपराधी गुन्डा तस्कर बदमास तह लगाइ छाडने प्रतिबद्धता जाहेर गरेका गौतमले इमानदार अधिकृतलाई तह लगाउन खोजेको हुनाले गृह मन्त्री भएको ध्वास समेत देखाउन पुगेको छ । उनले आफु गृहमन्त्री भएको डेढ महिना भइसकेको आफनो अफिस सिंहदरवारमा छ । म ललितपुरमा बस्छु ऊ मलाई भेटन आएको छैन । अहिले सम्म आफुलाई खरेलले भेटन  न आएको  बताए । आज मान्छे पक्राउ गर्नै भोलि छाडने काम उनले गरेका छन यो ठीक होइन । आज पक्राउ गर्नै भोली छोडने प्रवृत्तिले अपराधीले उन्मुक्ति
पाउने खतरा हुन्छ । यो काम कसैलेृ गर्नु हुँदैन । गुहमन्त्री गौतमले प्रहरी अधिकृत सेलेब्रेटी बन्ने प्रयासमा गरेको आरोप समेत लगाए । उनले जुन पार्टी सत्तामा आउँछ उसैसंग साइनो जोडेर कार्यकर्ता बन्न खोज्ने प्रहरी र प्रशासकलाई कारवाही गर्न बताए । काग्रेस आउँदा काग्रेस एमाले आउदाँ एमाले, माओवादी आउँदा माओवादी बनेर घाँटी जोडने प्रहरी र कर्मचारीले उन्मुक्ति पाउँदैनन भनेर कसलाई धम्काउन पुगेका हुन ?
       नेपालमा सत्ता परिवर्तन पछि अहिले सम्म सबै प्रहरी अधिकृत र प्रशासकले दलका मन्त्रीको पछि पछि लागेर करोडौ रुपैया कमाउन सफल भएको घटनाहरु कुनै पनि नेपालीहरुको माझ लुकेको छैन । जुन दलका सरकार आएको खण्डमा नेता र कार्यकर्ताहरुले प्रहरी अधिकृत र प्रशासकलाई प्रयोग गरि अनैतिक कार्य गराउन बाध्य पार्नै र आफुले चाहेको जस्तो हुन न सकेको खण्डमा सुरुवा गरि दिने प्रमोशन रोकि दिने कार्य भ्रष्ट पतित नेता र मन्त्रीले गदै आइरहेको छ । यसको धेरै प्रमाणहरु रहेको छ ।  गृहमन्त्री गौतमले पनी एस.एस.पि खरेललाई अरु प्रहरी अधिकृत जस्तै दास बनाउन खोजेका हुन । तर खरेल त्यस्तो वस्तु हुन जसलाई तोडन भाँचन गौतमलाई फ्लामको चुरा चपाए जस्तै हुन्छ । गौतम भन्दा अति चर्चित नेपालमा कोही छन भने त्यो एस.एस.पि खरेल नै हुन । उनको नामले सर्वसाधारण जनताहरुले पुजा गरेका छन । बच्चा देखि वृद्ध सम्म युवा देखि युवतीहरुले खरेललाई सम्मान गर्दै आइरहेका छन । उनलाई तह लगाउनु भनेको गौतम आफै तह लाग्नु नै हुनेछ । गृहमन्त्री गौतमले अनावश्यक रुपमा खरेललाई उचालेर उनले गरेको कार्यलाई रोकन खोजेका छन । प्रहरीले अपराधी गुन्डा तस्कर बदमासलाई पक्राउ गरि कारवाही गर्दा गृहमन्त्री गौतमको अहिले सात्तो उडेको देखिन पुगेको छ । एमाले पार्टीभित्र कस्ता कस्ता अपराधी गुन्डा सभासद नेता छन भनेर भनिरहनु पर्दैन । उनीहरुले देश र जनतालाई धोखा दिएर नेता र सभासद भएका छन । त्यस्ता सभासद र नेताको पछि लाग्नु गौतम पनि अपराधी हुन भनिररहनु पर्दैन । उनको क्रियाकलाप नै गौतम आफै अपराधी हुन भनेर देखाउन सफल भएका छन ।
