![]() |
हिन्दी कथानक चलचित्र "जय हो" मा नेपालीलाई अपमान गरेको दृश्यको स्न्याप |
नेपालीलाई पहाडमा जा, तेरो घर त्यही हो, भन्दै दुव्र्यवहार गरेको दृश्यले स्वाभिमानी नेपालीको आत्मामा चोट पुग्न गएको छ । नेपाल माथि सामन्तवाद, प्रभुत्वाद, विस्तारवाद लागू गर्दै आएको छिमेकी राष्ट्र भारतको हरेक गलत नीति र व्यवहारबाट नेपाली रुष्ट
हुँदै भारतलाई दुष्ट राष्ट्रको संज्ञा दिएका छन् ।
पछिल्ला दिनहरुमा भारतले नेपाललाई हेर्ने नीतिमा परिवर्तन आए सँगै भारतीय चलचित्र र साना पर्दाका टेलिभिजन र रियालिटी शोहरुमा नेपाललाई हेपेर व्यवहार गरेको दृश्य देखाइने गरेकोमा नेपालीको घोर आपत्ति छ ।
भारतले नेपालमा ऋतिक रोशन काण्ड पुन: होस भन्ने चाहन्छ । नेपाल र नेपालीलाई हेप्ने, नेपालीको चर्को बिरोध भएमा माफी मांगेर पन्छिने भारतीयहरुको प्रवृत्ति नेपालीहरुलाई पाच्य छैन ।