–सराेजराज पाण्डे
जनसंख्या बढ्दै जानुको साथसाथै इन्धनको आवश्यता पनि बढ्नु स्वभाविकै हो । ठूलो परिवारभन्दा सानो परिवार प्रचलित हुँदै गएकोले, परिवारसंख्या बृद्धिदर पनि तीव्र हुँदै गएको छ । यसरी परिवारलाई खाना बनाउन र प्रकाशको लागि चाहिने इन्धनको आवश्यकता पनि तीब्रतर गतिले बढ्दैछ ।
नेपालमा अझै पनि ७५% परिवारमा खाना बनाउनको निमित्त दाउरा नै प्रयोग गरिन्छ जसको फलस्वरुप ‘‘नेपालको धन हरियो वन’’ मासिदै गइरहेको छ । एउटा रुख राम्रोसँग हुर्कन करीब २० वर्ष लाग्छ तर काट्न र बाल्न झण्डै एक वा दुई महिना नै पर्याप्त हुन्छ ।
बन मासिनाले पर्नजाने नराम्रा असरहरु प्रत्यक्ष र तुरुन्तै नदेखिने भएकोले प्राय: जसो जनताले यतातिर ध्यान दिएको र सचेत भएको पाइंदैन । परम्परादेखि नै दाउराले खाना पकाउने चलन भएकोले र दाउराको बिकल्प अरु कुनै चीज देखा नप
रेकाले नै यस्तो हुन गएको हो । अधिराज्यका धेरै ठाउँहरुमा गोबर ग्याँस प्लान्ट
राम्रोसँग चलिरहेको तथ्यले दाउराको राम्रो बिकल्प पाइएको कुराको पुष्टि गर्दछ । तर पनि गोबर ग्याँस प्लान्ट बारेको अज्ञानताले गर्दा जति परिवारले दाउरा बाल्ने गर्दछन, तिनीहरुबाट राष्ट्रलाई कत्रो क्षति भैरहेको छ भन्ने कुरा तलका तथ्यबाट अनुमान गर्न सकिन्छ ।
(क) हाम्रो देशमा सिंचाईको राम्रो व्यवस्था सबैतिर भैनसकेकोले हाम्रो कृषि प्राकृतिक वर्षामा नै भर पर्दछ । धेरै बन मासिनाले स्थानीय हावापानीमा नराम्रो असर पर्ने गई समय समयमा बृष्टि नहुन सक्तछ । यसरी वार्षिक वर्षामा प्रतिकूल असर परेर वर्षि नै हजारौं जनताले आफ्नो बाली भित्र्याउन नपाई सुक्खाको मार सहनु पर्ने हुन सक्तछ ।
(ख) ‘‘नेपालको धन हरियो बन’’ हो । बन मासियोभने त्यहां बस्ने बन्यजन्तु पनि मासिन्छन् । यसरी दुर्लभ बन्य जन्तुहरु हामी नेपालीले गुमाउनु पर्ने हुन सक्तछ ।
(ग) जडीबुटी, काठ तथा अन्य बनपैदावार निकासी गरी हाम्रो देशले बिदेशी मुद्रा कमाउने गरेको छ । बन मासिनाले देशको आम्दानी घट्नु साथै हामी सम्पूर्ण नेपालीको आम्दानी पनि घट्न जान्छ ।
(घ) हरिया डांडाहरुको मनोरम सुन्दरताले नै धेरै पर्यटकहरुलाई नेपालतिर आकर्षित पारेको छ । धेरै पर्यटकहरु आएमा हाम्रो देशको आम्दानी पनि बढ्छ । तर बन–जंगल नै मासियो भने पर्यटकहरुको संख्या निकै कम हुनसक्ने संभावना छ ।
(ङ) रुख–पातहरुले वर्षाको पानीलाई सोझै माटोमा ठोकिन दिँदैन जसले गर्दा जमीनको माथिल्लो तहको मलिलो माटो बर्षाले बगाउन सक्तैन । यसरी नदीहरुमा माटोको मात्रा बढ्न सत्तैmन र बाढी आउने सम्भावना निकै कम हुन जान्छ । बिजुली निकाल्न बनाइएको पानी भण्डार चांडै पुरिने समस्या पनि कम हुन्छ । तर बन जंगल नै मासियो भने सबै बिपत्तिहरु आइलाग्नु स्वाभाविक हुन जान्छ । एउटा उदाहरण पोखराको फेवा ताललाई लिन सकिन्छ । वरीपरीका डांडाको जंगल मासिनाले ढुंगा, गिर्खा र माटो आदि वर्षाको पानीसंगै बगी आउँछ । फेवाताल प्रत्येक वर्ष ७ हेक्टरको दरले पुरिंदै गइरहेको तथ्य प्रकाशमा आएको छ ।
