- जनकमान डंगोल,janakdangol@gmail.com
२०२८ सालमा हामि बसाइ सरेर आको हेटौडामा ! त्यो बेलाको सडक र अहिलेको सडकमा कुनै भिन्नता देख्दिन म ! सवारी थप गर्दै जाने तर त्यो सवारी गुड्न लाइ चाहिने बाटो कति हो त्यो तर्फको हेक्का किन राखिएन ? पन्चायेतको पालामा खडा गरिएको राजमार्गको दुवै तर्फ जुन युद्धस्तरमा मिचेर घर बनाउने पसल थाप्ने गरिएको छ त्यसलाई हटाउने र रोक्ने काम कारबाही किन गरिएन ? समयमै नियन्त्रण गरेको भए अहिले यस्ता डरलाग्दो समस्या निम्तिन्थ्यो ?
हिजो आज हरेक काम र कुरालाई जुन राजनीतिक पार्टीको आँखाले हेर्ने चलन छ त्यसले एकदिन भयावह स्थिति निम्त्याउछ भन्ने कुरा योजनाकार देखि बिद्द्वान राजनीतिज्ञ हरुलाई पक्कै पनि थाहा हुनु पर्छ किनभने मकवानपुर जिल्लाले बैदेसिक देखि आन्तरिक सम्मको विद्वान उत्पादन गरेको छ भने यो 'अन्धेर नगरीको चौपट राजा' वाला किस्सा भयो कि भएन ?
नगरपालिका छ मनग्य कर उठाउन जानेको छ तर फुटपाथ हटाउन जान्दैन ! नगरबासीको करले नगर प्रहरी भन्ने पनि खडा गरेको छ तर त्यो नगर प्रहरीको काम र कर्तब्य के हो त ? न त्यो नगर पालीका लाइ थाहा छ न नगरबासी लाइ ! फुटपाथ नियन्त्रण र नगर क्षेत्र भित्र तिब्र गतिमा सवारी हाक्न पाइदैन, ध्वनी प्रदुष्ण गर्न हुन्न भनेर जन चेतना त जगाउन सक्थ्यो होलानि ? फुटपाथ लेन भनेको पनि त थाहा हुनु पर्ने होला भने त्यसो नगरेको परिणाम अकालमा पैदल यात्रुले ज्यान गुमाउनु पर्दा त्यसको क्षतिपूर्तिको भर्पाइ गर्ने को ? कल्कलाउँदो उमेरमा सन्तान गुमाउनेको अभिभावकलाई केहि नगदले दिएको राहतले त्यो पीडाको घाउ भरिन्छ ?
'स्मारक र भ्यु टावर' देखाएर नगरको गौरब सधै बढ्दैन न त रोपिएको असोकको रुखले ! जसरि जनताबाट आँखा चिम्लेर कर लिएको छ त्यसै गरि त्यो करको पैसाले बिकास निर्माण पनि गरेर देखाउन सक्नु पर्छ ! बिरोध गर्लान भनेर भन्नु भन्दा पनि कडाइको साथ फुटपाथ अतिक्रमण रोक्न सक्नु पर्छ ! राजमार्गमा निर्माण सामाग्री राख्ने देखि लिएर अत्तिक्रमण गरेर पसल थाप्नेहरु अनि अनियन्त्रित सवारी दर्ता माथि जब सम्म कारबाही गर्न र रोक लगाउन सक्दैन तब सम्म अकालमा पैदल यात्रुको ज्यान संधै खतरामा नै हुन्छ भने कुरा सम्बन्धित सबैले बुझुन !