मुठ्ठी उठाएर भनौं –राजतन्त्र जिन्दावाद !
वीरगंज /पूर्व राजा
ज्ञानेन्द्र शाह यहि चैत्र २८ गते सिमरा आउनु भएको छ । नेपालको राष्ट्रियता
जोगाउनको लागि राजसंस्थाले खेलेको भुमिकालाई सबै देशभक्त नेपालीहरुले बुझनु परेको
छ । नेपालमा राजसंस्था न भएको भए अहिले विश्वको मानचित्रमा नेपाल र नेपाली भएर
बस्नु पाउने सौभाग्य नै रहने थिएन । विश्वमा जहाँ जहाँबाट राजसंस्था समाप्त पारेका
छ । त्यस मुलुकको अवस्था निर्कै दयनिय हुन पुगेको छ ।पूर्व राजा ज्ञानेन्द्र
शाहलाइ राजगद्दीबाट हटाउनको लागि गणतन्त्रवादी नेताहरुले विस्तारवाद र साम्राज्यवादीको
सहयोग लिएका थिए । जसको कारणले गर्दा राजसस्ंथा समाप्त हुन पुगेको छ ।
गणतत्न्त्रवादीको हातमा सत्ता रहे सम्म नेपालको राष्ट्रियताको संरक्षण कहिले पनि
हुन सक्दैन भन्ने कुरा आम नेपाली जनताहरुले समयमा नै बुझनु परेको छ । नयाँ संविधान
बनाउन सफल भएमा नेपालको राष्ट्रियता चिरा चिरामा विभाजित हुन सक्छ । त्यसबेला
देशभरि नै बम गोलावारीको घटनाहरु हुन सक्छन । कुनै पनि जिल्लाको नागरिकहरुले
आफुलाई सुरक्षित सम्झीन सक्दैन । अफगानिस्तानमा सन १९७९ मा सोभियत रुसको
षडयन्त्रबाट राजसंस्था विस्थापित गरियो । राजसंस्था विस्थापित भएपछि अमेरिकी
हस्तक्षेत्राट लाखौ अफगानी जनता मारिए । त्यहाका जनताले विस्थापित गरिएका राजा
जाहिर शाहलाई गद्दीमा बस्न आग्रह गरे । अन्यायपूर्ण लखेटिएर यूरोपमा रहेका थिए ।
उनी सन २००२ मा यूरोपबाट अफगानिस्तानमा फर्कै पनि उनले गद्दीमा बस्न नमानेर
सम्मानपूर्वक देृशभित्रै रहे । तर अफगानिस्तानको संकट र आतंकपूर्ण अवस्थामा सुधार
आएको छैन । त्यसैगरि रुसमा लेलिनले राजसंस्था समाप्त पारेपछि रुस धेरै टुक्रामा
विभाजित हुन पुग्यो अहिले पनि रुसका जनताहरुले राजालाई मानीरहेको छ । रुखको
राष्ट्रिय अखण्डता जोगाउन राजाले खेलेको
भुमिकालाई रुसका जनताहरुले सम्झीन पुगेका
छन । बेलायमा सन १६४९ मा राजसंस्थालाई
विस्थापित गरि गणतन्त्र स्थापित गरियो ।तर ११ वर्षपछि सन १६६० मा राजसंसथाकमो
पुनवर्हाली भयो । कम्बोडियामा पनि सन १९७० मा राजसंस्था विस्थापित गरियो ।
विस्थापित गरिएका कम्बोडियाका राजा नरोत्तम सिंहानुकललाई नै सन १९९३ मा
राष्ट्रवादी जनताले सत्तामा ल्याए ।
त्यस्तै सन १९५८ मा अमेरिकी सहयोगमा इराकमा राजतन्त्र समाप्त
गरेर सैनिक शासक सद्दाम हुसेनले सत्ता कब्जा गरे । त्यहाँ राजतन्त्र विस्थापित
भएपछि सिया सुन्नी मुसलमानहरुको भिडन्तमा लाखौ जनता मारिए । आखिरमा सद्दाम
हुसेनलाई अमेरिकी षडयन्त्रबाटै फाँसी दिएर मारे । भियतनाममा अहिले गणतन्त्र छ । तर
राजाको बेलाको व्यवस्थित अवस्था सम्झेर अहिले भियतनामका जनताहरुले राजाको सालिक
देख्नासाथ सुतेर अभिवादन गर्छन । भियतनाम र थाइल्याण्डको खतराबाट मुक्त हुन लावोस जमानादेखि
नै एक सार्वभौमसम्पन्न राष्ट्र थियो भनेर चिनाउनको लागि अहिले लावोसका जनताले
पुराना राजाको फोटो खोजेर सालिक बनाउनथालेका छन । थाइल्याण्डमा राजालाई भगवान सरह
मान्छन । सिक्किमका नेता लेनडुव दोर्जैले राजा हटाएर सिक्किम भारतमा गाभे ।
नेपालमा पनि नेताहरुले राजतन्त्र समाप्त पारेर नेपाललाई भारतमा गाम्भने हुन वा
नेपाललाई इराक वा अफगानिस्तान बनाउने हुन यो चाहि
