डाक्टर अपराधी डन

सुष्मा पन्त 
       नेपालमा डाक्टरहरुले विरामीहरुलाई जुन प्रकारको शोषण गर्दै आइरहेका छन । त्यो डन अपराधीले गरेको भन्दा कम रहेको छैन । डाक्टरले जसरी भएपनि रोगीहरुलाई लुटन मात्रै खोजेका छन ।डाक्टरी पेशा अहिले अपराधी डन भन्दा कम रहेकेो छैन । विरामीलाई विभिन्न रोग लागेको देखाउदै रकम लिने गरेका छन । एउटा रोग लागेको अवस्थामा महिनौ दिन सम्म रोगीको उपचार गर्दा पनि निको पार्न नसक्ने र अर्काे राग लागेको देखाएर डाक्टरले विरामीलाई लुटन सफल हुने गरेका छन । सरकारी अस्पतालमा जागिर खाएर बसेका डाक्टरहरुले आफनो प्राइभेट क्लिनिक खोलेका छन भने त्यहि डाक्टरहरु प्राइभेट अस्पतालमा जागिर गर्दै आइरहेका छन । उनीहरुलाई जसरी भएपनि विरामीहरुलाई चेकजाँचको नाममा पैसा चाहिएको छ । पैसा विना डाक्टरले कुनै पनि उपचार गर्न सक्दैन । विरामीहरु जतिसुकै पनि पिडामा बाँचनु परेता पनि डाक्टरलाई मागेको जति रकम बुझाउनु पर्नै बाध्यता रहदै आइरहेका छन ।अपराधी डन ले उधोगपति र व्यापारीहरुलाई डर त्रास देखाएर लाखौ रुपैया मागेको हुन्छन भने डाक्टरहरुले विभिन्न रोग देखाएर विरामीहरुसंग रकम लिने गरेका छन । डाक्टर अपराधी डन भन्दा कम न भएको मुख्य सचिव लीलामणि पौडेलको हो ।
       अपराधी डनले सबैलाई डरत्रास देखाएर लाखौ रुपैया लिने गरेका छन
भने डाक्टरहरुले त्यहि प्रकारकोविरामीहरुलाई रोग देखाएर रकम लिने गरेकाले त्यस्ता डाक्टरलाई कारवाही गर्नतिर सरकारले अहिले सम्म ध्यान पुर्‍याउन नसक्दा डाक्टरहरुले अपराधी डन जस्तै प्रकारले विरामीलाई लुटन सफल हुदै आइरहेका छन । शहरमा जहाँ त्यहि प्राइभेट क्लिनिक र प्राइभेट अस्पताल खोलीएको छ । त्यसमा कार्यरत डाक्टरहरुले औषधी पसलहरुसंग मिलोमतो गरेर औषधी लेखन गरेका छन । विरामीहरुलाई लेखिएको औषधी अस्पताल बाहिर खोलिएको पसलहरुबाट नै किन्नु पर्नै बाध्यता नै रहेको छ  औषधी पसलहरुले विरामीहरुले किनेको औषधीको कुनै पनि विल दिने गरेका छैन । पसलले मागेको जति रकम विरामीले दिनु पर्नै बाध्यता नै रहेको छ  औषधी पसलेले विक्री गरेको औषधीको कमिशन समेत डाक्टरहरुलाई दिनु परेको छ । त्यसैगरि एक्सरे,भिडीओ एक्सरे, रगत, पिसास, मुटुको एसिजी,इकोकार्डियाग्राफी  गराउनेहरुसंग पनि कमिशन डाक्टरहरुले लिने गरेका छन । एउटा विरामीसंग डाक्टरले कति कमिशन लिने गरेका छन भन्ने अनुमान लगाउन नसक्ने अवस्थामा रहेकोले विरामीहरुलाई अपराधी डन जस्तै लुटन डाक्टरहरु निकै सफल हुदै आइरहेका छन । विरामीलाई लागेको रोगलाई निको पार्नुको सट्टा रोगीको घरबार बेचेर उपचार गराउन डाक्टरले बाध्य पारेका छन । डाक्टर अपराधी डन नै भएको छ । जसको कुनै नैतिकता नै रहेको छैन ।
