रामविनय साह
वीरगंज ।
पूर्व राजदम्पती भोलि अर्थात आइतवार बाराको पथलैया सवारी हुन लागेका छन् ।
बाराको पथलैयास्थित जंगलमा निर्माण गरिएको पशुपतिनाथ मन्दिर (शिव मन्दिर)मा पूर्व राजा ज्ञानेन्द्र विक्रम शाह र पूर्व रानी कोमल शाह शाह सवारी भई विहान १०:३० बजे पूजा अर्चना गर्ने कार्यक्रम रहेको शाहकी सञ्चार सहयोगी अस्मिता भण्डारीले जानकारी दिईन ।
नेपालमा गणतन्त्र आएपछि पूर्व राजा शाह अचेल वर्षमा दुई/तीन पटक तराईभ्रमणमा आउने गर्नु भएको छ । भ्रमणकोलागि पूर्वराजा चैत्र २८ गते सिमरा आएका थिए भने पूर्वरानी कोमल शाहको सवारी वैशाख ४ गते भएको हो ।
भ्रमणको क्रममा पूर्व राजा शाह वैशाख १ गते सुनसरीको धरान सवारी भई चतरास्थित बराह क्षेत्रमा रहेको सप्तकोषीको पवित्र स्थानमा शाही स्नान गरी पूजा आजा गर्नु भएको थियो ।
पूर्व राजाको सुनसरी सवारी हुादा हजारौं नेपाली जनताले राजतन्त्र जिन्दावाद, हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ, राजा आउ देश बचाउ जस्ता नारा लगाउादै भव्य स्वागत गरेका थिए ।
दलहरुले छलपूर्ण तरिकाले राजतन्त्रलाई विघटन गरेको सात वर्ष बितिसक्दा पनि राजतन्त्रबाट जनताको लोकप्रियतामा कुनै कमि आएको देखिंदैन ।
राजतन्त्र पुन:स्थापना गराउन अहिले पनि करोडौं जनता सडकमा आउन तयार रहेको जानकारहरु बताउाछन् ।