अधिवेशन सम्पन्न गर्न पत्रकार महासंघ बारा शाखाद्वारा बिभिन्न निर्णय


कलैया ।
नेपाल पत्रकार महासंघ बारा शाखाको यही बैशाख ३ गते पांचौं अधिवेशन गर्ने निर्णय भएको छ ।
        महासंघ बारा शाखाको शनिबार सम्पन्न जिल्ला कार्य समितिको बैठकले बैशाख ३ गते पत्रकार महासंघ बारा शाखाकै सभाकक्षमा अधिवेशन गर्ने निर्णय गरेको हो । शाखाका अध्यक्ष लक्ष्मी साहको अध्यक्षतामा बसेको बैठकले निर्वाचन सफल बनाउनका लागि तीन सदस्यीय निर्वाचन समिति पनि बनाउने निर्णय गरेको छ ।
        नेपाल बार एसोशिएन बारा शाखाका पूर्व अध्यक्ष अधिवक्ता परमहंस केशरी संयोजक रहने गरी सदस्यहरुमा पत्रकार उमेशलाल दास र अजय गौतम सहितको निर्वाचन समिति बनाउने निर्णय भएको हो । यसरी नै शाखाले स्थापना गरेको बीरेन्द्र साह स्मृति पत्रकारिता पुरस्कार तत्काल बितरण नगर्ने र नवनिर्वाचित कार्य समितिको पहिलो बैठकले निर्णय गरी सोही आधारमा पुरस्कार बितरण गर्ने र शाखाका पूर्व अध्यक्ष बिनोद प्याकुरेलको स्मृतिमा स्थापना गरिएको पत्रकारिता पुरस्कारपनि नवनिर्वाचित कार्य समितिको पहिलो बैठकले नै निर्णय गर्ने गरी शनिबारको बैठकले निर्णय गरेको अध्यक्ष लक्ष्मी साहले बताए ।समय अभाव भएका कारण तत्काल दुबै पुरस्कार बितरण गर्न नसकिएका कारण यस्तो निर्णय गरिएको बताइएको छ । 
          त्यसरी नै अधिवशेनमा सचिव जयनारायण यादव र कोषाध्यक्ष सिकेन्द्र पासवानको आर्थिक प्रतिवेदन समेत पेश गर्ने निर्णय भएको पनि बताइएको छ । अधिवेशनलाई सफल बनाउन अध्यक्ष लक्ष्मी साहलाई बैठकले जिम्मेवारी दिने निर्णय गरेको छ ।


SHARE THIS

Author:

Facebook Comment