– सन्तोष कुमार मिश्र
आफ्नो आंगन, आफ्नो देश नयाँ वर्ष २०७१ सुख, समृद्धि र उल्लेख्य उपलब्धीको वर्ष बन्न सकोस् भन्ने कामना गरिरहेका छन् ।
नयाँ वर्ष २०७१ शान्ति सिर्जना, सुख र समृद्धिको वर्ष बनोस, प्राकृतिक विपद, राजनीतिक द्वन्द्व, राजनीतिक संक्रमण कहिं कतै नहोस्, सर्वत्र शानित र कल्याण छाओस्, ‘आशाको यात्रा निराशाको पर्खाइमा’ कोही नेपाली नपरोस भन्ने हाम्रो कामना छ । नयाँ वर्ष २०७१ लाई स्वागत छ, न्यानो अभिवादन छ ।
परम्परावादी स्वभाव र प्रवृत्तिमा, संस्कार र संस्कृतिमा परिवर्तन आइरहेको छ । विश्वग्रामको परिकल्पना अन्तर्गत आञ्चलिकता विस्तारै फ्युजन वा सम्म्शि्रणमा आइरहकेो छ । समसामयिक नेपाली जनजीवनमा रोजगारीकालागि विदेश गमन, पारस्परिक कृषि पद्धतिलाई आधुनिकीकरण, नगद आयको बलियो श्रोतमा परिवर्तन गर्ने वाणिज्य दृष्टिकोण, रहन–सहन, जीवन पद्धति, खानपान, साइवरीय भाषिक एकरुपता कारणले नेपालका नेपालीहरू पनि धनि र गरीबको खाल्डो दूर हुँदा–हुँदै पनि द्रूत र स्वरित गतिमा परिवर्तित हुँदै नयाँ रुपायनको स्तरमा अहिले गतीशील छन् । समय गतिशील भएझैं नेपाली पनि प्रगतिशील छन् । नेपाली जनताका सामु चुनौति र अवसर दुवै छ । नेपालको राजनीति नै एउटा समस्या बनेको छ । नयाँ वर्ष २०७१ मा नेपालीको प्रगति र नेपालको अखण्डताको रक्षा गर्ने, विदेशी हस्तक्षेपको न्यूनिकरण हुँदै जाने वातावरण सहितको समृद्ध नेपाल निर्माण गर्ने अठोटसहितको संविधान निर्माण भयो भने नयाँ वर्ष २०७१ नेपालीकालागि ऐतिहासिक र स्वर्णीम बन्ने छ । राजनीतिक छिनोफानोपछि नेपाली जनताहरूमा एकता, विकास र देशभक्तिका भावना स्वत: पैदा हुन्छ । सम्पूर्ण नेपाली जब एउटै राजनीतिक मूल प्रवाहमा समाहित हुन्छन्, त्यहाँ विकासको गतिमा तीव्रता आउँछ । नयाँ वर्ष २०७१ ले सम्पूर्ण नेपाली नागरिकहरूमा दिग्भ्रमित राजनीतिको नैराश्य हटोस, नयाँ उत्साह र उमंगकासाथ उत्पादन र आय आर्जनमा नेपालीहरू जुट्न सकुन्, देशभर रचनात्मक र सिर्जनात्मक कार्यहरू हुन् । नेपाली जनताहरूको मन मस्तिष्कमा सिर्जनात्मक संघर्ष गर्ने शक्ति पैदा होओस । नयाँ वर्ष २०७१ का शुभ दिनहरू अर्थात ३६५ दिनहरू नै समयको आवाज, समयको माग, समयको गन्तव्य बन्न सकोस । सम्पूर्ण नेपालीको रक्षा, राष्ट्रिय स्वाधिनताको रक्षा, कुटनीतिक सन्तुलानकालागि नेपाली जनताहरूले नयाँ वर्षका दिनहरूमा उपयोगी प्रयास गर्नुपर्दछ । हरेक मानिसमा नर र नारीको गुण हुन्छन्, र तिनको समन्वयबाट पूर्ण मान्छे, हुन्छ भन्ने भावना नेपालीहरूमा पैदा होओस, अपराध कतै नहोस्, महिला हिंसा कहिं कतै नहोस् । प्रत्येक नेपालीले स्वतन्त्रताको स्वच्छन्दता नभइकन आफ्नो दैनिक जीवनको उपयोग, आफ्नो इच्छा चाहना र आकांक्षाअनुसार गर्न पाउन् । कानून र विधिको शासन होस्, योजनावद्ध र दिगो विकासको धारणा र काम स्थापित हुन् । सबै थरिका विचार र दिगो विकासको धारणा र काम स्थापित हुन् । सबै थरिका सबै विचार सकारात्मक बनुन् । नयाँ वर्ष २०७१ सबै नेपालीहरूकोलागि महत्त्वपूर्ण बनोस, मंगलमय शुभकामना ।
(२०७१ वैशाख १ गते प्रकाशित)