(च) रुखका जराहरुले माटोलाई राम्ररी जेलेर राखेको हुन्छ । त्यसैले बन भएका डांडा–पाखाहरुमा भन्दा ना·ा डांडाहरुमा धेरै पैरो जाने गर्दछ । हाम्रो देशमा कैयौ गाउँहरु डांडामा या फेदीमा छन् । जंगल नाश हुँदै गएकोले माटो तथा ढुंगालाई राम्ररी जेलेर राख्न रुहरुको अभाव भै बर्षि नै बर्षा याममा पैरोलाई गई लाखौंको धन–जन क्षति हुनु आम स्थति भैसकेको छ ।
(छ) नेपाली कागज, सलाई, औषधी इत्यादि वस्तुहरुको उत्पादनको लागि कच्चा पदार्थ बनबाटै प्राप्त हुन्छ । बन मासियो भने यस्ता उद्योगहरुलाई पनि नराम्रो असर पर्न जाने छ ।
(ज) हामीले सास फेर्दा, आगो बाल्दा र अरु दैनिक कामहरु गर्दा दूषित ग्याँसहरुको उत्पादन भइरहेको हुन्छ । त्यस्तो दूषित ग्याँसलाई रुखपातले शुद्ध र सफा हवामा परिणत गरिदिन्छन् । तसर्थ यो कुरा ध्रुव सत्य हो कि जुन दिन संसारमा एउटै रुख पनि रहँदैन त्यस दिन संसारमा एउटै मात्र प्राणी ज्यूँदो रहेको हुँदैन ।
वन जंगलको त्यत्रो महत्व हुँदा हुँदै पनि जंगल फाँडिनु, बन मासिनु ज्यादै दु:खलाग्दा कुराहरु हुन् । प्रत्यक्ष वा अप्रत्यक्ष रुपबाट जसले जंगललाई नोक्सान पुर्याइरहेका छन् तिनको कारण उनीहरुको अज्ञानता र आवश्यकताले बनाएको मजबूरी नै हो । अज्ञानलाई ज्ञानले मास्न सकिन्छ भने आवश्यकताको रुप पनि बदल्न सकिन्छ । हामीले हाम्रो इन्धन आवश्यकता र त्यसको पूर्तिको रुप मात्र बदल्न सक्यौं भने पनि आफ्ना संतानको भविष्य सुरक्षित राख्न सक्ने थियौं ।
दाउरा बाल्न सजिलो पनि छैन । कैयौं ठाउँहरुमा दाउरा खोज्न बन पस्दा कतिले ज्यान गुमाएका कुरा हामीले नसुनेका होइनौं । कैयौं अंगभंग भएका पनि छन् भने कति त सरकारी झ्यालखानामा थुनिएका पनि छन् । यति आपत्तिहरु सहनुको साथ साथै हात खुट्टा फुटाएर, घरको अरु काम गर्न सकिने समय खेर फालेर, कोसौं टाढादेखि ल्याएको दाउरालाई चिर्नु पर्ने, सुकाउनु पर्ने, पानीबाट जोगाउन थुप्र्याउनु पर्ने जस्ता समस्याहरु यथावत् नै छन् ।
भारीमा ल्याएको दाउरा किन्नेहरुको लागि पनि दिनदिनै बढ्दै गएको भाउ ठूलो समस्या भएको छ । मासिदै गएको बन र बढ्दै गएको दाउराको मागले गर्दा भविष्यमा दाउरा किन्न सक्ने क्षमता केही धनी बर्गमा मात्र हुन सक्तछ ।
उपर्युक्त सबै कष्ट सहेर पनि दाउरा नै बाल्ने प्रवृत्ति अरु कुनै बिकल्प थाहा नभएर नै हो भन्ने कुरा किटानसाथ भन्न सकिन्छ । तर अब गोबर ग्याँस प्लान्टको उपयोगिता थाहा पाईसकेपछि र यसको प्रविधि देशमै उपलब्ध भएको हुनाले सम्भावित क्षेत्रहरुमा अब दाउरा बाल्नेतिर नलागि बहुसंख्यक जनसंख्याले गोबर ग्याँस प्लान्टको उपभोग नै गर्ने छन् भन्ने आशा गर्न सकिन्छ ।
दाउराको बिकल्पको रुपमा गोबर ग्याँस बाहेक अरु श्रोतको पनि चर्चा गर्ने हो भने खाना पकाउने एल.पी. ग्यास पत्थरकोइला, गोल, बिजुली र मट्टितेल मुख्य रुपमा देखा पर्छन् ।
पत्थरकोइला जताततै नपाइने, सल्काउन र निभाउन गाह्रो हुने, विशेष प्रकारको चुल्हो बनाउँदा धेरै ठाउँ ओगट्ने र जम्मा गरी राख्न ठूलो ठाउँको आवश्यकता पर्ने हुँदा त्यतिको चलनमा आउन सकेको छैन । दाउराको गोलको पनि यिनै कठिनाइहरु आइलाग्नुको साथै सरकारको प्रतिबन्ध पनि लागेको हुनाले चलनमा आउन सकेको छैन ।
