अनलाइनले पत्रकारिताको नाममा भ्रमको खेती गर्योःसुजाता

काठमाडौ। ‘पार्टी छाड्ने सुजाताको धम्की’ शिर्षकमा एक अनलाइनमा प्रकाशित समाचारले आफूलाई गम्भिर बनाएको भन्दै काँग्रेस बिदेश विभाग सुजाता कोइरालाले सो समाचारको खण्डन गर्नुभएको छ। एक प्रेस नोट निकालेर नेतृ कोइरालाले केहि समय अघिदेखि सो अनलाइनले आफूसँग जोडेर अनर्गल प्रचार गरिरहेको बताउनुभएको छ। हुँदै नभएका कथालाई समाचारको नाम दिएर सम्प्रेषित गर्ने त कहिले पार्टी नै छाड्ने सम्मको कुनै आधार नै नभएको विषयलाई अतिरञ्जित गरेर अनलाइलनले
पत्रकारीताको नाममा भ्रमको खेती गरेको कोइरालाले आरोप लगाउनुभएको छ।

नेतृ कोइरालाको नोटमा भनिएको छ “म मेरो पार्टीमा जुन भुमिकामा छु त्यो भुमिकालाई भरमग्दुर निभाउने प्रयास गरेको कसैमा छिपेको छैन। तर यस्ता अनर्गल प्रचारले मेरो राजनीति सकाउने कसैले दिवास्वप्न देखेको छ भने त्यसमा नलाग्न मेरो सुझाव छ। नियोजित रुपमा कसैको गोटी नबन्न सञ्चारमाध्यमलाई मेरो मेरो आग्रह छ। यस्ता झुटा प्रचार आफ्नै विवेकमा गर्नुभएको हो भने पनि यस्तो अविवेकी र पत्याउनै नसक्ने प्रचारमा नलाग्न र समाचारको पक्षसँग पुष्टी गराएर मात्र समाचार सम्प्रेषण गर्न आग्रह गर्दछु।”

उहाँले अगाडी थप्नुभएको छ “समाचारका नाममा भएका झुठा प्रचारले केहि ‘पव्लिसिटि स्टन्ट’ त होला तर दीर्घकालमा पत्रकारीताकै विश्वसनियतामा ह्रास आउनेमा सचेत हुनुहुनेछ भन्ने विश्वास समेत व्यक्त गर्दछु।”

SHARE THIS

Author:

Facebook Comment