जनक मान डंगोल janakdangol@gmail.com
बि.स.२०७० फाल्गुण २५ गते शुक्रबार !
कुनै पनि संगठन जन्माउनु भन्दा पहिला ऐन कानूनको
दरकार पर्छ ! ऐन कानून बनाएर संगठन खडा गरिएको भएर नेपाल प्रहरी आधिकारिक रुपमा जन्म
बि.स २०१२ सालमा हो ! हुन त त्यो भन्दा नि पैला नेपालमा प्रहरी चैँ नभाको भने हैन
!
नेपालको प्रहरी ऐन २०१२ तथा नया संसोधित प्रहरी
नियमावलीमा संगठन प्रमुख प्रहरी महानिरीक्षक देखि तल्लो दर्जा प्रहरी परिचर सम्मको
काम र कर्तब्य तोकिएको छ !
![]() |
(तस्बिर साभार: नेपाल प्रहरीको वेब साइट बाट) |
नेपालको सेना हुन या प्रहरी यी निकायहरू भनेको
ससस्त्र संगठन हो ! ससस्त्र संगठन भए पछी ‘ब्यारेक सिस्टम’ भनेर बुझ्नु पर्छ भने
अन्य निकाएको भन्दा अनुसासन अलि कडाई नै हुन्छ !
हाम्रो देसको राज्यको चौथो अंग भनिने पत्रकारज्यु
हरुले लेख्नु भएको समाचार पढ्दा अरु चैँ के कस्तो हुन्छन त्यो थाहा भएन तर म चैँ
अलि अच्चम्भित हुने गरेको छु ! समाचार हरेकको बन्छ र बन्नु पनि पर्छ तर त्यसरी
समाचार बनाउँदा त्यो समाचारले खेल्ने भूमिका माथि पक्कै पनि बिचार गरिन्छ होला !
तर,
बिगतका केहि बर्षहरु देखि नेपालको संचार जगत अलि
उत्ताउलो हुँदै गएको आभाष हुँदैछ ! समाचार बनाउने भन्दैमा हचुवाको तालमा जे मन
लाग्यो त्यहि शिर्षक राखेर समाचार प्रकाशित गर्दा त्यो समाचारले समाजमा के कस्तो
सन्देस दिन्छ त्यो तर्फ बिचार गरेको देखिदैन ! जस्तो एउटा उदाहरण हेर्नुस ...
कन्या क्याम्पसमा भन्टा भेटियो, प्रचण्डले बाढी पिडितको निरिक्षण गर्न जाँदा
पुर्ब राजाले २५ लाख सहयोग गरे ! यो भयो पोहोरको घटना भने भर्खरैको नागरिक पत्रिका
र आमाघरको बिषयमा छापिएको ‘यौन दुराचार’ नामको समाचारको शिर्षक लाइ कसैले पनि
भुलेको छैन होला ! जुन समाचारले अहिले यतिखेर नेपाल मात्र नभएर पुरै जगत तातेको छ
!
भर्खरै केहि अनलाइन पत्रिकामा काठमाण्डौ जिल्लाको
प्रहरी प्रमुख प्र.ब.उ. रमेस प्रसाद खरेलज्यु को बिषयमा लेखिएको समाचार पढ्दा अलि
अमिल्दो लाग्यो ! मैले माथिनै उल्लेख गरेको छु नेपाल प्रहरीको प्रहरी महानिरीक्षक
देखि प्रहरी परिचर सम्मको काम र कर्तब्य नियमावली देखी ऐनमा उल्लेख छ भनेर !
मातहत भन्नाले दुइटा अर्थ लाग्छ ! मातहत भन्नाले
एक तह मुनि भनेर बुझ्नु पर्छ ! उदाहरणको लागी मातहतको प्रहरी निकाय भन्नाले जिल्ला
प्रहरी कार्यालय भन्दा मुनिको इलाका वा वडा प्रहरी कार्यालय भनेर बुझ्नु पर्छ !
त्यस्तै मातहतको कर्मचारी भन्नाले कमाण्ड गर्ने भन्दा मुनिको सकल दर्जालाई बुझ्नु
पर्दछ !
काठमाण्डौको प्रहरी प्रमुख प्र.ब.उ रमेस खरेल
ज्युको बिषयमा लेखिएको जुन समाचार छ त्यो समचार लेख्नु भन्दा पहिला किन जानकारी
दिन मान्नु भएन भनेर केलाउनु वा बुझ्नु पर्छ कि पर्दैन ? समाचार वा जानकारी दिने
काम भनेको ब्यक्ति व्यक्तिको हैन त्यो त तोकिएको प्रबक्ताको हो भनेर संगठनले पटक पटक
सम्पूर्णलाइ जानकारी गराएको पनि त स्मरण होलानी !
प्रहरी प्रमुखको पुरानो तस्बिर अपलोड गरेर
नानाभाती मन गढ़ंते कपोकल्पित समचार बनाउनु भन्दा पहिला त्यो समाचारलाइ केलाउने
प्रयास किन गरिदैन ? समाचार ताजा र सनसनी बनाउने भन्दैमा हचुवाको तालले समचार
लेख्दा र पस्किदा त्यो समाचारले ब्यक्ति र समाजमा पर्न जाने हानिको पनि ख्याल
गर्ने कि ? प्रहरी ऐन तथा नियमले व्यक्ति वा निकायलाई समाचार वा जानकारी दिनु
भन्दा पहिला माथिल्लो निकाएको आदेस लिनु पर्नेछ भनेर ऐन तथा प्रहरी नियमावलीमा स्पस्टरुपमा
लेखिएको हुँदा थाहा नहुने पत्रकारबन्धुहरुले त्यो ऐन तथा नियम एक पल्ट हेर्नु
हुनेछ !