       एउटा देशभक्त इमानदार प्रहरी अधिकृत खरेललाई उनले यसप्रकारको होच्चाउने कार्य किन गरेका हुन । यो चाहि बुझनु पर्नै बेला भएको छ । अपराधी गुन्डालाई पक्राउ गरि केही दिनमा नै छाडी दिने आरोप लगाउन सक्र्नै गौतमले धेरै पल्ट गृहमन्त्री भइसक्दा पनि गुन््डा ऐन किन लागु गर्न सकेनन । गुन्डा ऐन लागु भएमा आफनै पार्टीका नेता र कार्यकर्ताहरु जेलको कालकोठरीमा बन्दी जिवन विताउन पर्छ भनेर अहिले सम्म गुन्डा ऐन रद्धिको टोकरीमा फयाकेर राखेको छ । आट र साहस छन भने गुन्डा ऐन विधेयक पास गरेर देखाओस अनि खरेलेले गुन्डा अपराधीलाई केही दिन पक्राउ गरि छाडने छैन । नेपालमा अहिले गुन्डालाई कारवाही गर्नै ऐन नै लागु भएको छैन भने खरेलले कसरी कानुन आफनो हातमा लिन सक्छ । खरेलले त कानुनलाई सहि बाटोमा डोर्‍याउन र कानुन अनुसार काम गर्दै आइरहेको किन गौतमले बुझन सकेनन । उनले आफैले शपथ ग्रहरण गरे लगतै दिनुभएको अभिव्यक्ति के विर्सनुभयो । हात्तीको देखाउने दाँत र खाने दाँत फरक हुन्छ भने जस्तै हो । खरेल जस्तो राष्ट्रसेवक अहिले सम्म नेपाली जनताहरुले पाउन सकेका छैन । अपराध गुन्डागर्दी चन्दा आतंक लगायतलाई निर्मुल पार्न जुन साहसका साथ खरेल अघि बढिरहनु भएको छ । उनको आत्मबल गिराउने कार्य अरु कसैले होइन गृहमन्त्री आफैलेगर्न गर्न थालेका छन । काठमाडौका जनताहरुले अहिले शान्ति सुरक्षाको अनुभुति पाएका छन । खरेललाई सरुवा गरेको खण्डमा राजधानीका जनताहरु गौतमको विरोधमा जाइ लाग्यो भने त्यसबेला उनले के गर्ने होलान । खरेल नेपालको लागि सुवानी आँधी जस्तै हुन पुगेको छ । खरेललाई राजधानीका जनताहरुले मात्रै मन पराएका छैन । उनलाई मन पराउने देशभरिका जनताहरु रहेका छन । जहा गएता जहाँ बसेता पनि अहिले खरेलेको नै चर्चा परिचर्चा भइरह्ेका छन । फेसबुकमा हजारौ नेपाली जनताहरुले गृहमन्त्रीलाई नै अपराधी तस्कर,गुन्डाको नाइके बदमास र राष्ट्रघाती  गृहमन्त्री राजीनामा दे भनेर आरोप लगाइरहेका छन । गृहमन्त्री गौतमले अब पक्र्कै पनि बुझेका होलान, नेपाली जनताहरु गौतमको पक्षमा छन कि खरेलको पक्षमा छन । यति बुद्धि विवेक भएको भए र सच्चा राष्ट्रसेवकलाई होच्चाउने कार्य उनले कहिले पनि गर्दन्थे ।
       गहृमन्त्री गौतमले आफनो पदको रवैया देखाएर खरेललाई धम्काउन प्रयास कदापि पनि गर्न हुन्न । दलका नेताहरुले सत्ता परिवर्तन मात्रै गरेका हुन । जनताहरुले चाहेको खण्डमा गौतमलाई कुर्सीबाट खसाल्न सक्छ । आफनो  पदलाई सुरक्षित राख्न चाहन्छन भने गौतमले खरेलसंग माफि माग्नु पर्छ । उनको रवैयाको कारणले गर्दा देशभरिका जनताहरु अहिले आगो भएका छन । जनताको आगोले एमाले पार्टी पनि ध्वस्त हुनेछ । यसतर्फ गौतम र एमालेका भ्रातृ संगठन युवा संघको केन्द्रीय अध्यक्ष महेश बस्नेतले पनि बुझनु परेको छ । उनले खरेल सिघम बन्ने प्रवृत्ति देखिएको भन्दै अकुंश लगाउन गौतमसंग आग्रह गर्न पुगेका थिए । अध्यक्ष बस्नेतले कुन आधारमा खरेलमाथि आरोप लगाउन पुगे । अपराधी गुन्डा तस्कर बलात्कारीलाई पक्राउ गरि कानुन अनुसार कारवाही गर्न सफल भएको अवस्थामा