कसैले पनि भन्न सकेका छैन । नेपालमा राजतन्त्र विस्थापित भएमा देशै
विखण्डिढत हुन सक्ने अवसथा रहेका छन ।यसलाई आम नेपाली जनताहरुले ह्दयदेखि
आत्मासाक्षी राखी राजतन्त्र व्यूताउनको लागि छिटो भन्दा छिटो कम्मर कसेर लाग्नु
पर्नै बेला भएको छ । दलका नेताहरु सबै विदेशीहरुको इशारामा चाच्दै आइरहेका छन
भन्ने कुरा अब पनि नेपालीहरुले बुझन सकेन भने नेपाल नै नरहेको अवस्थामा बुझेर के
फाइदा हुन सक्छ ।, एमालेका वरिष्ठ नेता माधव नेपालले वि.वि.सी रेडियोलाई आफनो
अन्तर्वाता दिने क्रममा राजतन्त्र फाल्न विदेशीहरुको सहयोग लिएको बताएका थिए ।
उनले आफु स्वयम विदेशीको दलाल भएको र नेपालमा राजतन्त्र समाप्त पारि विदेशीहरुलाई
बोलाएर नेपालमा हस्तक्षेप गराउन खोजेको भन्न खोजेका हुन । नेपालमा विदेशीहरुलाई
बोलाएर नेपाल र नेपालीहरुको भविष्य अन्धकारमा पार्न खोजेको अवस्थामा नेपालीहरु
जाग्न सकेन भने नेपालीहरुको अवस्था कस्तो हुने हो ।
पूर्व राजा ज्ञानेन्द्रलाई जनताहरुले चाहेको खण्डमा पुनस्थापित
गराउन सकिन्छ । जनताको शक्तिको अगाडी जस्तो सुकै पनि विदेशी दलालहरुको अन्त भएको छ
। नेपालको राष्ट्रियता जोगाउनु छ भने अब नेपालीहरु चुप लागेर बस्नु हुन ।् आउदो
खतरालाई बुझेर राजतन्त्र फर्काउनको लागि बलिदान दिनु परेता पनि अग्रसर भएर लाग्नु
परेको छ । दलहरुले गुन्डाराज संचालन गर्न सक्छ भने राष्ट्रियतालाई जोगाउनको लागि
जनताहरुले पनि दलहरुलाई सबक सिकाउनको लागि उनीहरुले गरको जस्तो प्रतिकार गर्नु
परेको छ । नेपालीहरु कहिले पनि कसेको डर त्रास भय मानेर बस्ने छैन भनेर दलाललाई
सिकाउनु परेको छ । राजतन्त्र समाप्त पारेर नेपाल र नेपालीहरुको पहिचान मिटाउन
खोजेका छन । पूर्व राजा शाह सिमरामा एक महिनाको भ्रमणको लागि आइरहनु भएको छ ।
उहाँलाई सम्मान र राजतन्त्र फर्काउन सबै नेपालीहरु एकजुट भएर राजतन्त्र जिन्दावाद
भन्दै गाउ वस्ती टोल शहरमा राजतन्त्रको पक्षमा नाराहरु लगाएर गुज्मान गर्नु परेको
छ । देश र जनताको लागि मर्नु परेता पनि अब जनताहरु पछि हटन सक्दैन भनेर देखाउनु
परेको छ । शाहको एक महिना भ्रमण तराईका विभिन्न जिल्लामा हुन गइरहेको छ । पूर्व
राजा जुन जिल्लामा पुगेता पनि जनताहरु एकजुट भएर सडकमा उत्रेर मुठि उठाएर
राजतन्त्र जिन्दवाद भन्दै उठनु परेको छ । नेपाल र नेपालीको अस्तित्व जोगाउन नेपालीहरुले
नै बलिदान दिनु परेको छ । गणतन्त्रवादीहरुले नेपालको राष्ट्रियता जोगाउन सक्दैन ।
उनीहरुले नेपाललाई टुक्रा टुक्रा पार्नको लागि र नेपाली नेपाली विच द्वन्द्व गराउन
संघीय् राज्य बनाउन चाहेका छन ।संघीय राज्य बनाउन नेताहरु सफल भयो भने
जनताहरुमात्रै सुरक्षित हुदैन । देश नै टुक्रा टुक्रा हुन्छ । देश टुक्राएर हिडने
नेतालाई जनताले समयमा नै सजाय दिन सकीएन भने भोली देश टुक्रियो भन्दै रुनु भन्दा
अहिले नै देश दुक्राउने नेतालाई सजाय दिएर राजतन्त्र फर्काउन लागि परौ । नेपाललाई
एकतामा बाँधी रहेन राजतन्त्र वाहेक अरु कोही पनि छैन भन्ने कुरा विश्वमा राजतन्त्र
समाप्त भएको मुलुकलाई हेर्न सक्नु पर्छ ।राजतन्त्र जुन देशमा समाप्त भएको छ । त्यो
देश अहिले गृहयुद्धमा फसेका छन । नेपाललाई गृह युद्धबाट जोगाउन गणतन्त्रको विरोध
गर्दै, मुठ्ठी उठाएर राजतन्त्र जिन्दावाद भन्दै हिंडनु सिवाय अरु कुनै विकल्प छैन ।