सरावगी र टेमानी सम्मानित


वीरगंज, वैशाख ७/ 
वीरगंज उद्योग वाणिज्य संघले नेउवामहासंघका नवनिर्वाचित कार्यकारिणी सदस्य विजयकुमार सरावगी तथा अशोक टेमानीलाई एक समारोहबीच सम्मान तथा वधाई ज्ञापन गरेको छ ।
कार्यक्रममा संघका अध्यक्ष अशोककुमार वैधले संघका

पूर्व अध्यक्ष विजय सरावगी तथा नि.अध्यक्ष अशोक टेमानी नेउवामहासंघको कार्यकारिणी सदस्यमा निर्वाचित हुनु भएकोमा पर्सा–बाराका औद्योगिक व्यापारिक समस्या तथा निजी क्षेत्रको हकहित, संरक्षण, सम्बद्र्धनमा ठूलो सघाउ पुग्ने धारणा व्यक्त गर्नुभयो । यहाहरुलाई यस पर्सा–बारा क्षेत्रको उद्योग, व्यापारका साथै निजी क्षेत्रसाग सम्बन्धित समस्या र समाधानका लागि सरोकारवालाहरुले अवलम्बन गर्नुपर्ने नीतिगत विषयहरुका बारे पूर्ण जानकारी छदैछ । तसर्थ बदलिादो राष्ट्रिय एवं अन्तर्राष्ट्रिय परिवेशमा मोफसलका उद्योगी व्यापारीहरुले के कसरी अघि बढ्नुपर्छ, नेउवामहासङ्घको भूमिका विशेष गरेर उपत्यका बाहिरका उद्योग वाणिज्य सङ्घहरुको प्रबद्र्धन र विकासका लागि के कस्तो हुनुपर्छ भन्ने तर्फ यहाहरुबाट प्रभावकारी कार्य सम्पादन हुनेमा सङ्घ विश्वस्त रहेको अध्यक्ष वैधले बताउनुभयो ।
नेउवामहासङ्घका नवनिर्वाचित सदस्यद्वय सरावगी र टेमानीले पर्सा–बारा क्षेत्रको उद्योग व्यापारको विकास तथा यस क्षेत्रले बोकेको आर्थिक महत्व, निर्माणाधीन भौतिक पूर्वाधार, एकीकृत भन्सार चौकी र प्रस्तावित मेगा प्रोजेक्टका रुपमा रहेका अन्तर्राष्ट्रिय विमानस्थल, फास्ट ट्रयाक लगायत सङ्घले आफ्नै सक्रियतामा अघि सारेको ग्रेटर वीरगंजको परियोजनालाई अघि बढाउन महासङ्घ मार्फत् पहल गर्ने बताउनुभयो । साथै पर्सेली अर्थकर्मीहरुको साझा अपेक्षालाई राष्ट्रिय प्राथमिकतामा राख्ने तर्फ समेत यथेष्ट प्रयत्न गर्ने धारणा राखेका थिए ।
जिल्ला नगर उवासंघबाट सरावगी र एशोसिएटको तर्फबाट अशोक टेमानी निर्वाचित हुनुभएको हो । वहाहरु दुवै क्रमश: सङ्घका पूर्व अध्यक्ष र निवर्तमान अध्यक्ष हुनुहुन्छ ।
सोही अवसरमा सङ्घका बरिष्ठ उपाध्यक्ष प्रदीप केडियाले नवनिर्वाचित सदस्यद्वयलाई बधाई ज्ञापन गर्दै पर्सा–बारा क्षेत्रको आर्थिक सम्भावना र अवसरहरुलाई राष्ट्रिय स्तरमा विश्लेषणात्मक तवरबाट उजागर गर्ने तर्फ यहाहरुको भूमिका रहने छ भन्ने विचार व्यक्त गर्नुभयो । कार्यक्रममा संघका पदाधिकारी एवं कार्यसमिति सदस्यहरुको उपस्थिति रहेको थियो ।

SHARE THIS

Author:

Facebook Comment