मन्चबाट खरेलेको विरोधगर्न सक्ने बस्नेतले गौतमलाई भनेर अपराधी गुन्डा हत्यारालाई कुनै  कारवाही गर्न न पाउने कानुन बनाउन गौेतमलाई भन्न किन सकेन । अपराधी गुन्डा बदमास बलात्कारी र अरुको सम्पति लिएर अबौपति बन्न सफल हुने अपराधीलाई कारवाही गर्न न पाउने कानुन बनाउन सफल भएमा खरेल कहिले पनि सिंघम हुन सक्दैन । आफैले कानुनको पालना गर्नु पर्छै भन्ने र खरेलले कानुनको सम्मान गरि हिड्दा उनीमाथि यति ठुलो आरोप किन लगाएका होला । अपराधी गुन्डा बदमासलाई संरक्षण दिएर धेरै दिन नेता र मन्त्री भइरहन सक्दैन । जुन दिन जनता जाग्ने छन ।अपराधी गुन्डा भ्रष्ट मन्त्री नेतालाई कहिले पनि क्षमा गर्न सक्दैन भनेर गृहमन्त्री गौतम र अध्यक्ष बस्नेतले थाहा पाउन धेरै टाढा जानु पर्दैन । भारतमा आम आदमी पार्टीका नेता केजरीवाललाई  देखे पुगी हाल्छ । उनले १२ महिनामा नै भारतीय काग्रेसका मुख्य मन्त्री शिला दिक्ष्तीलाई चुनावमा हराएर उनको राजनीतिक समाप्त पारेका थिए । गृहमन्त्री गौतमले पनि यस्तो नियती भोग्नु न परोस ।
       अन्तमा प्रहरी अधिकृत रमेश खरेल देश र जनताको सेवाको लागि प्रहरी सेवामा जागीर भएका हुन । राज्यले दिएको पौशाक र हतियारलाई कसैले पनि दाग लगाउन नसकोस । जनताको ज्यू ज्यानको लागि सधै दत्तचित भएर लाग्नु खरेलले आफनो पहिलो कर्तव्य र दायित्व सम्झेका छन । गृहमन्त्रीलाई भेटन र नेताको सुरक्षा गर्न खरेलले लोकसभा लडेर प्रहरी अधिकृत भएका होइन । उनले आफनो मेहनत र परिवारको आशिवार्दले यो प्रहरी अधिकृतको जागिर पाएका हुन । जनताको सेवा गर्न र राज्य दिएको जिम्मेवार पुरा गर्न उनले कसम खाएका छन । गौतमको पछि पछि हिडने र उनलाई मन्त्रालयमा गएर भेटन र सलाप ठोकन प्रहरी अधिकृत भएका होइन । मन्त्री गौतम धेरै पल्ट गुह मन्त्री भइसकेका छन ।तर उनको बृद्धि विवेक गुन्डाको नाइके जस्ते हुन पुगेकाले गौतमले आम जनताहरुलाई कस्तो प्रकारको शान्ति सुरक्षा दिन सक्छ भनेर सोचनु पर्नै बेला आएको छ । प्रहरी अधिकृत खरेलले आफनो विभागको आईजीपीलाई भेटन जानु पर्छ कि गृहमन्त्रीलाई भेटेर चाकरी गर्नु पर्छ । यो कुरा गौतमले बुझन सकेन । यहि उनको ठुलो मुर्खता रहेको छ । गृहमन्त्री गौतमलाई भेटेर सलुट मार्न जादाँ अपराधीले कुनै नागरिकलाई गोली हानी हत्या अपहरण कुटपिट , रकम लुटने कार्य गरेको खण्डमा शान्ति सुरक्षा कायम कसले गर्नै ? जनताको सेवाको लागि प्रहरी अधिकृतमा भएर दिन रात एक भएर राजधानीका जनताको सुरक्षा गर्दै आइरहेका खरेललाई गौतमले अब आफनो रवैया देखाएर होच्चाउने कार्य कहिले न गरोस भन्ने चाहना राख्दै आफनो भनाई यहि समाप्त गरिरहेको छु  । गौतमको घमण्डी पारा हटन सकेन भने जनताले उनलाई पदबाट खसालि छाडने छन । जनताको शक्तिसंग डराउन सिक्नु पर्छ । जनता जागेको खण्डमा गौतम माटोमा विलीन हुनेछ ।

SHARE THIS

Author:

Facebook Comment