वीरगंज/ पूर्वराजा ज्ञानेन्द्र शाहको तराई मधेश भ्रमण चैत्र २८ गतेबाट हुँदैछ । भ्रमणको केन्द्र बिन्दु सिमरा हुनेछ । भ्रमणको व्यवस्थापन र पूर्व राजाको सवारीमा हुने स्वागतको लागि ५१ सदस्यीय संयुक्त मूल व्यवस्थापन र स्वागत समिति अयोध्या प्रसाद साहको संयोजकत्वमा गठन गरिएको छ । उक्त गठन २०४७ को संविधान पुनस्र्थापना अभियान समितिका संयोजक किसोरी महतो तथा अतिथि श्रीमति अस्मिता भण्डारीको उपस्थितिमा गठन भएको थियो । यसको सहसंयोजक रघुनाथ लामिछाने र सदस्यहरुमा सुधिर जंग राणा, पुरुषोत्तम लाल श्रेष्ठ, सुरज लम्साल, माधव प्रसाद त्रिपाठी, पुरुषोत्तम पाण्डे, प्रलाद खड्का, जित बहादुर योञ्जन, अनिल पौडेल, केशव बहादुर तिमिल्सना, सुनिल प्रसाद यादव, राम विनय साह, ह्दय नारायण चौरसिया, रामाधार पण्डीत, मुनिलाल साह, उमेश ठाकुर र राजेश्वर साह र सुरेन्द्र साह समेत रहेका छन् ।