       अपराधी डन डाक्टरलाई कारवाही गर्न अब मुख्य सचिव पौडेल गम्भीर हुनु भएको छ ।उहाँले नेपालको मेडिकल क्षेत्रमा डन प्रवृत्ति भिभिएको छ । निजी अस्पतालहरुमा बढदै गएको विकृतिका कारण समग्र मेडिकल क्षेत्रमा डन प्रवृत्ति  मौलाइरहेको छ जसले आमजनताको निम्ति स्वास्थ्य सेवा दुर्लभ बन्दै गएको छ । डन भनेको अरुले कमाएको रकमलाई विभिन्न हथकन्डा अपनाएर जबर्जस्ती आफनो  वशमा पार्नैहरु हुन,मेडिकल क्षेत्रका निजी ंस्था पनि त्यहि रुपमा अगाडी बढिरहेका छन । उनले मेडिकल क्षेत्रमा भित्रिएको डन प्रवृत्तिका कारण नर्सिङ होम तथा निजी अस्पताल तीव्र व्यापारीकरणतर्फ उन्मुख भएको ,विरामीसंग चर्काै शुल्क असुल्ने प्रवृत्ति बढेको र डाक्टररु पनि सरकारी अस्पतालको कामकाज छाडेर बढी सेवासुविधाको लोभमा निजी क्लिनिक धाउन थालेको आलोचना समेत गरे । सहरका चोकचोकमा खुलेका नर्सिङ होम तथा निजी अस्पतालबीच बढेको अस्वस्थ प्रतिस्पर्धा र कमजोर गुणस्तर भएकोले नै डनको संज्ञा दिएका हुन । सरकारी अस्पतालले विरामीको चाप थेग्न नसकेको अवस्थामा च्याउसरि खुलेका निजी अस्प्ताललाई अनुगमन र कारावहीको दायरामा ल्याउन सरकार असफल भएको बताए । यसले स्वास्थ्य सेवाका डन विरामीको सेवासुविधामा खुलेआम सम्झौता गरिरहेको बताए ।उपचारका लागि गाउँगाउँदेखि आएका विरामीले भर्ना हुन राजनीतिक तथा प्रशासनिक सोर्सफोर्स लगाउनुपर्छ । भनेको बेला डाक्टर फेला नपर्नै ,भर्ना नपाईने र कर्मचारी तथा नर्सको दुव्र्यवहार सहनुपर्नै बाध्यताबाट आजित उपभोक्ता छिटो र सहज सेवाको आशमा निजी अस्प्ताल पुग्छन । त्यहाँ पनि बिरामीको संवेदशीलतासंग फाईदा उठाउदै अचाक्ली शुल्क असुल्ने प्रवृत्ति बढदो छ । निजी अस्प्तालहरु विरामीको बाध्यता र विवशताको फाइदा उठाउँदै लुटदै छन । सेवा भन्दा लुटने रुपमा अघि बढेका निजी अस्पतालले अत्यावश्यकीय सेवाको मर्यादा र सीमा खुलेआम मिचीरहेको छ । अनावश्यक रुपमा गरिने स्वास्थ्य परीक्षण र महँगो सेवाका कारण उपचार गर्दागर्दै बिरामी कंगाल हुने अवस्था छ । विरामीको सेवामा लाग्नुपर्नै संस्थाहरु रातारात धेरै नाफा कमाउने दौडमा छन । मुख्य सचिव पौडेलले अपराधी डन डाक्टरहरुलाई कहिले कानुनको दायरामा ल्याएर कारावाही  गर्नै होला । 

SHARE THIS

Author:

Facebook Comment