नेपालको बिजुली उत्पादन गर्न सक्ने क्षमता धेरै छ तापनि हाललाई बिजुली केही शहरिया क्षेत्रहरुमा मात्र सीमित भएकोले र आउँदा केही वर्षहरुभित्रै गाउँ–गाउँमा बिजुली पुग्ने सम्भावना नभएकोले यसलाई पूर्णतया दाउराको बिकल्प हो भन्न सकिन्न । बिजुली भएको शहरी क्षेत्रमा पनि सामूहिक गोबर ग्याँस प्लान्ट स्थापना गरेमा बिजुलीभन्दा पनि निकै सस्तो शक्ति श्रोत उपभोग गर्न सकिन्छ ।
दाउराको राम्रो बिकल्पको रुपमा देखा परेका र जनसाधारणले रुचाएको मट्टितेल नै हो । महंगो र बेला बेलामा नपाइने जस्ता समस्याहरु हुँदा हुँदै पनि यसलाई जनताले रुचाउनुका कारणहरु :
१. कोठा र घर सफा राख्न सकिने ।
२. धूवां नआउने ।
३. भांडा कालो नहुने ।
४. सल्काउन र निभाउन सजिलो ।
दाउराको राम्रो बिकल्प ठहरिएको मट्टीतेललाई गोबर ग्याँससंग दाज्ने हो भने गोबर ग्याँसको अगाडि मट्टितेल फिका हुन आउछ ।
(क) गोबर ग्यांसको चुल्हो र बत्ती सल्काउन मट्टितेलको बत्ती र चुल्हो सल्काउन भन्दा पनि सजिलो हुन्छ ।
(ख) गोबर ग्यांसमा खाना पकाउंदा भांडाहरुमा कालो पन पटक्कै लाग्दैन ।
(ग) मट्टितेलको नराम्रो गन्ध हुन्छ तर गोबर ग्यांसको कुनै गन्ध नै हुंदैन ।
(घ) मट्टितेल प्रयोग गरिने ठाउंभन्दा गोबर ग्यांस प्रयोग गरिने ठाउं बढी सफा रहन्छ ।
(ङ) गोबर ग्यांस प्रयाग गर्नाले स्टोभ पडकिएर लाग्ने आगो र मट्टितेलको स्टोरमा लाग्न सक्ने आगाको संभाव्यता रहंदैन ।
(च) मट्टितेल समय समयमा किनिरहनु पर्छ । कैयौं पटक त यो महिनौसम्म बजारमा नपाइने हुन्छ । तर गोबर ग्यांस राख्नाले २०–३० वर्षसम्म ढुक्क भए बस्न सकिन्छ ।
(छ) मट्टितेलको बत्ती मधूरो हुनुका साथै यसबाट धूवां निक्लन्छ र ठाउंठाउंमा व्वांसो लाग्दछ । तर गोबरग्यांसको बत्ती बिजुली बत्ती जत्तिकै चहकिलो हुन्छ र धूवां पटकै आउंदैन ।
(ज) मट्टितेल किन्नुको अर्थ हो स्वदेशी पैसालाई विदेशमा पठाउनु किन भन्ने मट्टितेल बिदेशबाट आयात गरिन्छ तर गोबर ग्यांस स्थानीय सर–सामानले बनेको हुन्छ ।
(झ) गोबर ग्यांस प्रयोग गर्न थाल्नुको अर्को मतलब हो खेत, बारीको लागि राम्रो मल तैयार गर्न थाल्नु । गोबर ग्यांसको खाल्डोबाट आएको मल खेत, बारीको लागि ज्यादै नै राम्रो मल हुन्छ । यो मलले उब्जनी बढाउनुको साथै माटोका भौतिक कुराहरु पनि सुधार्दछ । मट्टितेल बाल्नाले यस्तो कुनै पनि फायदा पाइन्न ।
(ञ) गोबर ग्यांसको दांजोमा मट्टितेल ज्यादै महंगो पनि पर्दछ ।
मट्टितेलको दांजोमा यति धेरै फाइदा हुनुको साथै गोबर ग्यांस प्लान्टको स्थापनाको लागि कृषि बिकास बैंकले सुपथ ब्याजदरमा ऋण उपलब्ध गराएको छ । स्थापना भएको एकबर्ष भित्र गोबर ग्यां प्लान्टमा आउन सक्ने सबै कठिर्नाहरुको ग्यारेन्टी लिनुको साथै २० बर्ष सम्म नि:शुल्क सेवा र मद्दत पुर्याउनका लागि गोबर ग्यांस तथा कृषि यन्त्र बिकास कम्पनी (प्रा.) लि. को पनि स्थापना भएको छ ।
निष्कर्षको रुपमा के भन्न सकिन्छ भन्ने ४–५ वटा पशु भएको र पानीको श्रोत टाढा नभएको घरको लागि गाबर ग्यांस प्लान्ट एक मात्र सर्वोत्तम उर्जा श्रोत हो । गाउँघर र कृषकको लागि यो बरदान स्वरुप नै हो ।